Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देशमा चुनावको चटारो, राष्ट्रपतिलाई घुम्न जान हतारो : विदा दिने कि नदिने त सरकार यसपालि?

Posted on May 9, 2017 by Salokya

देशमा पहिलो चरणको स्थानीय चुनावको चटारो छ। तीन प्रदेशमा मतदान आउँदो आइतबार हुँदैछ। तर त्यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबारदेखि राजकीय भ्रमणमा निस्कँदै हुनुहुन्छ।

बैशाख २९ गतेदेखि थाइल्याण्ड र श्रीलंकाका लागि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणलाई स्वीकृति दिने निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको छ।

राष्ट्रपति भइसकेपछि उनको यो दोस्रो भ्रमण हुनेछ। यसअघि पहिलो भ्रमण यही महिनाको सुरुमा (वैशाख ४ गतेदेखि ८ गतेसम्म) भारतमा भएको थियो।

भारत भ्रमणमा जाँदा र आउँदा दुई दिन विदा दिने सरकारले निर्णय गरेको थियो। तर चर्को विरोधपछि गृह मन्त्रालयले अन्यथा भएको भन्दै फर्कँदाको विदा फिर्ता लिएको थियो।

यस पटक पनि राष्ट्रपति औपचारिक भ्रमणमा नै जाँदै हुनुहुन्छ। विदा दिने कि नदिने त सरकार यसपालि?

अनि यसरी महिनामा नै दुई दुई चोटी राष्ट्रपति औपचारिक भ्रमणका लागि विदेश जान थाल्नुभयो भने विदा दिएर साध्य हुन्छ र ?

भ्रमणको लिस्टमा एक दिन थाइल्यान्ड र त्यसपछि श्रीलंका रहेको छ। श्रीलंकामा International Vesak Day को अवसरमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन राष्ट्रपति त्यहाँ जान लाग्नुभएको हो।

चुनावको चटारोमा रहेकोले भारत भ्रमणमा जस्तो थाइल्यान्ड वा श्रीलंकामा राज्यमन्त्रीले कि कसले विमानस्थलमा स्वागत गर्‍यो भनेर नेपालीहरु बहसमा नउत्रिएलान् भन्ने आशा गरौा।

1 thought on “देशमा चुनावको चटारो, राष्ट्रपतिलाई घुम्न जान हतारो : विदा दिने कि नदिने त सरकार यसपालि?”

  1. Sunil, London says:
    May 9, 2017 at 6:50 pm

    विचरा हाम्री राष्ट्रपति ले पनि त घुम्न पाउनुपर्यो नि !!!! रामबरण ले कैयौ पटक विदेश घुमे क्या र !!! अब हाम्री राष्ट्रपति ले जम्मा जम्मी एकपटक भारतको मात्र भ्रमण गर्ने मौका पाउनुभएको छ , भारत पनि कुनै घुम्ने ठाउँ हो र ? जो सुकैले बिना पासपोर्ट घुम्न जान पाउने ठाउँ हो त्यो त !!! यसपाला पनि श्रीलंका अरे , त्यो पनि त सार्क मुलुक मात्र पर्यो !!! उहालाई यसो चाडो चाडो बेलायत , अमेरिका , जापान तिर पनि भ्रमण गराउनुपर्यो , सुन्दछु उहाको कार्यकाल अब धेरै बाकी छैन रे !!! तै Thailand बाट Hongkong हुदै श्रीलंका तिर लागेको भए यसो एउटा बढी मुलुकको भ्रमण हुन्थ्यो नि त !!!
    चुनाव को चटारोले के भो त हाम्री राष्ट्रपतिले भोट नै नखसाल्ने निर्णय सुनाइसक्नु भो, नजाने गाउँ को बाटै नसोध्नु भन्या यहि होला !!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme