Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रेलको सपना सबैभन्दा पहिले देखाउने को? यस्तो छ इतिहास जुन धेरैले बिर्सिसके

Posted on May 13, 2017 by Salokya
विवेकशीलको रेल कल्पना

स्थानीय चुनावको घोषणापत्रमा रेलको सपना बाँड्ने धेरै पार्टी देखिए। राजधानीमा मेट्रो रेल र मोनो रेलको सपना देखाउनेमा पुराना मात्र हैन नयाँ पार्टी पनि छन्। रेलको कुरा आउँदा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएका बेला बाँडेका केही सपनामा नाकचुच्चे रेल पनि एउटा भएकोले कपिराइटै एमालेको मात्र हुन्छ जस्तो भान पनि पारिन्छ। ओलीले त्यस्तो सपना बाँड्दा नेविसंघका केटाहरुले कागजका डब्बाको रेल बनाएर उडाएका थिए। यस पटकको स्थानीय निर्वाचनमा भने कांग्रेसको घोषणापत्रको कभर पेजमै रेल छ। यसलाई लिएर एमालेले उडाउने मौका पाए।

खासमा यो रेलको सपना सबैभन्दा पहिला बाँड्ने को रहेछ त? आउनुस् हेरौँ एउटा रोचक इतिहास।

यो अंश हो २०४८ सालको आम चुनावका लागि नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रको। यसमा सबैभन्दा पहिला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने रेल वा ट्रलिबस चलाउने कार्य नेपाली कांग्रेसको सरकारले गर्ने उल्लेख भएको रहेछ। यस्तै अन्य मार्गहरुमा पनि बिजुलीको रेल वा ट्रलिबस चलाउने व्यवस्था गर्ने उल्लेख छ।

आज २६ वर्ष बितिसक्यो। न रेल बन्यो, न ट्रलिबस। त्यतिबेला भएको एउटा काठमाडौँ- भक्तपुर ट्रलिबस पनि ध्वस्त पारियो। २६ वर्षपछि पनि त्यही रेलको सपना बाँड्दा जनता मख्ख पर्दैछन्।

२०४८ सालको चुनावपछि कांग्रेसको बहुमतको सरकार बन्यो। तर पार्टीभित्रको समस्याले मध्यावधि चुनाव गर्नुपर्ने भयो। २०५१ सालको मध्यावधि चुनावमा भने एमालेले पनि रेलको सपना बाँड्यो। अघिल्लो चुनावमा रेलको बारेमा केही नलेखे पनि यस पटकको चुनावमा भने उसले पूर्व पश्चिम विद्युत रेल, महत्वपूर्ण औद्योगिक शहरहरुमा ट्रलीबस र हेटौडा काठमाडौँ सुरुङ मार्ग बनाउने तर्फ जोड दिने कुरा घोषणापत्रमा उल्लेख गर्‍यो। हेर्नुस् २०५१ सालको मध्यावधि चुनावमा एमालेको घोषणापत्रको अंश।

आज २३ वर्षपछि यो घोषणापत्रमा उल्लेखित कति बुँदा कार्यान्वयन भयो, तपाईँ आफै बुझ्न सक्नुहुन्छ। तर रेल सपना देखाउने काम भने केपी ओलीले हैन, मनमोहन अधिकारीको पालामा नै भइसकेको रहेछ।

मतदातालाई उल्लु बनाउँदै यस पटकको स्थानीय निर्वाचनमा कुन दलले रेलबारे के भनेका छन्?

नेपाली कांग्रेस – १० वर्षभित्र ५ सय किलोमिटरभन्दा बढी रेल्वे लाइन बनाइनेछ। संभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा ट्राफिक जाम र भिडको व्यवस्थापनसंगै सहरी प्रदूषण नियन्त्रण गरिनेछ।
एमाले – पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गरिने छ । रसुवागढी– काठमाडौं– पोखरा– लुम्बिनी रेलमार्ग सम्पन्न गरिनेछ । काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माण गरिने छ । यस बाहेक अन्य सीमा नाकाबाट रेलमार्गको सम्भाव्यता अध्ययन गरी निर्माण योजना अगाडि बढाइने छ । राजधानी काठमाडौँमा भित्री चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गरिने छ । राजधानीसँग जोडिएका जिल्लाहरूमा रेल सेवा विस्तारको सम्भाव्यता अध्ययन गरी रेल सेवा विस्तार योजना शुरु गरिने छ। एमालेले २०५१ सालको मध्यावधि निर्वाचनको घोषणापत्रमा पनि पूर्व पश्चिम विद्युत रेल बनाउनेतर्फ जोड दिने उल्लेख गरेको थियो।

राप्रपा – चीनले हासिल गरेको तिव्र आर्थिक बिकासबाट लाभ लिन आगामी दिनमा पारवाहन, व्यापार, यातायात, रेल, बिद्युत र पर्यटन क्षेत्रको बिकास र बिस्तारको निमित्त राप्रपाले आबश्यक पहल गर्नेछ।

नयाँ शक्ति : द्रूत गतिको पूर्व–पश्चिम रेल सेवा, ल्हासा–काठमाडौं–पोखरा–लुम्बिनी–भरतपुर–काठमाडौं रेल लुप सञ्चालन गरी ‘मास ट्रान्सपोर्ट’ सेवा सञ्चालन गरिनेछ।

विवेकशील नेपाली : परिकल्पनामा रेल गुडेको तस्बिर। घोषणापत्रमा भने उल्लेख छैन।

साझा पार्टी : मेट्रो र मोनो रेल, बस, माईक्रोबस, टेम्पो र साईकल र पैदलयात्री समावेश एकीकृत सार्वजनिक यातायात प्रणालीको विकासका लागि विस्तृत योजना तयारी र क्रमिक कार्यान्वयन,

3 thoughts on “रेलको सपना सबैभन्दा पहिले देखाउने को? यस्तो छ इतिहास जुन धेरैले बिर्सिसके”

  1. dave says:
    May 15, 2017 at 6:28 am

    जब सम्म नेपाली हरूकाे भाेट अाफना लाइ, चीकेन भात लाइ, पाँच सय हजार रूपीया लाइ, चाकरी मा खेर जाँदैन,, नेपालमा केहीकाे अाशा नगरे हुन्छ ।।।। रामाे सच्चा देश भक्त र रामाे भीजन हुने, पढेलेखेकाे नेता छान्ने क्षमता हुनु जरूरी छ,जुन नेपाली मा अहीले सम्म पनी अभाव छ ।।

    Reply
  2. dor prasad says:
    May 14, 2017 at 9:14 pm

    सदियौ भो स्वित्ज़ेर्लैंड को “हिमाल” आल्प्स को काख मा रेल गुडेको !
    बर्सौं भो हामीले नेपाल लै एशिया को स्वित्ज़ेर्लैंड भने को
    यो जिन्दगि सपनै मा जाने भो
    ठगहरुले लुटेर खाने भो !!!

    Reply
  3. Shankar says:
    May 14, 2017 at 5:48 pm

    चोर पाखे हरुले खाएको देश माँ , हरेक नेपाली लाइ सेल त खुवाउन सक्दैन त रेल कहाँबाट आउछ ?
    रेल , ट्रॉलीबास , बाटो चीन ले बनाइदिन पर्ने , खाने कुरा , तेल मिट्टीतेल , बिजली भारत ले दिन पर्ने ,
    प्रचंड , बाबूराम , देउवा , ोली , माकुनै , कमल, मदिसे नेता हरु सब घुस खाएर ठुस्स फुलेको मुख ले
    भासन गर्ने , घिच्न न पाएको खंड माँ किचलो गर्ने मात्र हूँन | यिनीहरु सब भ्रस्ट र करप्ट छान |
    अहिले को स्थानीय चुनाब ले राष्ट्रीय बजेट लूटने , खाने मुख हरु थप्ने हो , त्यों भन्दा बढ़ी केहि हैन|
    प्रचड ले आफुले लुटेर न पुगेर छोरी लाइ समेत ल्यायो , तेस्तै सब अरु पाखे नेताहरु को चाला छ?
    कहा छः बिकास हुने सम्भाबना ?
    ईब सब चोर हरुलाई लट्ठीले तह लगाउने सैनिक शासन न भै देश बन्न गाह्रो छः | जुका ले पानी आफुले रगत चूसेपछि चपलागेर बस्छ | देउवा, महत ,कमले , पौडेल , लोहानी , कोइराला , ठाकुर , महतो हरु त मरुन्जेल देश लूटन छोड़ दैन , यिनीहरुलाई कहिले पुग्ने ????

    बेकार माँ यो रेल ,जाज को सपना लेराएर न गिज्यौ |
    हो चीन ले वान बेल्ट वान रोड को योजना माँ नेपाल लाइ पारेछ , तर यो पाखे हरुको योगदान ले त हैन ,
    उसको आफ्नो स्ट्रैटेजी छः |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme