Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेविसंघका केटाहरुले कागजको रेल बनाएर ओलीलाई उडाएका थिए, आफ्नै पार्टीको घोषणापत्रमा रेल पो कुद्‍यो त

Posted on April 26, 2017 by Salokya


यहाँ माथि देखिएको फोटो पोहोर जेठको हो। नेविसंघका केटाहरुले प्रधानमन्त्री निवास बालुवाटार बाहिर कागजका कार्टुनहरु जोडेर रेल बनाई त्यसमा ‘ओली एक्सप्रेस’ लेखी तत्कालीन प्रधानमन्त्री केपी ओलीको रेल भाषणको खिल्ली उडाएका थिए। हुन पनि नाकाबन्दीको दुःखमा जनतालाई दैनिक जिविकोपार्जन गर्न धौधौ भइरहेको बेला रेलको सपना उडाउने विषय नै थियो। तर त्यो मजाक अब नेविसंघतिरै फर्किने भएको छ। नेविसंघको माउ पार्टी नेपाली कांग्रेसले आज आफ्ना सभापति शेरबहादुर देउवाको हातबाट घोषणा गरेको घोषणापत्रको कभर पेजमै छुकछुकछुक रेल कुदिरहेको छ त। अब ओलीपक्षधरले उडाउने पालो नेविसंघको।


यो पोहोर जेठको फोटो।

यो चाहिँ कांग्रेसको घोषणापत्रको कभर

घोषणापत्र भित्र मोनो रेलबारे २६ औँ पेजमा उल्लेख छ।

त्यसैगरी ३५ औँ पेजमा अर्को रेल शब्द परेको छ-

त्यहाँबाट एकैचोटी ४८ औँ पेजमा अबको १० वर्षमा नेपाल : एक झलक शीर्षकमा सपना देखाइएको छ- ५०० किलोमिटरभन्दा बढी रेल्वे लाइनको

नेपाली कांग्रेसको घोषणापत्र पढ्न यहाँ क्लिक गर्नुस्

2 thoughts on “नेविसंघका केटाहरुले कागजको रेल बनाएर ओलीलाई उडाएका थिए, आफ्नै पार्टीको घोषणापत्रमा रेल पो कुद्‍यो त”

  1. सिर्जने says:
    April 26, 2017 at 10:33 pm

    चुनाउअघि रेल,
    चुनाउ सकेपछि झेल,
    नेपालका पार्टीको एकमात्र प्यारो खेल!

    Reply
  2. Shankar says:
    April 26, 2017 at 3:33 pm

    पान बुढ़ाले नेपाल लाइ सिंगापुर बनाउछु भन्थ्यो , देश झिंगापुर बन्यो|
    अब उसका संतान हरुले रेल ल्याउने रे | रेल ल्याउने हैन नेपाल लाइ नै रेल माँ हालेर दिल्ली पुर्याउला चै जस्तो छः|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme