Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विवेकशील र साझाले काठमाडौँमा के चुनाव चिह्न लिए ठीक होला? सुझाव दिउँ – केराउ, चमेरोदेखि दुम्सीसम्मको सुविधा

Posted on May 3, 2017May 3, 2017 by Salokya

काठमाडौँ महानगरपालिकाको मेयरका लागि २८ जना र उपमेयरका लागि १३ जनाको उम्मेदवारी परेको छ। सोसल मिडियामा प्रभाव जमाउन र एकअर्कालाई आक्रमण प्रत्याक्रमण गर्न व्यस्त रहेका विवेकशील र साझा पार्टीले पनि उम्मेदवार उठाएका छन्। विवेकशीलको मेयरमा मात्र उम्मेदवारी छ भने साझाको मेयर उपमेयर दुवैमा उम्मेदवारी छ। दुवै दललाई निर्वाचन आयोगले स्वतन्त्रको हैसियत दिएको छ। अर्थात् उनीहरुले स्वतन्त्र उम्मेदवारहरुका लागि छुट्याइएको चुनाव चिह्नबाट आफ्नो लागि चुनाव चिह्न छान्नुपर्नेछ। चुनाव चिह्न छान्ने र दिने काम वैशाख २२ गते हुँदैछ। यसपालि हतारमा मतपत्र छाप्ने निर्णय भएको हुनाले उम्मेदवार नभए पनि चुनाव चिह्न बढी हुनेछ। त्यसैगरी मतपत्र दुई लहरमा एकदमै लामो हुनेछ।

काठमाडौँका लागि ६७ जना मेयर उम्मेदवारलाई चुनाव चिह्न दिन सक्ने गरी मतपत्र बनाइएको भए पनि २८ जनामा त्यो सीमित हुनेछ। अर्थात् ३९ चुनाव चिह्नमा मत राखे त्यो बदर हुनेछ। नो भोटको विकल्प नदिए पनि यसरी उम्मेदवारै नभएको चिह्नमा भोट दिने ‘सुविधा’ भने आयोगले दिएको छ।

अब स्वतन्त्र उम्मेदवारहरुले कस्तो चुनाव चिह्न पाउँछन् त्यो हेरौँ। बायाँतर्फ नवौँ हरफपछि स्वतन्त्र उम्मेदवारका चिह्न आउने छन् भने दायाँतर्फ आठौँ लहरपछि। त्यहाँभन्दा माथि चाहिँ दलका उम्मेदवारहरुको चिह्न हुनेछ।

विवेकशील र साझा लगायतका स्वतन्त्रले पाउने चुनाव चिह्न यस्ता छन्। अब तपाईँ आफै सुझाव दिनुस् कुन दलले कस्तो चुनाव चिह्न लिँदा ठीक होला?

यहाँ पहिलो लहर मेयरको चुनाव चिह्न हो भने दोस्रो लहर उपमेयरको।

विवेकशीलका उम्मेदवारलाई केटाकेटी केटाकेटी भनेर जिस्क्याउँछन्, २५ औँ नम्बरको केटाकेटी चुनाव चिह्न लिने कि? कुकुर चाहिँ उपमेयरको मात्र रहेछ।

साझाले चाहिँ चमेरो लिने कि ? केराउको विकल्प पनि छ। अथवा चम्चाकाँटा लिने हो? साझालाई मेयर र उपमेयरको चुनाव चिह्न फरक फरक हुनेले सताउनेछ।

पख्नुस् यतिमात्र विकल्प हैन, अरु पनि छ-

५९ नम्बरको हेर्नुस् त। के हो त्यो, के भनेर प्रचार गर्ने होला?

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार

१. अनिलमान श्रेष्ठ – स्वतन्त्र
२. अमोट महर्जन – स्वतन्त्र
३. उषाकुमारी तिब्डेवाल – नेकपा (माले)
४. कुलनारायण डंगोल – नेमकिपा
५. किशोर थापा – स्वतन्त्र (साझा पार्टी)
६. गोर्की प्रसाद श्रेष्ठ – वैद्य माओवादी
७. डबबहादुर गर्बुजा पुनमगर – राष्ट्रिय जनमुक्ति पार्टी
८ . दिनेश शाही – एकीकृत राप्रपा राष्ट्रबादी (डा प्रकाश चन्द्र लोहनी)
९. नवराज कार्की – स्वतन्त्र
१०. डा. निर्मल कुमार थापा – राष्ट्रिय जनमोर्चा
११. नेत्र बहादुर लिम्बु – स्वतन्त्र
१२. पबित्र बज्रचार्य – संघीय समाजबादी फोरम नेपाल
१३. पुरुषोत्तम दंगाल – स्वतन्त्र
१४. भरतबहादुर बिसुराल (हिमालय टाइगर) – स्वतन्त्र
१५. रन्जु न्यौपाने – स्वतन्त्र (विवेकशील नेपाली)
१६. लक्ष्मीप्रसाद भण्डारी स्वतन्त्र
१७. वचपनराज श्रेष्ठ – नेकपा संयुक्त
१८. विनोद क्षेत्री – स्वतन्त्र
१९. भगवान गिरी – स्वतन्त्र
२०. सुरेन्द्र प्रसाद ढकाल – सामाजिक पर्यावरण मोर्चा
२१. सर्वोत्तमदास डंगोल – नेकपा माओवादी केन्द्र
२२. विद्यासुन्दर शाक्य – नेकपा एमाले
२३. विदुरप्रसाद घिमिरे – चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
२४. राजुराज जोशी – नेपाली काङ्ग्रेस
२५. राधा वेल्वासे – स्वतन्त्र
२६. शिवहरि रिजाल – मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
२७. सुशीला बेघा – स्वतन्त्र
२८. ज्ञानु माया तामाङ – स्वतन्त्र

काठमाडौं महानगरपालिकाका उपमेयरका उम्मेदवार

१. जनिसा भट्टराई – स्वतन्त्र
२. निरुपमा यादव – स्वतन्त्र
३. पुनम डंगोल – स्वतन्त्र
४. बालकृष्ण परियार – स्वतन्त्र
५. मनदेवी श्रेष्ठ – नेमकिपा
६. राजाराम श्रेष्ठ – राप्रपा र नेकपा एमाले
७. राधिका महर्जन – स्वतन्त्र
८. रितु सापकोटा केसी – राष्ट्रिय जनमोर्चा
९. लक्ष्मी राई – मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
१०. सविना अर्याल – संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति
११. सावित्री खरेल – वैद्य माओवादी
१२. सुशीलाकुमारी पौडेल – नेकपा माओवादी केन्द्र
१३. हरि प्रभा खड्की – नेपाली काङ्ग्रेस

5 thoughts on “विवेकशील र साझाले काठमाडौँमा के चुनाव चिह्न लिए ठीक होला? सुझाव दिउँ – केराउ, चमेरोदेखि दुम्सीसम्मको सुविधा”

  1. Sujan Pariyar says:
    May 4, 2017 at 3:40 pm

    54

    Reply
  2. हर्के काईलो says:
    May 4, 2017 at 9:37 am

    चुनाव चिन्ह छान्दै मा पाईन्छ भन्ने छैन । चुनाव चिन्ह प्रदान गर्ने कार्यविधि नै छ । त्यसलाई पनि अध्यन गरेर लेख्दा राम्रो हुन्थ्यो ।

    Reply
  3. Rohini says:
    May 4, 2017 at 5:26 am

    ६४ को ढाका टोपी हारे पनि नरुनु मुख छोपी |

    Reply
  4. dor prasad says:
    May 4, 2017 at 12:33 am

    केहि चिन्ह हरु र नारा ….

    ६४ ढाका टोपी – नेपाली सान – देश विकास , रस्त्रियेता र परिबर्तन को लागि

    ४३ संख – विकास र परिबर्तन को संखघोस

    २३ घडी – समय परिबर्तन र विकास को चाहना

    ३५ इट्टा – तपाई को एउटा भोट देश विकास र परिबर्तन को एउटा इट्टा

    ४२ कलम र मसि – नया इतिहास लेख्ने काम आजै सुरुगरौं

    Reply
  5. sanklp says:
    May 3, 2017 at 9:54 pm

    ५९ नँ फूलमा माहुरी भोट नहाली काँ जालीस ए फ्याउरी 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme