Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कामनपाको सिइओ चेन्ज, ‘स्काइरेल’को सपना पनि ‘स्काइबस’मा चेन्ज

Posted on April 3, 2017 by Salokya


काठमाडौँ महानगरपालिकाले देशको एउटा मात्र महानगरपालिका भनेर बेफ्वाँकको फूँइ लगाउने दिन पनि गए। अब थप तीन वटा महानगरपालिका बनिसके। तर नौटंकीमा यो महानगरपालिकाले शायदै अरुलाई जित्ला। विपनामा काठमाडौँ महानगरपालिका धूलो र धुँवाको सास्ती खपिनसक्नु छ। तर सपनामा भने के के गुड्छ के के। अघिल्ला प्रमुख तथा कार्यकारी अधिकृत रुद्र तामाङले स्काइरेलको सपना देखाइदिए। सम्भाव्यता अध्ययन अघि बढाउने सहमति पत्रमा हस्ताक्षर भएको के थियो मिडियामा समाचार आउँदा भने काठमाडौँमा साँच्चिकै स्काइ रेल गुडिसकेकै भान भयो। यहाँ क्लिक गरी हेर्नुस् पुरानो ब्लग निर्वाचित मेयर भएको भए पो पाँच वर्ष चलाउन पाउनु। कर्मचारी न हो, मन्त्रालयलाई मन नलागे निकालिदियो। तामाङ हटे, नयाँ प्रमुख आए ईश्वरराज पौडेल। यिनलाई पनि सपना देखाउनु थियो। घोषणा गरे तत्काल सुधार कार्यहरुको कार्ययोजना।

३० बुँदे कार्ययोजनामा धुलो तान्ने ब्रुमर १० वटा किन्नेदेखि ठूला रुख रोप्ने ट्रि प्लान्टर पाँच वटा किन्नेसम्मका योजना छन्। पढ्नुस् कार्ययोजना।

त्यही कार्ययोजनाको २९ औँ बुँदामा ‘६ महिनाभित्र – निरन्तर’ पर्यटक घुमाउने स्काइ बस सञ्चालन गर्ने योजना रहेछ। पर्यटन व्यवसायीसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी अवधारणबाट स्काइ बस सञ्चालन गर्ने विवरण उल्लेख रहेछ।

रेल भनेपछि सर्वसाधारणदेखि पत्रकारसम्म त्यसै त्यसै रोमाञ्चित हुने के ! अनि मिडियामा पनि आइहाल्ने, बस भनेपछि खासै कसैले वास्ता गरेको पाइएन। नत्र गुगल इमेजमा सर्च गरेर स्काइरेलको फोटो हाले जस्तै स्काइ बसको पनि यस्ता फोटो आउँथे होला-

स्काइ रेल चलाउन न महानगरपालिकासँग स्रोत छ, न साधन। एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्न दिएको भरमा साँच्चिकै स्काइ रेल कुदे जस्ता सपना मिडियामा आयो। स्काइ बसको पनि गुगलमा देखिए जस्तो संरचना बन्ने पक्कै हैन। पर्यटक घुमाउन बस चलाउने भने पुग्ने ठाउँमा जनता झुक्याउन ‘स्काइ बस’ भन्ने शब्द महानगरपालिकाले प्रयोग नगरेको भए राम्रो। आखिर बस आकाशमा चल्ने हैन स्काइ बस भन्नलाई, जमिनमै गुड्ने हो। नौटंकी किन?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme