Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

३ हजार निम्तालुमा पर्नुभएन? हेर्नुस् कस्तो छ ज्ञानेन्द्रका नातिको व्रतबन्धको निम्तोकार्ड

Posted on March 30, 2017March 30, 2017 by Salokya

पूर्व राजा ज्ञानेन्द्र शाहका नाति ह्रदयेन्द्रको व्रतबन्ध बिहीबार हुँदैछ। व्रतबन्ध र पार्टीमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि संवैधानिक निकायका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी प्रमुख, पूर्वउपराष्ट्रपति, उपप्रधानमन्त्री, विभिन्न दलका नेतालगायत ३ हजार जनालाई निम्तो दिएको नेपाल समाचारपत्रले जनाएको छ। बिहीबार व्रतबन्ध भए पनि पार्टी भने चैत २४ गते सोल्टी होटलमा डाकिएको छ।

चैत २४ जनआन्दोलन दिवस हो। २०४६ सालको आन्दोलनका क्रममा चैत २४ गते काठमाडौँ नारायणहिटी अगाडि ठूलो प्रदर्शन भएको थियो। त्यही प्रदर्शनको बलले दुई दिनपछि तत्कालीन राजा वीरेन्द्रले दलमाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका थिए। पूर्व राजपरिवारले दिवाभोजका लागि यही दिन छानेका छन्।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीको बिहेमा पूर्वराजा ज्ञानेन्द्रलाई निम्तो दिएका थिए। पूर्वराजा पनि निम्तो मान्न पुगेका थिए। पूर्वराजाको निम्तोमा राष्ट्रपति जान्छन् कि जाँदैनन्, त्यो भने हेर्न बाँकी छ।

२४ गते सोल्टीमा हुने पार्टीमा विशिष्ट अतिथि, अतिथि र विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई दुईथरिका कार्ड वितरण गरिएको रहेछ। माथिको चाहिँ अतिथिलाई दिइएको कार्ड हो। यस्तो निम्तो  विभिन्न पार्टीका राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बुद्धिजीवी, पूर्वप्रधानसेनापति, कानुनविद् तथा पत्रकारसमेत परेका छन्। यसमा समय साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ।  विदेशी नियोगका पाहुनालाई साँझ साढे ५ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ।

व्रतबन्धमा भारतका समेत आफन्तहरू सहभागी हुने भएका छन्। पूर्व युवराज्ञी हिमानीको जन्म भारतको राजस्थानमा भएको हो। उनका पिता भारतको राजस्थानमा रहेको सिकर राज्यका राजा कल्याण सिंह हुन् भने आमा चाहिँ बझाङ्गी राजवंशकी छोरी विपुला कुमारी हुन्।

ज्ञानेन्द्रका नाति ह्रदयेन्द्र ६ महिनाको हुँदा पास्नी भएको थियो। त्यतिबेला तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ह्रदयेन्द्रलाई बोकेर गणेशस्थान मन्दिर लगेका थिए।

अहिले उनी १५ वर्षको हुँदा व्रतबन्ध हुँदैछ। देशमा गणतन्त्र भएकोले  अहिले चाहिँ प्रधानमन्त्री यस्तो भूमिकामा देखिने छैनन्।

5 thoughts on “३ हजार निम्तालुमा पर्नुभएन? हेर्नुस् कस्तो छ ज्ञानेन्द्रका नातिको व्रतबन्धको निम्तोकार्ड”

  1. Shankar says:
    March 30, 2017 at 3:25 pm

    भारतीय बिस्तारबाद को मोहरा बनेका नेपाल को राजसंस्था र नेपाली जनता का यी अंतिम नालायक प्रतिनिधि ले कागज़ माँ राजसंस्था जिउदो राख्नु को मतलब के बुझ्नु भो ?
    ज्ञानेंद्र लाई पनि नाफाको फल मात्र हो नेपाल को राजगद्दी , हिजोउ थिएँन बातावरण क्रिएट गरेर इंडियाले बनाइदिएको , भूटान माँ राखी रा छ नेपाल माँ चै किन हटायो ?
    नेपाली नेता लाई बारगेन गर्न , नेपाल लाइ धोतिले भर्न दे , नेपाल को नदीनाला प्राकृतिक स्रोत को अधिकार हामीलाई दे , न भये राजसंस्था फेरी फर्काइदिन्छु | अथबा नेपाल माँ चीन धेरै हॉबी हूँन गयो भने धोती ले फेरी राज संस्था फर्काउछ किन की चीन सैग को खीचातानी महंगो पर्छ धोती हरुलाई यही नै कारण हो नेपाल माँ अझै राजसंस्था सान्दर्भिक छ ? यही नै कारण हो प्रचंड भारत मुखी भएको |
    यो निम्ता मान्ना हेर्न पर्दैन , सबै जान्छ | रा पर पा ले बिधान बाट राजसंस्था हटाएको नै सायद राजा लाइ फायदा छ |

    Reply
  2. मुकेश यादव says:
    March 30, 2017 at 1:00 pm

    खुइली सकेको पद हिज र हर मजेस्टी र हिज र हर रोयल हैनेस परयोग करने इ लुच्चा हरुलाई कसले इजाजत दियो?
    त्यो पारसे ड्रग एडिक्ट लागु पदार्थ को किरो/ सेवन अनि बेच बिखन समेतक करने / थाईल्याण्ड मा डुंग डुंगती गनाएर अपराधिक काम गरेकोले देस निकाला भएर यहाँ फर्की हाल्यो /
    त्यसको छोरा नाति को वर्तमन करोस त्यस लाई छुट छ तर कदापी खुइली सकेको पद नलेखोस आइन्दा देखी /

    Reply
    1. Harke says:
      March 30, 2017 at 1:52 pm

      Kuro thik garnu bho Yadav ji

      Reply
  3. रन्जना says:
    March 30, 2017 at 11:33 am

    बिबाहमा कति जन्ती जाने र भोजमा कतिसम्म निम्ता गर्न पाइने भन्ने कानूनमा लेखियो तर ब्रतबन्धको बारेमा जति बोलाए पनि हुने हो नेपालमा ?

    Reply
  4. Gobardhan Singh Nepali says:
    March 30, 2017 at 1:01 am

    I wish them well, but I would never wish the monarchy to come back. It was due to the most greedy attitude of Gyanendra himself and extreme form of Hinduism propagated and practiced by Gyanendra and his overzealous cohorts, the monarchy fell flat on the ground with its own weight. In Nepal, a great majority of Hindus are moderate. It will not be possible for Ajay Singh Bista of UP, nor any Bista of Nepal, to restore the fallen monarchy. The former king ought to be sharing his ill gotten wealth with the poor people of Nepal instead of spending it lavishly on a social function. It is true that we have become “wakka ra dikka” with the politicians ruling Nepal but we have seen the monarchy and its advisers and sycophants who are even worse. So, please no to Monarchy. Gyane dai, respectfully, you can choose to be a Bishnu Bahadur if you like but cannot be a Bishnu awatar. Never.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme