Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राजीनामा दिएर फर्के पनि विमलेन्द्र निधि अझै कमल थापाभन्दा मुनि नै

Posted on May 5, 2017 by Salokya

राजीनामा दिएको चार दिनपछि पार्टी सभापति शेरबहादुर देउवासँग ‘मन माझामाझ’ गरेर आजदेखि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि पुरानै पदमा फर्किएछन्। कस्तो चमत्कारी वस्तु रहेछ त्यो मन ‘माझ्ने’? यस्तो वस्तु अरुलाई पनि बाँड्नु पर्ने। शेरबहादुर र सुशीला कार्कीको पनि त्यसरी नै मन माझेको भए न्यायपालिका र कार्यपालिकाको यत्रो द्वन्द्व हुने थिएन। केपी ओली र राजपाका नेताहरु बसेर यसरी नै मन माझ्न पाए देशको एकता मजबुत हुन्थ्यो। देशभित्र मात्र हैन, यस्तो मन माझ्ने वस्तु त विदेशमा एक्सपोर्ट पनि गर्न हुन्थ्यो। भारत र पाकिस्तानका नेताको मन माझ्न पाए त क्षेत्रीय शान्ति छाउँथ्यो। अरुणा लामाले पनि यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो भनेर गीत नगाई मन माझ्नतिर लाग्थे।


मन माझेर फर्किए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा भने अझै विमलेन्द्र निधिको ठाउँ कमल थापाभन्दा मुनि नै छ।

त्यसो त कमल थापाले पनि राजीनामा दिइसकेका हुन्। तर उनको पनि राजीनामा स्वीकृत भएको छैन। के थाहा, उनीसँग पनि मन माझिने हो कि?

यसअघि भारतबाट फर्कँदा निधिले आफूलाई कमल थापाभन्दा वरियतामा मुनि राखेको थाहा पाएपछि विरोध गरेका थिए। जसका कारण मन्त्रिपरिषद् बैठकै बस्न सकेको थिएन। त्यतिबेला त्यो वेबसाइटमा निधिकै ठाउँ माथि थियो। वीपीले पनि जमानामा वरियतासम्बन्धी यस्तै विवाद गरेका थिए भन्ने तर्क पनि उनकोबाट आएको थियो। पछि दोस्रो वरियता स्वीकार गरेर उनी मन्त्रिपरिषद बैठकमा फर्किएका थिए। तर त्यसलगत्तै महाभियोग प्रकरण आयो र उनले राजीनामा दिए। अब भने राजीनामा फिर्ता लिएर उनी फेरि आफ्नै पदमा फर्किएका हुन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme