Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिलाई स्वागत गर्न पारस र हिमानी, विदाइ गर्न पूर्वराजा ज्ञानेन्द्र, हेर्नुस् ८ दृश्य जिफमा

Posted on April 7, 2017 by Salokya
फोटो साभार : नागरिकन्युज

बिहीबार गजबका दुई खबरले बजार पिट्यो। एउटा थियो, वरियता क्रमको विवादले तीन सातादेखि अनिश्चित मन्त्रिपरिषद्को बैठक आज पनि बस्न सकेन। दुई नम्बरम म हुनै पर्छ भन्ने कमल थापा र विमलेन्द्र निधिको यो विवाद बाहिरबाट हेर्दा सर्वसाधारणले धेरै हास्यास्पद देखिरहेको उनीहरुलाई पत्तै छैन जस्तो छ। त्यही भएर बस्न नसकेको मन्त्रिपरिषद् बैठकपछि कांग्रेस मन्त्रीहरुको बैठकमा निधिले दुई नम्बर वरियता नपाए राजीनामा दिने बताएको खबर पनि आयो। राजावादी र गणतन्त्रवादीको क्याबिनेटमा यो झगडासँगै आजै उही कमल थापालाई आफ्नो अध्यक्षताको मन्त्रिपरिषद्‍मा गृहमन्त्री बनाएका पूर्व राजा ज्ञानेन्द्र र राष्ट्रपति विद्या भण्डारीको गजबको दृश्य सार्वजनिक भयो। छोरीको बिहेमा पूर्वराजालाई डाकेका राष्ट्रपति पुगिन् पूर्वराजाको नातिको व्रतबन्ध भोजको निम्तो मान्न सोल्टी क्राउन प्लाजा। फोटोमा पूर्व राजा र पूर्व रानीले राष्ट्राध्यक्षका रुपमा राष्ट्रपतिलाई वरियताको हिसाबले सम्मान गरेको देखिन्छ। राजतन्त्र र गणतन्त्रको प्रतिकको यो मिल्ती स्वभाविकसमेत देखिएको छ। राष्ट्रपतिलाई स्वागत गर्न ढोकामा उभिएका थिए पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानी। अनि विदाइ गर्न पूर्व राजा ज्ञानेन्द्र आफै आएका थिए। हेरौँ पार्टीका आठ दृश्य जिफ इमेजमा।

दृश्य १ : हिमानी नमस्ते फर्काउँदै

पारस र हिमानीको सम्बन्ध राम्रो नभएकोले उनीहरु सँगैसमेत देखिन छाडेको धेरै भइसकेको थियो। छोराको व्रतबन्धको पार्टीमा भने दुवै सँगै देखिए। हिमानी आगन्तुकको नमस्ते फर्काउँदै छिन्।

दृश्य २ : पारसको नजर कता?

सुटप्यान्ट र कालो चश्मामा पारसको नजर कता?

दृश्य ३ : हिमानीको नजर कता?


सँधै देखिने खालको सारीको पहिरनभन्दा भिन्नै ड्रेसमा सजिएकी हिमानीको नजर पनि पारसतिर बारम्बार जान्थ्यो।

दृश्य ४ : राष्ट्रपतिलाई पारसको नमस्ते 

राष्ट्रपतिको आगमनमा पारसले टाउको झुकाएर नमस्ते गरे र स्वागत गरे।

दृश्य ५ : हिमानीको राष्ट्रपतिलाई ‘एस्कर्ट’

त्यसपछि कार्यक्रम स्थलसम्म लाने काम गरिन् हिमानीले। त्यसो त पारस पनि पछाडि छँदै थिए।

दृश्य ६ : पूर्व राष्ट्राध्यक्ष र वर्तमान राष्ट्राध्यक्ष


कार्यक्रमबाट फर्कँदै गर्दा पूर्व राष्ट्राध्यक्ष पूर्व राजाले वर्तमान राष्ट्राध्यक्ष  राष्ट्रपतिलाई विदाइ गर्न आए।

दृश्य ७ : विदाइको बेला

दृश्य ८ : पूर्व राष्ट्राध्यक्ष र वर्तमान राष्ट्राध्यक्षको नमस्ते साटासाट

यी दृश्य युट्युबको यो भिडियोबाट जिफमा बनाइएको हो।

2 thoughts on “राष्ट्रपतिलाई स्वागत गर्न पारस र हिमानी, विदाइ गर्न पूर्वराजा ज्ञानेन्द्र, हेर्नुस् ८ दृश्य जिफमा”

  1. मुकेश यादव says:
    April 10, 2017 at 7:44 am

    जे सुकै भने पनि पुर्व राजा ले शान्तिपूर्ण शक्ति हस्तान्तरण र त्यसपछी मर्यादा र इज्जत कायम राखी धेरै नै class र भलादमी पन देखाएका छन् / त्यो सडकछाप इज्जत नभएको देश बेचुवा प्रचण्ड भनौउँदो हत्यारा छविलाल भन्दा ज्ञानेन्द्र हजार गुणा class भएका भलादमी व्यक्तित्व हुन् / एक नेपाली ले अर्को नेपालीको घरमा विहावारी चाड पर्व हुँदा सबै रिस राग राजनैतिक असहमति एक साइड मा राखेर संगै एक अर्का संग खुसीयाली मनाउन सक्छन भन्ने कुरा पुर्व राजा ले देखाए / साधुवाद दिन करै लाग्छ

    रहयो पारस को कुरा / भवन भित्र घाम नलागेको भए पनि हाँडी गांव को जातरा जसतो कालो चस्मा पहिनेर लागू पदार्थ व्यापारी र दुर्व्यसनी पारसे ले लट्ठ परेको आँखा छिपाउन खोजेको कि बैंकाक थाइलेन्लाड बाट देस निकाला करिएको लाज र सरम ले जनता लाई आँखा मा आँखा मिलाएर हेरन नसकेको हो वा के के न “कूल ” cool देखिन खोजेको ?.

    Reply
  2. Shankar says:
    April 8, 2017 at 8:05 am

    यो प्रचंड हिजो सुरंग युद्द को कुरा गर्थे , बाबूराम लाइ भारतीय दलाल भन्थे , आखिर प्रणब दा को अनन्य भक्त रहेछन , कुरा बिस्तारै ागि आउछ |
    तर एक ारका लाइ भारतीय एजेंट , दलाल को आरोप लगाएपनि , सबै नेपाली एउटै कित्ता माँ ाएर , बिहारी सग लडन पर्छ , देश मिलेर चलाउन पर्छ | एक ले अर्कालाई बर्ग सत्रु देखने कुरा सायद अब नेपाल माँ सान्दर्भिक छैन | हिजो सोसक ,सामन्तीको कुरा गर्ने , राजा लाइ तानसाःह भन्ने हरु आज आफै ठूला सामंत , तानसाः ह भइसकेका छान र सुरक्ष्या घेरा भित्र उहि पुरानो राजाको ठाट बाट को साथ हिड्छ | कसैको लागि शासन गर्न नेपाल चाहिएको होला , कसैको लागि लुक्न को लागि , कसैको लागि कर्म गर्न , कसैको लागि कबिता लेखन , कसैको लागि देखाउन सबलाई नेपाल चाहिएको छः |
    सबै मिलेर न गए नेपाल रहदैन , किनकी नेपाल प्राकृतिक सम्पदाले धनि देश हो |
    इंडिया लाइ हर मानेमा नेपाल चाहिएको छः |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme