Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिसिला यमीको नारा विवाद : रफू भर्नेको बचाउका दुई कूतर्क अनि उनको आफ्नै स्पष्टिकरण यस्तो

Posted on April 3, 2017April 4, 2017 by Salokya

पूर्व मन्त्रीसमेत रहेकी हिसिला यमी ‘यो देशलाई खारेज गर’ भन्दै नारा लगाइरहेको अवस्थाको भिडियो सोसल मिडियामा भाइरल भएपछि विवादमा आइन्। त्यसपछि उनको बचाउमा रफू भर्नेहरुबाट दुई कूतर्क गरियो –

-उनले देश हैन अध्यादेश भनेकी हुन्। अध्यादेश खारेज गर भन्न खोजेकोमा देश हुन पुगेको हो।
-उनले देश हैन आफूहरुमाथि दमन गर्ने डेस्पी (डिएसपी) लाई खारेज गर भनेकी हुन्।

तर बचाउका यी दुई तर्क आज उनी आफैले यसबारे स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलनपछि कूतर्क साबित हुन पुगेको छ। उनले स्वीकारेकी छिन् उनले देश खारेज गर नै भनेकी हुन्। तर किन र कुन अवस्थामा? उनको स्पष्टीकरण यस्तो छ।

हेर्नुस् उनले के भनिन् भिडियोमा
https://youtu.be/1tHcIJGv3hw

झण्डै एक घण्टाजतिको सकस र ठेलमठेलमा म अर्धमुर्छित जस्तै हुन पुगेछु। त्यो बेला मेरा पति डा. बाबुराम भट्टराई लगायत अन्य साथीहरुले मलाई सम्हालेर राख्नुभएको थियो। त्यसैबीच सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे। म त्यो बेला आवेस र अर्धचेतकै अवस्थामा थिएँ। तीब्र आवेसमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु। त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको ‘यो आदेश खारेज हुनुपर्छ’ भन्न खोज्दा बेहोशीपूर्वक अन्यथा हुनपुगेछ।

उनले मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको भन्दै यस्तो हुनुमा तीन वटा कारण पनि दिएकी छिन्-
-आन्दोलनको प्रेसर,
-भाषागत कमजोरी
-बेहोसी

भाषागत कमजोरीका विषयमा उनले म जनजाति समुदायकी छोरी भएकोले मेरो नेपाली भाषामा राम्रो दखल छैन भनी स्पष्टीकरण दिएकी छिन्।

खासमा अध्यादेश भन्ने तर्क मिल्दैन थियो। किनभने संसद नबस्दा पो हो अध्यादेश ल्याउने। संविधान सभामा सहभागी भएकाहरुले बाहेक अरुले रोजेकै चुनाव चिह्न नपाउने यो व्यवस्था अध्यादेशले हैन ऐनले बनाएको हो। स्थानीय तह निर्वाचन ऐन, २०७३ जसको विरोधमा बाबुरामको पार्टी नयाँ शक्तिले यो विरोध कार्यक्रम गरेको थियो। हिसिया नयाँ शक्तिकी विदेश विभाग संयोजक हुन्।

त्यसो त उनले भनेको आदेश शब्द पनि मिल्दैन। किनभने ऐनलाई आदेश भन्न कसरी मिल्छ र। तर उनको विज्ञप्तिको ड्राफ्ट गर्नेले चलाखीपूर्व स्थानीय निर्वाचन ऐनको ‘यो आदेश खारेज हुनुपर्छ’ भन्न खोजेको भनेर भाषा मिलाएका छन्। तर ‘आ’ नै नभनी ‘देश’ मात्र भनिसकेपछि त सक्किगो नि।

तर उनले माफीसमेत माग्दै यसो भनिसकेकी छिन्-

त्यो परिस्थितिजन्य घटना र बेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए सोप्रति म अत्यन्त दु:खित छु । म अन्तरहृदयैदेखि यसवापत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुसँग क्षमायाचना गर्दछु । मलाई भाषागत कमजोरी देखाई सचेत गर्ने सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा आफ्ना अभिव्यक्तिहरुमा पूर्ण सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछु ।

कमजोरी भएको हो भनी स्वीकारेर क्षमा नै मागिसकेपछि अब यसलाई ठूलो इस्यु बनाउनु बेकार छ। हाम्रो देश हिसिलाले खारेज गर भनेकै हो भने पनि खारेज हुने चिज हैन। सिके राउतलाई त देशद्रोहको मुद्दा चलाउन सकेको छैन हिसिलालाई त्यति भनेकै आधारमा देशद्रोहको मुद्दा चल्छ भनेर नै नहसाउँ होला। मान्छे मार्नेलाई त कारबाही नभएको देशमा नाराका कारण जेल? एकताका ‘बाबुरामलाई काम गर्न देऊ’ नारासमेत लाग्ने सोसल मिडिया अहिले किन उनको विरोधी भइरहेका छन्, किन उनले आज कस्तो घमाइलो दिन भनेर लेख्दा पनि १७ हजार मारेर घमाइलो भएँ भन्छस् भन्ने खालका प्रतिक्रिया आउन सक्छन्? उनले पाएको सजाय यही हो, उनले आफैले विश्लेषण गर्नुपर्ने कुरा पनि यही हो।

यस्तो छ हिसिला यमीको विज्ञप्ति

यस्तो थियो उनले लगाएको नारा भिडियो हेर्नुस्

6 thoughts on “हिसिला यमीको नारा विवाद : रफू भर्नेको बचाउका दुई कूतर्क अनि उनको आफ्नै स्पष्टिकरण यस्तो”

  1. गुरुवर says:
    April 4, 2017 at 10:37 pm

    होशमा वा वेहोशमा होस, वा वेग आवेगमा होस, हिसिला म्याडमले यस् बिषयमा जनजातीको नाउ लिएर शरण लिनु ठीक होला? नेवार जाति सबै जनजाती होइनन| नेवारमा सबै मिस्कट छन| महाराश्ट्रियन देखी गुजराती र विध्याचल देखी विहारी र उरिया छन भने अर्का तिर मङोलियन पनि छन| जनजाती भन्दै शताब्दी देखी सुविधाभोग गर्दै आएका नेवारले जनजातिको कोटा पचाएको जायज छैन|

    Reply
  2. Shankar says:
    April 4, 2017 at 6:48 pm

    ब्यापार ब्यबसाय ( नेपाल माँ राजनीति )माँ लागेको मान्छे , अली अली कराउनु , चिच्याउनु पेशागत धर्म नै हो |
    वारिका रिसाये के भो , परीका खुसी छान क्या रे , फल दिने परीका हूँ न | हिजो हाम्लाई हतियार डया थे ,टालिम डया ठे, सेल्टर माँ सुरक्षित बसेर , छोरीलाई बीड़ेस माँ पराएर जनयुद्द लरेको हामी | हाम्लाई समा त, देखैदिन्छ |

    Reply
  3. Dev says:
    April 4, 2017 at 5:02 am

    सत्यकुरा अर्धचेतन अवस्थामै निस्कन्छ! Belaima Chetana Bhaya ..!

    Reply
  4. Milan tamu says:
    April 4, 2017 at 2:28 am

    हिसीला मेम ले पनि सी के चक्की खाएछन रत देश खारेज गर भन्न पुगिन,पतिभक्त जो परिन भन्ने हाम्लाई लैराछ।

    Reply
  5. Rohini says:
    April 3, 2017 at 10:23 pm

    Salokya ji ko sahi kura.

    Reply
  6. lote says:
    April 3, 2017 at 9:00 pm

    Nahune kuro gareki hun hishila le. tara behosi ma manchhe le man ko kuro bolchha yo chai satya ho. baaki kura milayera bujhnu hola.

    lote

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme