Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि मृत्युको खबर – कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोलीले नेपालीको मृत्यु

Posted on March 9, 2017 by Salokya

सोमबार सप्तरीमा सुरक्षाकर्मीको गोलीले चार जनाको मृत्यु भएको खबर आयो। यो नेपालीको गोलीले नेपाली मृत्यु भएको खबर थियो। यो घटनाले राष्ट्रिय राजनीति तातिएकै थियो, आज फेरि कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपाली नागरिकको मृत्यु भएको खबर आयो।

ज्यान गुमाउने व्यक्ति थिए- २५ वर्षका गणेश गौतम। घाइते भएर उपचारका लागि लैजाँदा लैजाँदै बिचराले प्राण त्याग्नु परेछ। उता भारतले भने एसएसबीले गोली चलाएको हैन भनेर सफेद झुट बोलेछ। नेपाल सरकारले भने एसएसबीले नै गोली चलाएको विज्ञप्ति निकालेर भनेको छ।

भएको के थियो?
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ८ आनन्दबजार नजिक नेपाल भारत सीमानामा दुई देशका स्थानीय अधिकारीहरुबीच गएको फागुन १० गते सहमति भएको थियो। त्यही सहमति अनुसार नगरपालिकाले कच्ची कलभर्ट बनाएको थियो।

तर त्यो कलभर्टलाई हिजो फागुन २५ गते भारतीयहरुले भत्काइदिएछन्। त्यसको विरोधमा स्थानीय व्यक्ति स्वस्फूर्त भेला भएका रहेछन्। नेपाली र भारतीयबीच विवाद भइरहेको बेला एक्कासी भारतीय सशस्त्र सीमा बल एसएसबीले फायर गरेछ।

हेर्नुस् गोली चल्दाको भिडियो। यहाँ क्लिक गर्नुस्।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतीय सुरक्षाकर्मीले गोली प्रहार गर्दा निर्दोष नेपालीको मृत्यु भएको घटना अत्यन्त दुःखदायी र निन्दनीय छ भनेको छ। नेपाल सरकार स्तब्ध भएको पनि विज्ञप्तिमा उल्लेख छ। कुटनीतिक तवरबाट सबै समस्याको समाधान खोज्नका लागि नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी विज्ञप्तिमा गराइएको छ।

भारतले भने यसरी झुटो बोलेको छ-

के भन्छ अरु दल?

3 thoughts on “फेरि मृत्युको खबर – कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोलीले नेपालीको मृत्यु”

  1. Rekha Ghale says:
    March 12, 2017 at 7:40 pm

    kin terchh ni k hi garnu paryo ki tinai das haru sang lampsar parchhan hamra neta haru

    Reply
  2. Deepak Bashyal says:
    March 11, 2017 at 6:02 pm

    नेपाली पुलिस हरु घूस खान मात्र राखेको हो? आफ्नो जनता को सुरक्षा गर्न होइन ?

    Reply
  3. Shankar says:
    March 10, 2017 at 5:09 am

    १०० बर्स सम्म खैरेको बुट पालिस गरेर बसेका दास इन्डियन हरु छिमेकी हुनु हाम्रो दुर्भाग्य हो |दास मानसिकता भन्ने जान्दा जान्दै हाम्रा पाखे नेताहरु तिनै को लह लहैमा लागेर ठुला ढुला कुरा गर्दै आफ्नै खुट्टा मा बन्चरो हान्यो , आज हेर्नु नि सिर्स नेता भन्नेको अनुहार र बोलेको तरिका , कल्ले तेर्छ तिनलाई ? तिनकै सन्तान ले नि सायाद टेर्दैन |
    कसरि हुन्छ देश मा सासन ?अब मालिक ले जे ज्यादती गरेनी यो इन्दियांको नोकर नेता ले बोल्ला र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme