Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो हुने रहेछ स्थानीय निर्वाचनको मतपत्र, सात ठाउँमा भोट हाल्नुपर्ने

Posted on March 15, 2017 by Salokya


वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनको नमूना मतपत्र हात पर्‍यो। नमूना मतपत्र यति लामो रहेछ कि घाँटीबाट झण्डै घुँडासम्म आइपुग्यो। यो त नमूना मतपत्र मात्रै भयो। काठमाडौँमा त ४७ वटा पार्टीले नाम दर्ता गरेका छन्  सबैले उम्मेदवारी दिए भने स्वतन्त्र समेत गर्दा मतपत्र यो भन्दा लामो हुनसक्छ। यति लामो मतपत्रमा चिह्न खोज्नुको दुःख त छँदैछ, त्यसपछि त्यसलाई पट्याउन पनि सजिलो नहुने रहेछ। पछिल्लो पटक भएको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई स्थानमा मत हाल्नुपर्थ्यो। तर यसपालि भने एक दुई ठाउँमा हैन, सात ठाउँमा मत हाल्नुपर्छ। 

स्थानीय तहको निर्वाचनमा मतदाताले ७ जना प्रतिनिधिलाई एकै पटक चुन्नुपर्ने भएको हुँदा मतपत्रमा ७ जना छुट्टाछुट्टै उम्मेदवारलाई छुट्टाछुट्टै मतदान गर्नुपर्छ ।

मतपत्रमा एउटा गाउँपालिका अध्यक्ष वा नगरपालिका/उपमहानगरपालिका, महानगरपालिका प्रमुख छान्न मत हाल्नुपर्छ भने उपाध्यक्ष वा उपप्रमुख छान्न पनि एउटा मत नै दिनुपर्छ। यो गाउँपालिकाका वा नगरपालिका/उपमहानगरपालिका/महानगरपालिकाभित्र पर्ने सबै वडाका बासिन्दाले चुन्ने हुन्।

बाँकी मत भने वडा अध्यक्ष, वडा सदस्य र महिला/दलित वडा सदस्यलाई दिने हो। त्यसमध्ये पनि वडा अध्यक्षमा एक जनालाई भोट दिने हो भने वडा सदस्यमा चार जनालाई। चार वडा सदस्यमा पनि खुलामा दुई जनालाई र बाँकी दुईमा एक महिला र एक दलित महिला सदस्यमा एक एक जनालाई चुन्ने हो।

वडा सदस्यमा दुई जनालाई चुन्नु पर्ने हुँदा चुनाव चिह्न एउटा र दुई वटा जोडी हुनेछ। अर्थात् एउटा रुख वा एउटा सूर्य वा एउटा गोलाकार भित्र हँसिया हथौडा चुनाव चिह्न एक जना वडा सदस्य उम्मेदवारको हुनेछ भने दुई वटा रुख, दुई वटा सूर्य वा दुई वटा गोलाकारभित्र हँसिया हथौडा चिह्न चिह्न अर्को वडा सदस्य उम्मेदवारको हुनेछ।

त्यसैले मलाई दुई वटा रुख चुनाव चिह्नमा भोट हाल्नुस् है वा मलाई दुई वटा सूर्यमा भनेर भोट माग्न आए अचम्म नमान्नुस्।

स्थानीय तह निर्वाचन ऐनले दुई महिला सदस्य मध्ये एक महिला अनिवार्य दलित हुनुपर्ने व्यवस्था गरेको छ। कुनै वडामा दलित महिला नभएमा त्यो पद नै खाली रहने व्यवस्था छ।

6 thoughts on “यस्तो हुने रहेछ स्थानीय निर्वाचनको मतपत्र, सात ठाउँमा भोट हाल्नुपर्ने”

  1. mekha says:
    March 15, 2017 at 1:14 pm

    bhot halnu janu aghi bhot kasarai halne bhanne bishayama course garnu parne dekhiyo

    Reply
  2. Su Ma N Namus says:
    March 15, 2017 at 3:22 am

    भाग्येमानी लाइ पर्ने संभावना रैच,

    Reply
  3. Shobha Stha says:
    March 15, 2017 at 1:06 am

    Vote badhi khera Jane samvawana rahechha, confused vayera!!

    Reply
  4. Untitled Ranjitkar says:
    March 14, 2017 at 7:14 pm

    Jatrai hone vyo manchay haroli afno party chino cha nai Kate time Langne ho

    Reply
  5. Ramu Thapa says:
    March 14, 2017 at 6:30 pm

    तेसका बाजेकाे ,,,गरनु गरेस याे चुनाबले पनि

    Reply
  6. Mahendra Subedi says:
    March 14, 2017 at 6:20 pm

    30 parsent vote naliyeune party kharej garnu parchha ni

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme