Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ महानगरपालिकामा खसेको भन्दा बढी भोट गणना हुँदै, सरकारी एजेन्सीको तथ्याङ्कले यस्तै देखायो

Posted on May 26, 2017May 26, 2017 by Salokya

पहिलो चरणको निर्वाचनमा मतदान भएको वैशाख ३१ गते हो। आज १२ दिन भइसक्यो। त्यो दिन कहाँ कति भोट खसेको थियो? निर्वाचन आयोगले जिल्लाको तथ्याङ्क सार्वजनिक गरे पनि कुन स्थानीय तहमा कति मत खसेको भनेर अहिलेसम्म सार्वजनिक गरेको छैन। यस्तो अवस्थामा तथ्याङ्क बारे विश्वास गर्ने आधार हुन्छ- सरकारी समाचार एजेन्सी राससको। तर यो रासस यति हचुवा हुन गयो कि १० घण्टामा काठमाडौँ महानगरपालिकामा खसेको भोटको संख्या एक्कासी १७ हजार ३१७ वटा बढाइदियो। कसरी? हेर्नुस्

यो आज बिहान १० बजेर ८ मिनेटमा राससले दिएको समाचार हो। यो समाचारमा १ लाख ७२ हजार ६८३ भोट खसेको भनिएको छ। अनि एक लाख ६७ हजार १४१ भोट गनिसकेको पनि भनिएको छ। अर्थात् पाँच हजारभन्दा कम भोट गन्न बाँकी। तर आज दिनभर पनि काठमाडौँको अन्तिम मत परिणाम आएन।

के रहेछ भनेर बुझ्दा राससले हचुवा तथ्याङ्क दिएको थाहा भयो। हामीहरुले बिहान मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीसँग कुरा गर्दा शुक्रबार सम्भव छैन भने। कति भोट गन्न बाँकी छ भनेर सोध्दा गणना जारी भएकोले भन्न नसकिने बताए। त्यसो भए पाँच हजारभन्दा कम भोट गन्न बाँकी तथ्याङ्क कसरी रासस जस्तो सरकारी समाचार एजेन्सीले दियो त? खै कुन्नि। सरकारले जाँदाजाँदै मंगलबार राससका महाप्रबन्धक नियुक्त गरेका ऊर्जामन्त्री जनार्दन शर्माका भाइ ओपेन्द्र शर्माले जवाफ खोज्लान् नि।

अब हेर्नुस् त्यही राससले राति साढे ८ बजे दिएको समाचारमा भने महानगरपालिकामा १ लाख ९० हजार मत खसेको भनेर लेखेको छ। बिहान १० बजे १ लाख ७२ हजार ६८३ भोट खसेको भन्ने अनि १० घण्टामै १७ हजार ३१७ वटा भोट बढ्ने? यस्तो कसरी हुन्छ?

अलि लाज पनि हुनुपर्‍यो त्यही भएर होला रातिको समाचारमा १ लाख ७५ हजार ७२२ मतगणना भइसकेको भनिएको छ। बिहान भने खसेको भोट नै १ लाख ७२ हजार ६८३ मात्र भनिएको थियो। खसेको भन्दा बढी मत गनेको समाचार लेख्ने राससलाई कसले पो होला कारबाही गर्ने !

एकचोटी मात्र त्यसो लेखेको भए पो, हिजो अर्थात् जेठ ११ मा पनि राससले लेखेको समाचारमा खसेको भोट  १ लाख ७२ हजार ६८३ भनेर किटानै गरेको थियो-

राससको बारेमा कुरा गर्दा यसको नेतृत्व कस्तो व्यक्तिले गरिरहेका छन् भनेर पनि बुझौँ। राससले नै लेखेको यो समाचार हेर्नुस्- जहाँ यसका अध्यक्षले हत्या गरिएका एक कलाकारलाई सहिद घोषणा गर्न माग गरेछन्। निर्वाचनको बेला हत्या गरिएकोले ‘निर्वाचन सहिद’ रे।

 

2 thoughts on “काठमाडौँ महानगरपालिकामा खसेको भन्दा बढी भोट गणना हुँदै, सरकारी एजेन्सीको तथ्याङ्कले यस्तै देखायो”

  1. Shankar says:
    May 29, 2017 at 2:03 am

    नेपाल मा यो पार्टी सिस्टम मा येस्तै हो , भैरब ले ४ दसक अगि लेखेथे
    ”चोरी चाकरी न गरि चतुर्याइन हुन्न,
    दंगा फसाद न गरे इजतै रहन्न ,
    सोजा र सज्जन कबै न लिनु दलैमा
    पार्टी चलाउनु सधै छल औ बलैमा

    Reply
  2. Niru says:
    May 27, 2017 at 2:47 pm

    अब गणना सकिएपछि कुल मतदाता को संख्या थाहा हुञ्छ होला / भ्रस्टचारी र फटाहा ले भरिएको देश मा येस्तै हुञ्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme