Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२ अर्ब रकम छुट्याउँदा पनि न्युयोर्क र जेनेभा दूतावासले भवन किनेन, बैँककले किन्दा देखियो यस्तो समस्या

Posted on April 16, 2017 by Salokya

विदेशमा नेपाली नियोग ३२ वटा छन्। ती नियोगका भवनको भाडा वापतको खर्च हरेक वर्ष बढ्दो क्रममा छ। २०७२/७३ मा ६५ करोड रुपैयाँ खर्च भएको थियो। त्यसअघिका दुई वर्षमा क्रमशः ५७ करोड र ४४ करोड खर्च भएको रहेछ। भएन बा, यो भाडा तिर्नुभन्दा बरु भवनै किने ठीक हुन्छ भनेर यो वर्ष न्युयोर्क, जेनेभा र बैँककस्थित नियोगका लागि भवन खरिद गर्न २ अर्ब रुपैयाँको बजेट छुट्याइएको थियो। तर बैँककबाहेक अरु ठाउँकाले खरिद कारबाही अघि बढाएन। बैँककमा पनि के देखियो, महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार बैँककको सुकुम्भितमा १ हजार ९१६ वर्गमिटर जग्गामा रहेको ६७७.५० वर्गमिटर क्षेत्रको भवन खरिद भएको रहेछ। खर्च ४५ करोड ७३ लाख।

नियोगले लागत अनुमान गर्दा १ हजार १२८.४० वर्गमिटर क्षेत्रफलको भवन आवश्यक देखाएको रहेछ। तर किन्दा भने ६७७.५० वर्गमिटरको मात्र किनेछ।

फेरि भवनको स्वीकृत नक्सा पनि नियोगले लिएको रहेनछ। भवन पनि करिब ५० वर्ष पुरानो रहेछ। ह्रास कट्टीको हिसाबले भवनको जर्ती मूल्यमात्र बाँकी रहेकोमा प्राविधिक दृष्टिले उपयुक्त भए नभएको मूल्याङ्कन समेत गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

अब नियोगहरुका लागि भवन खरिद गर्दा आवश्यक मापदण्ड तयार गरी प्राविधिक मूल्याङ्कनसमेत गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औँल्याइएको छ।

1 thought on “२ अर्ब रकम छुट्याउँदा पनि न्युयोर्क र जेनेभा दूतावासले भवन किनेन, बैँककले किन्दा देखियो यस्तो समस्या”

  1. मुकेश यादव says:
    April 16, 2017 at 1:12 pm

    यो सब कमल थापा ले खान सिकाएको र हत्यारा छविलाल प्रचण्ड र त्यसको पाखे छोरा ले सिकेको परिणाम हो / कसरी घिचने भनेर मण्डले कमल ले आफ्नो पुरानो अनुभव यी पाखे हरु लाई सिकाउदै छ र यी नव धनाड्य सर्व हारा सिक्दै र घिच्दै छन /
    भ्रष्टाचार को लागि मृत्यु दण्ड दिनु परने यी डाँका हरु लाई

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme