Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खुला प्रतिस्पर्धाबाट जितेन्द्र राउत छानिए बीबीसी नेपाली प्रमुख , को-को थिए अन्तिम प्रतिस्पर्धामा?

Posted on May 19, 2017May 19, 2017 by Salokya

राजनीतिमा होमिने भन्दै बीबीसी नेपाली सेवाबाट यसका प्रमुख रविन्द्र मिश्रले गएको मार्च १ तारिखदेखि लागू हुने गरी राजीनामा दिएलगत्तै ११ वर्षपछि बीबीसी नेपाली सेवाको प्रमुख पद रिक्त भयो। आकर्षक तलब र सुविधा भएको यो पदमा रविन्द्र मिश्रको ठाउँमा को आउँदैछ त? देशभर विभिन्न एफएममा बज्ने र देश बाहिर इन्टरनेटमा सुनिने बीबीसी नेपालीका स्रोताहरुलाई चासो लाग्नु स्वभाविक हो। आज यो उत्सुकताको अन्त्य भएको छ। तपाईँहरुले बीबीसी नेपाली सेवामा सुन्दै आउनुभएकै आवाज जितेन्द्र राउत यसका प्रमुख नियुक्त भएका छन्।

बीबीसीले रविन्द्र मिश्रलाई नेपाली सेवाको प्रमुख बनाउँदा खुला प्रतिस्पर्धाबाट नभई संस्थाभित्रैबाट चयन गरेको थियो। तर यस पटक भने बीबीसीले खुला प्रतिस्पर्धाबाट बीबीसी नेपाली प्रमुख छानेको हो। प्रतिस्पर्धामा अरु को-को थिए त?

बीबीसीले सुरुमा २३ मार्च, २०१७ सम्म आवेदन दिन आह्वान गरेको थियो। पछि यसको म्याद एक महिना थपेर २३ अप्रिल पुर्‍याइयो।

आवेदन दिनेहरुको बीबीसीको मुख्यालयमा रहेको एचआर डिपार्टमेन्टले विभिन्न परीक्षा लिएको थियो। विभिन्न चरण पार गर्दै अन्तिममा अन्तर्वार्ताको चरणमा पुगेका थिए ६ जना उम्मेदवार।

अन्तिम चरणमा पुग्नुअघि नै नेपालको एउटा प्रमुख अङ्ग्रेजी दैनिकका सम्पादक प्रतिस्पर्धाबाट बाहिरिएका थिए। अर्का अङ्ग्रेजी दैनिकका सम्पादक भने अन्तिम चरणसम्मै पुगेका थिए।

यी हुन् अन्तिमसम्म पुगेका ६ प्रतिस्पर्धी

१) भगिरथ योगी

योगी लामो समयदेखि बीबीसी नेपाली सेवासँग जोडिएका छन्। १९९६ देखि बीबीसी नेपालीमा स्ट्रिङ्गरका रुपमा प्रवेश गरेका उनी २००३ देखि बीबीसी नेपालीमा प्रोड्युसर भएका थिए। सन् २००४ देखि दुई वर्ष उनी नेपालको पायोनियर न्युजसाइट नेपालन्युजका सम्पादक भए। २००६ सेप्टेम्बरदेखि भने उनी बीबीसी विश्व सेवामा प्रोड्युसर छन्।

२) नवीनसिंह खड्का

खड्का पनि हाल बीबीसी विश्व सेवामै कार्यरत छन्। उनले त्यहाँ वातावरण र क्लाइमेट इस्युहरुबारे रिपोर्टिङ गर्छन्।

३) रमा पराजुली

पराजुली अन्तिम चरणसम्म पुग्ने एक मात्र महिला उम्मेदवार हुन्। उनी हाल बीबीसी नेपाली सेवामा संवाददाताका रुपमा कार्यरत छिन्। कान्तिपुर पब्लिकेसन्समा काम गरिसकेकी पराजुलीले केही समय बीबीसी वर्ल्ड सर्भिस ट्रस्टमा पनि काम गरेकी थिइन्।

४) दीपक भट्टराई

हाल बीबीसी मिडिया एक्सनले चलाउने साझा सवालका सम्पादक रहेका भट्टराई यसअघि नागरिक, कान्तिपुर टिभी र स्पेसटाइमका संवाददाता थिए।

५) सुवास घिमिरे

अमेरिकाको हार्वर्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री गरेका उनी हाल अङ्ग्रेजी दैनिक रिपब्लिकाका सम्पादक हुन्। स्थापित पत्रकारहरुको एक जत्थाले उनी सम्पादक हुँदा खेदो खने पनि आफ्नो कामले आलोचकहरुको मुखमा बुझो लगाएका घिमिरे अन्तिम चरणमा पुग्ने बीबीसी परिवारमा काम गरिरहेकाहरु बाहेकका एक मात्र उम्मेदवार थिए।

तर अन्तमा बाजी मारे जितेन्द्र राउतले

राउत बीबीसी नेपालीको काठमाडौँ कार्यालयमा वरिष्ठ कार्यक्रम उत्पादकका रुपमा कार्यरत थिए। रविन्द्र मिश्रले छाडेपछि बीबीसीले खुला प्रतिस्पर्धामा नयाँ प्रमुख नछानिएसम्म उनैलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको थियो। राउतलाई सफल कार्यकालको शुभकामना !

3 thoughts on “खुला प्रतिस्पर्धाबाट जितेन्द्र राउत छानिए बीबीसी नेपाली प्रमुख , को-को थिए अन्तिम प्रतिस्पर्धामा?”

  1. Ganesh says:
    May 20, 2017 at 7:33 am

    ख़ासमा तीनजनाको मात्र प्रतिस्पर्धा हो । भगीरथ योगी , जितेंद्र राउत र सुभाष घिमिरे मात्र । अरु त कोरम पूर्याऊन मात्रा हो ।

    Reply
  2. शोभाखर says:
    May 19, 2017 at 10:38 am

    रमा पराजुली त जोन नारायण पराजुली कै श्रीमती होइनन र? कल्पना ढकाल सुधिर शर्मा । प्रेम बानियाँकि हरिदेवी रोकाय रहेछिन भन्ने डिभी परेसी थाहा भएको थियो। यसो पत्रकार जोडिका बारेमा ब्लग लेख्न मिल्दैन दाजै। mediakurakani का पहिलोपोस्ट वाला दाजुले लेख्थे आज भोलि अलि सुस्ताएकी के हो?

    Reply
    1. Basanta kumar Dhakal says:
      May 23, 2017 at 5:12 pm

      नो, रमा पराजुली इज म्यरिड टु प्रत्यूष वोन्त

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme