Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘सुगा’, ‘गोरु’ तालमेल : घोषणापत्रमा गाली गर्ने, चुनावमा घाँटी जोड्ने

Posted on May 5, 2017 by Salokya

स्थानीय चुनावको उम्मेदवारी दर्ता गर्ने दिन काठमाडौँ र ललितपुरमा ‘सुगा’ तालमेल चर्चामा थियो। माओवादी र कांग्रेसका कार्यकर्ताले बेपत्ता उडाएका थिए सूगा अर्थात् सूर्य र गाईको गठबन्धनलाई। एकताका एमालेको लालकिल्ला काठमाडौँमै एमालेले राप्रपासँग गठबन्धन गर्नुपरेकोमा एमालेकै कार्यकर्तालाई चित्त बुझेको थिएन। आज उम्मेदवारको नाम फिर्ता लिने दिन भने ‘गोरु’तालमेलको चर्चा भयो। गो अर्थात् ‘गोलाकारभित्र हसिया हथौडा’ चुनाव चिह्न भएका माओवादी केन्द्र र ‘रुख’ अर्थात् नेपाली कांग्रेसको गठबन्धन।

गोरु गठबन्धन अन्तर्गत चार महानगर काठमाडौँ, ललितपुर, पोखरा र भरतपुरमा घाँटी जोड्ने कुरा थियो। तर अन्ततः काठमाडौँ र ललितपुरमा तालमेल हुन सकेन। पोखरा र भरतपुरमा भने भयो। भरतपुरमा हेलिकप्टर चढेर उम्मेदवारी दर्ता गराउन गएका मेयर आकांक्षी दिनेश कोइराला मतदान हुनुअघि नै हारे। प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन उनको उम्मेदवारी फिर्ता गराइयो। उनी आफैले उम्मेदवारी फिर्ता नलिए पनि पार्टीबाटै फिर्ता गराइयो।

के यसरी नेताहरुले गरेको तालमेल अनुसार भोट जान्छ त? के गणतन्त्रको लागि आन्दोलन गरेको एमाले कार्यकर्ताले आन्दोलनमा गोली ठोक्ने कमल थापाको पार्टी गाई चिह्नलाई भोट देलान्? के माओवादी अत्याचार भोग्नु परेका कांग्रेसी कार्यकर्ताको मन माओवादीलाई दिन मन लाग्ला? यो चुनावमा यसको नमूना हेर्न पाइनेछ।

हुन पनि यी दलहरुले यही चुनावका लागि निकालेका घोषणापत्रमा जुन दललाई गाली गरेका थिए, उहीसँग घाँटी जोड्दैछन्।

नपत्याए हेर्नुस् माओवादीबारे कांग्रेसले घोषणापत्रमा के लेखेको थियो-

अनि एमालेले राप्रपाबारे घोषणापत्रमा यस्तो लेखेको थियो-

मलाई त लाग्छ यो चुनावमा बदर मतको प्रतिशत धेरै हुनेछ। किनभने हतार भएकोले यस पटक उम्मेदवारको अन्तिम सूची नआउँदै मतपत्र छापियो। त्यसैले उम्मेदवारी फिर्ता लिए पनि भरतपुरमा रुख चिह्न हुने नै छ मेयरमा। त्यहाँ छाप हानियो भने मत बदर हुने हो। त्यस्तै काठमाडौँमा सूर्य चिह्न उपमेयरमा हुने नै छ। एमाले कार्यकर्ताले सूर्य बाहेक दायाँबायाँ गर्दिनँ भनेर भोट हाले मत बदर हुने हो।

1 thought on “‘सुगा’, ‘गोरु’ तालमेल : घोषणापत्रमा गाली गर्ने, चुनावमा घाँटी जोड्ने”

  1. Shankar says:
    May 5, 2017 at 12:29 pm

    एउटै अभियान , मिलीजुली देश लूटने हो | तेसैले जसरी जून तालमेल पनि हुनसक्छन |अचम्म मान्नुपर्दैन |न भये रज्जु दर्शन , किशोर थापा ले भोट कसरी पाउने?
    यो पार्टी , त्यों पार्टी , तेरो पार्टी , मेरो पार्टी लाइ भोट हाल्ने मान्छे चाहिदैन ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme