Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी हुँदैछ आइजी अर्थात् प्रहरी प्रमुखका लागि मिडिया क्याम्पेन

Posted on January 25, 2017January 25, 2017 by Salokya

अहिले के मौसम छ? जाडो भन्नुहोला। त्यस्तो मौसम भन्या हैन के, अहिले मौसम भावी प्रहरी प्रमुखको लागि हुने चलखेलको छ। खासमा प्रहरी प्रमुख अर्थात् आइजी छान्ने सरकारले हो। मन्त्रिपरिषद्को बैठकले एआइजी र डिआइजीहरु मध्येबाट एक जनालाई प्रहरी प्रमुख बनाउने हो। तर अहिले मिडियामा समाचार हेर्नुस् त, चुनावै हुन लागेको जस्तो गरी मिडिया क्याम्पेन पो भइरहेको छ। एकले अर्काको खुट्टा तान्ने गरी समाचार छाप्ने र उचालेर प्रशंसा गर्ने काम हेर्न कति रमाइलो छ।

को हुँदैछन् त आइजी?

अहिलेका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल फागुन ३ गते रिटायर हुँदैछन्। अहिले नेपाल प्रहरीको एआइजीमा राजेन्द्र भण्डारी, सुरेन्द्र शाह, विज्ञानराज शर्मा, प्रतापसिह थापा, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ र केदारप्रसाद साउद रहेका छन्। यी सबै एकै ब्याचका भएकाले अर्यालसँगै अवकाशमा जानेछन्। अनि आइजी हुनेवालाहरु सिधै खोज्नुपर्छ डिआइजीबाट।

डिआइजीमा अहिले चार जना छन्-

  • केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख नवराज सिलवाल,
  • महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्याल,
  • लागू औषध नियन्त्रण ब्युरोका प्रमुख जयबहादुर चन्द
  • आतंकवाद हेर्ने विशेष ब्युरोका प्रमुख बमबहादुर भण्डारी

यो आइजी फेर्ने मौसममा कसैको कटु आलोचना वा कसैको अति प्रशंसा भएको समाचार आयो भने थाहा पाउनुस्, मिडिया क्याम्पेन हुँदैछ। ल हेरौँ न त अहिलेसम्म के कस्तो कुरा आए मिडियामा-

नवराज सिलवाल

सिलवालले आइजी फेर्ने मौसम सुरु हुनुअघि एयरपोर्टबाट भन्सार पास गरेर निस्केको ३३ किलो सुन पक्रेका छन्। उनको पक्ष र विपक्षमा मिडिया क्याम्पेन गजबले भइरहेको छ।

न्युज २४ टिभी : यो टिभी सिलवालको पक्षमा खुलेको छ। प्रहरी नेतृत्वका लागि एक नम्बरको दावेदार, प्रहरी संगठनभित्र रोल मोडलका रुपमा चिनिन थालेको, बौद्धिक र सक्षम अफिसर, शरीर जस्तै काम पनि चुस्त- टिभीले सिलवालको पक्षमा प्रस्तुत गरेका केही तर्क हुन्।

हेर्नुस् यी दुई कार्यक्रम

अनलाइनखबर : अनलाइनखबरको पक्षबारे मिडियाका गल्तीबारे ट्विटरमा लेखिरहने एउटा हुँडार ह्यान्डल कुसमाचारले रमाइलो प्रसंग राखेको छ-

हिजो: सिलवाल स्वच्छ छवि बनाएका अधिकृत https://t.co/3NNdRsQnbk
आज चिनेको सुन तस्कर समाउन नसक्नेले कसरी चलाउलान् आइजीhttps://t.co/iYSRDBZM0o

— KuSamachar (@KuSamachar) January 24, 2017

माघ १० गते अनलाइनखबरमा रमेश धमलाको बाइलाइनमा उनको प्रशंसामा लेखिएका शब्द हुन्- वरियताको एक नम्बरमा रहेका डीआइजी, सबैभन्दा बढी दाबेदार, विषेश गरेर अध्ययनशिल मानिएका, प्रहरीभित्र स्वच्छ छवि बनाएका, वाइसीएलको द२२ वटा क्याम्प हटाएको, रातभर चल्ने नांगो डान्ससमेत बन्द गराएको, नक्कली प्रमाणपत्रधारी डाक्टरदेखि पाइलटसम्मलाई कार्वाहीको दायरामा ल्याएको

तर भोलिपल्टै अनलाइनखबरमा बाइलाइन बिनाको समाचार आयो जसको शीर्षक नै छ- चिनेको सुन तस्कर समाउन नसक्ने डीआइजीले कसरी चलाउलान् आइजीपी ? समाचारमा छ- सुन काण्डका प्रमुख समाउने हिम्मत नवराजको त के, कुनै ‘इन्द्रराज’को समेत छैन।

खिलानाथ ढकालको शुभदिन पनि सिलवालकै पक्षमा खुलेको छ। सिलवालको प्रशंसामा लुटपुटिएको समाचारमा ठोकुवा गरिएको छ- उनी अब केही दिनमै एआईजी बढुवा हुनेछन् भन्ने दाबी गरिन्छ र त्यसअनुसार हालका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कार्यकाल सकिएपछि सिलवाल नेतृत्वमा पुग्नेछन्।

सुशासन न्युजमा पनि सिलवालको प्रशंसाका साथ ठोकुवा गरिएको छ– यदि प्रहरीमा साँच्चै परिवर्तन गर्ने हो भने राजनीतिमा लागेर हिँडेका दल, मन्त्री र नेताहरुले सिलवाललाई आईजीपी बनाउनुको विकल्प छैन।

उज्यालोका अनुसार डिआइजी सिलवाल एमाले नेता माधवकुमार नेपाल, वामदेव गौतम, माओवादी अध्यक्ष्य प्रचण्ड र राष्ट्रिय जनमोर्चाका चित्रबहादरु केसी निकट मानिनु हुन्छ । सिलवाल निकट मानिने प्रचण्ड यसबेला प्रधानमन्त्री भएकाले उहाँ आइजिपी बन्ने सम्भावना बलियो छ ।

प्रकाश अर्याल

अनलाइनखबर : एकदिन अघि नवराज सिलवालको प्रशंसा लेखिए पनि भोलिपल्ट चिनेको सुन तस्कर समाउन नसक्ने डीआइजीले कसरी चलाउलान् आइजीपी शीर्षकमा छापिएको समाचार खासमा प्रकाश अर्यालको पक्षमा आएको समाचार हो। समाचारका केही लाइन हेर्नुस्- ‘भनिन्छ, कलियुगमा चोरचाँहि साधु बन्छ र साधुलाई चाहिँ सुलीमा चढाइन्छ । चोरलाई चौतारो, साधुलाई सुली भन्ने उखान यहीँबाट जन्मिएको हो । नेपाल प्रहरीभित्र अहिले यस्तै सजायँ भोगिरहेका छन् अर्का डीआइजी प्रकाश अर्याल। डीआइजी अर्यालले सीआइबीमा हुँदा ०७० साल असारको अन्तिम साता कोटेश्वरबाट ३५ किलो सुनसहित केही तस्करहरुलाई समातेका थिए । तर, त्यसरी सुन बरामद गर्नु नै अर्यालको प्रहरी जीवनमा अभिशाप बनेर आइदियो। अख्तियारवालाको संरक्षणमा रहेका तस्करहरु सहजै उम्किए, अनि डीआइजी अर्यालले चाँहि अहिलेसम्म ‘सुनकाण्डमा मुछिएका प्रहरी अधिकृत’ को पगरी लगाइरहेका छन्।’

‘डीआइजी प्रकाश अर्यालले सुराकीको कमिशनमा लोभ गरेको आरोप लाग्यो। र, उनलाई बदनाम गरियो। स्रोतको दाबी के पनि छ भने डीआइजी प्रकाश अर्याल सीआइबीमा हुँदा सुन तस्करहरुका लागि काँडो बनेका थिए । तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीसमेत डीआइजी अर्याललाई देखी सहँदैन थिए। डीआइजी अर्याल अहिले महानगरीय ट्राफिकको जिम्मेवारीमा छन् । र, त्यहाँ पनि उनले घुस खाने प्रहरीहरुलाई भटाभट कारवाही गर्ने गरेका कारण उनी अलोकप्रिय छन्।’

यति पढेपछि तपाईँले थाहा पाउनु भो होला- यो मिडिया कसको पक्षमा खुलेको छ। पढ्नुस् पूरा समाचार

उज्यालोका अनुसार डिआइजी प्रकाश अर्याल एमाले नेता युवराज ज्ञावाली र विष्णु पौडेल, शंकर पोखरेलसँग निकट मानिनु हुन्छ । वर्तमान आइजिपी अर्यालसँग पनि उहाँको सम्बन्ध राम्रो रहेकाले त्यो सम्बन्धले पनि उहाँलाई सजिलो हुने अनुमान छ ।

जयबहादुर चन्द

भावी आइजीको लागि भइरहेको मिडिया क्याम्पेनमा सबैभन्दा जोडिने नाम जयबहादुर चन्द पनि हो। कान्तिपथ अनलाइनले हेडलाइनमै लेखेको छ- जयबहादुर चन्द नयाँ आइ.जी.पी.पदकाे प्रवल दावेदार यसले उनको प्रशंसामा लेखेका केही शब्दहरु- सबै भन्दा बढी नेतृत्व ( कमाण्ड) को अनुभव जय बहादुर चन्द संग रहेको अनुमान गरिन्छ, सधै केही न केही नयाँ कार्यक्रम लागु गर्ने र प्रहरीको मनोबल उच्च राख्दै जनता माझ प्रहरीकाे छवी राम्रो राख्ने चन्दको खुबि रहेकाे छ । सर्वसाधारण जनताले मुक्तकण्ठले प्रशंसा गर्ने अधिकृत मध्यमा यिनी गनिन्छन । अपराध अनुसन्धान एवं नियन्त्रणमा कहलिएका चन्द प्रहरी कारवाहीमा कुशल, जनसम्पर्क एवं अन्य निकायहरु संग समन्वय गर्नमा पोख्त र प्रहरी संगठन भित्र कै निकै साहसी प्रहरी अधिकृत मानिन्छन्, अपराध बिरुद्ध प्रचलित नियम कानून बमोजिम जुनसुकै कदम पनि चाल्न नडराउने आँटिला यी अधिकृत।

सरकारलाई यो अनलाइनको सुझाव छ- चर्चा भन्दा काममा बिश्‍वास गर्ने चन्दले काठमाडौं प्रहरी प्रमुख हुँदा उदाहरणीय कमाण्ड गरेको मातहत प्रहरी कर्मचारीहरु समेत बताउने गर्छन् । अब्बल नेतृत्व क्षमता भएका, जस्तो सुकै चुनौतीको सफलतापूर्बक सामना गर्न सक्ने , अपराध अनुसन्धानमा पोख्त, कार्यक्षेत्रमा लामो समय कमाण्ड गरेको अनुभव भएका, सबै निकाय सित समन्वय गरी उत्कृष्‍ठ कार्यसम्पादन गर्दै आएका जय बहादुर चन्द प्रति बर्तमान सरकार सकारात्मक रहनु जरूरी छ। पढ्नुस पूरा समाचार

अब उनको विपक्षमा आएका न्युज हेरौँ। अनलाइनखबरमा बिचौलियासँग होटलमा भेटिए नेपाल प्रहरीका ‘भावी महानिरीक्षक’, दिल्लीबाट फर्केका डीआइजी चन्दले देउवालाई भेटे शीर्षकमा समाचार छापिएको छ। चन्दलाई नकारात्मक असर पार्ने गरी बनाइएको समाचारमा उनी बिचौलियाहरुसँग होटलमा भेट्ने गरेको, राजनीतिक लबिङ तीव्र बनाएको, इन्टरपोलको काठमाडौँमा भएको सम्मेलन छाडेर दिल्ली दूतावासको पार्टी खान गएको आरोप लगाइएको छ। पढ्नुस् पूरा समाचार।

एमालेको समर्थन गर्ने साप्ताहिक दृष्टिले लेखेको छ– नेपाल प्रहरीको महानिरीक्षक रिक्त हुन एक महिनामात्र बाँकी रहेको अवस्थामा तीन नम्बरका डीआइजी जयबहादुर चन्द गृहमन्त्री विमलेन्द्र निधिदेखि कांग्रेसका अरु नेताहरुलाई प्रभावमा पार्नका लागि केही निकट ब्यक्तिका साथ भारतको राजधानी दिल्ली गएका छन्। सुशासनन्युजले लेखेको छ- इन्टरपोलको कार्यक्रम छोडी भारतीयको भोजमा डीआईजी चन्द अनि यसको बचाउमा उत्रिएको छ न्युजसेवा डट कम। लेख्छ- डिआइजी जयबहादुर चन्द हरिद्वार जाँदा नेपालमा खैलाबैला ! धार्मिक कार्यमा जाँदा राजनीतिक रंग

शुभदिन चन्दको विरोधमा लेख्छ– आईजीपी पदका लागि चारित्रिक र आर्थिक सबै हिसाबले योग्य भने नरहेको संगठनभित्रैबाट मूल्यांकन गरिने गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँगको निकटता भन्दै उनी राजनीतिक शक्तिकेन्द्र धाइरहेका छन्, बिचौलिया भिडाइरहेका छन्।

उज्यालोका अनुसार डिआइजी चन्दको सुदूरपश्चिमका सबैजसो नेतासँग राम्रो सम्बन्ध छ । उहाँ एमालेका भीम रावल, माओवादी केन्द्रका शक्ति बस्नेत र लेखराज भट्टको नजिक मानिनु हुन्छ ।

बमबहादुर भण्डारी

मिडिया क्याम्पेनमा सबभन्दा सकारात्मक मात्र कसैको समाचार आएको छ भने त्यो भण्डारीको हो। अनलाइनखबरले उनको प्रशंसामा लेखेको छ– आइजीपीको प्रतिस्पर्धामा रहेका मध्ये अर्का डीआइजी हुन् बमबहादुर भण्डारी । डीआइजी भण्डारी उनका ब्याजीमध्ये खासै चर्चामा नरहेका अधिकृत हुन् । संगठनभित्र निकै शालीन मानिएका भण्डारी फिल्डमा भन्दा अनुसन्धानमा दख्खल राख्ने अधिकृत हुन् । त्यसैले उनी पोशकमा कमै मात्रामा खटिएका छन् । उज्यालो अनलाइनले लेखेको छ– आतंकबादमा दख्खल डिआइजी बमबहादुर भण्डारीको नेताको पछि नलाग्ने डिआइजीमा गनिनु हुन्छ । प्रधानसेनापति राजेन्द्र क्षेत्री निकट मानिने उहाँको कांग्रेस नेता रामचन्द्र पौडेलसँग उहाँको राम्रो सम्बन्ध छ । शुभदिन पनि प्रशंसा गर्दै लेख्छ- संगठनभित्र उनीभन्दा चौथो नम्बरमा रहेका डिआईजी बमबहादुर भण्डारी शालिन छविका छन्। चन्दभन्दा भण्डारी अब्बल प्रहरी अधिकृत मानिन्छन्।

के छ नियममा ?
उज्यालोका अनुसार प्रहरी ऐन २०१२ को परिच्छेद २ को दफा ५ अनुसार प्रहरी प्रशासनको जिम्मेवारी प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षक र नेपाल सरकारले उपयुक्त सम्झेका नायब महानिरीक्षकको हुनेछ उल्लेखे छ । प्रहरी ऐन अनुसार नेपाल सरकारले नेपाल सरकारले उपयुक्त ठहरेको अहिलेका डिआइजी मध्येबाट एक जना आइजिपी बन्न सक्छन् । त्यस्तै प्रहरी नियमावली, २०७१ को परिच्छेद ४ को दफा ४१ अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरू मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा सरकारले उपयुक्त देखेको उम्मेद्वारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने भन्ने उल्लेख गरिएको छ । यसरी प्रहरी ऐन र नियमावली हेर्दा भावि आइजिपी बन्ने सम्भावना चारै जना डिआइजीको उत्तिकै देखिन्छ । सरकारले उपयुक्त ठानेको अवस्थामा चार जना मध्ये जोकोही पनि आइजिपी बन्न सक्छन् ।

तपाईँको विचारमा को बन्लान्?

हुनत नेपालमा जनताको भोटले प्रहरी प्रमुख छानिँदैन। तर यदि तपाईँले मत दिन पाउने हुन्थ्यो भने यी चार मध्ये कसलाई दिनुहुन्थ्यो होला त? तल अनलाइन भोट गर्नुस्

14 thoughts on “यसरी हुँदैछ आइजी अर्थात् प्रहरी प्रमुखका लागि मिडिया क्याम्पेन”

  1. Saagar says:
    January 31, 2017 at 5:28 pm

    राम्रोलाई त राम्रो भन्न सक्नुपर्छ
    एकलाई “एक” नै गन्न सक्नुपर्छ
    परिक्रमा न’भै चाहिन्छ परिश्रम
    आफ्नो मेहनतले बन्न सक्नुपर्छ
    * * *
    जनता र संगठनले अधिक रुचाईएका डिआईजी मध्य “एक” नम्बरमा रहेका नवराज सिल्वाल नै आईजी का हकदार हुन् I पूर्वी नेपालमा जनपक्षीय काम गरेर चर्चा कमाएर काठमाडौं गएका सिलवालले सीआईबीमा अहिलेसम्मकै उत्कृष्ट काम गरे । भागीभागी हिँडेका हत्यारादेखि तस्करहरुलाई पक्राउ गर्ने महत्वपूर्ण भूमिका खेले । अदालतले दुई अर्ब पचास करोड जरिवाना तोकेको पदम बहादुर कुँवरदेखि लामो समयदेखि लुकेर बसेका अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन निकै महत्वपूर्ण काम गर्न सफल भए । नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको रुपमा काम गर्न अनुमति लिएका सबैको शैक्षिक प्रमाणपत्रको अनुसन्धान गरेर धमाधम पक्राउ गरे । ठूलो संख्यामा सुन मात्र पक्राउ गरेनन् जनतालाई शान्तिसुरक्षा दिन पनि उनको महत्वपूर्ण भूमिका छ ।

    Reply
  2. nabin says:
    January 31, 2017 at 2:44 pm

    नवराज सिलवाल यी ४ जना हरु मध्ये मा अलि बडी उपयुक्त हुन सक्लान भन्ने मेरो ठम्याई छ, हुन त जो भएनी खासै चमत्कार हुने त हैन तर पनि जय बहादुर चन्द लै चै नबनौदा धेरै राम्रो हुन्छा येदि वर्तमान सरकार संगठन को प्रगति चाहन्छा भने

    Reply
  3. Saagar says:
    January 29, 2017 at 2:22 am

    जनता र संगठन भित्र अत्यधिक मन पराईएको डिआईजीपी नवराज सिल्वाल हुनुपर्छ आईजीपी जसले नक्कली डाक्टरको अनुधन्धान, पूर्बान्चलमा हुँदा आर्जन गरेको जनविश्वास बाट मात्र पनि प्रमाणित हुन्छ यिनी सबै भन्दा उत्तम व्यक्ति हुन् भन्ने कुरा, बौद्धिक व्यक्तित्व, युनीफर्ममा कुनै दाग नलागेका र सीआईबिको कामबाट जनताले उनीबाट ठूलो अपेक्षा राखेका छन्, सुन तस्करको अनुशन्धान अन्तिम चरणमा पुगेको भन्ने समाचार सुन्दा त्यसका नाइकेलाई पक्कै समाउने छन् भन्ने बिश्वास छ, स्वतन्त्र पर्यबेक्षक भएर हेर्दा अरु तीन जना नराम्रा भनेको होइन तर सबै भन्दा राम्रो नवराज सिल्वाल नै लाग्यो I

    Reply
    1. मुकेश यादव says:
      January 29, 2017 at 8:10 pm

      अब हुँदा हुँदा यहां पनी आइच्छ हिमायती कैम्पेन करने ।

      Reply
  4. Shankar says:
    January 28, 2017 at 4:46 pm

    नेपाल प्रहरी मा घुश्याह , धुर्त र पार्टीको पुछार न भै प्रोमोसन खान नैसक्दैन त् यी डी आइ जी को प्रसंसा किन गर्नु पर्यो ?

    नेपालि नेता भन्नाले जसरि झुटो बोल्ने , गुन्दालाइ पाल्ने , आफै ७० प्रतिसत गुण्डा , अनैतिक , भ्रास्ताचारी , देश को रत्ति भर माया न भएको बुझिन्छ तेस्तै पुलिस त् झन् यो खराब सिस्टम को उपज हो |
    ( एकाध राम्रा नेता र पुलिस बाहेक )

    Reply
  5. Harke says:
    January 27, 2017 at 8:10 pm

    चारै जनामा एउटा समानता पाए मैले त, चारै वोटाको अनुहार हेर्दा नै चोरको जस्तो !

    Reply
    1. मुकेश यादव says:
      January 29, 2017 at 12:54 pm

      चोरी चकारी मा माहिर त छ्न।कहिले लीडर को पद प्राप्त करि लियो असत्ती हरु ले। आज तो पद को लागी पछि लागेछ भोलि जनता माथि घोर अपराध करि लिंछ

      Reply
  6. मुकेश यादव says:
    January 27, 2017 at 11:24 am

    डाँकु का जत्था संग कस कस को सम्बन्ध थियो ? के उही आज लिडरसिप को लायक भयो ? त्यो लिड करने लायक को छैन / हिजो डाँका को जत्था संग चिया र पराठा खाएर तारेको माछा डकारेर दारु पिएर आज जनता को सुरक्ष्य करछु भनि कसरी भन्ने यी नालायक ले ? एक एक यी डाँका सित् रक्सि र रमाइलो करेका छन / आज तो फेसबुक भरी रक्सीले मातिएका पुलिस र डान्स केटि अनि अपराधी गैंग संगै संगै मोज करका देखिन्छन / कसैले देख्ला भन्ने डर र सरम पनि छैन यी उत्ताउला नाजायज लाई

    Reply
  7. Samir says:
    January 26, 2017 at 6:17 pm

    i don,t know about others,
    but Jaya bdr Chand is the corrupt one for sure,

    he is a mafia don,
    his house used to be a , casino center (juwa ko akhada)
    and he collect the bheti,

    आफ़नै घरमा जुवा , खेलौथे इनी, १ लाख भेटि उठाउथे,
    सबै भर्स्त निजामति कर्मचारी , प्रहरि , सेनाका हकिम अनि नेताहरुकोहरुको अखडा, हन्थेओ उनको घर ,
    police ले छापा नहन्ने हुनले , सबैको लागी सुरक्छित ठाउँ उनको घर
    रात भरि पाटी॔ गर्यो, जुवा खेळायो पैसा उठायो,आफ़ै DIG कस्ले के गर्ने ??
    कानुन भाको देश हो भने jail मा हुने मान्छे हुन्, जय बा चन्द
    येस्ता IG भय भने झन के होला?

    हुन त अरु पनि कुन चाहि गतिला होलन र ??

    Reply
  8. मुकेश यादव says:
    January 26, 2017 at 5:17 am

    जनताको सेवा करने भन्दा मेवा खाने माँ यी कायते स्वाठ हरु को ध्यान गएको जस्तो छ् । गोरखे लोरी को पाता कसेर जिउभरी खुदो र चाक़ू दलेर मुखमा चाहिँ कुकुरको मल लिपेर कमीला र माहुरी को घार नीर लडाने पर्छ यी पट मुरख हरु लाई।
    भोलि वर्दी पहिनेर जनता माथि भर्स्ट बलात्कार करने नियत राखेका यी खोखला बज्र स्वाठ हरु कुनै पद को लगि लायक छैन।
    की भने यी रकम का भूखा भ्रष्टाचारी लाई लौ यही हो पैसा भनेर मुख माँ र अरु क्षिद्र माँ समेत नोट का बिटा कोचउनु परने।
    कसता पापी भरष्ट चोर डांका हरु ट प्रहरी रे

    Reply
  9. डा. बनिता थापा says:
    January 26, 2017 at 3:56 am

    यसरी पैसाको खोलो बगाएर बनेको आइ जी पी ले त्यो पैसा त् उठाउन त् खोज्ला अनि कसरि हुन्छन स्वच्छ छविको मान्छे? फेरी हाम्रो देसका पत्रकार र मिडिया हौस पनी कस्ता? पैसामा बिक्ने?

    Reply
  10. Sagar Subedi says:
    January 25, 2017 at 8:27 pm

    जे भए पनि माइ संसार धेरै जसो चित्त बुझ्ने कुरा लेख्दछन !

    यी मेडिया नभयेर दलाल हुन् ,

    र
    लेख्ने पत्रकार नभएर पत्रुकार तथा चाटुकार हुन् ,

    विचरा हामि पाठक यिनले जे लेख्छन पत्याउनै पर्ने बाध्येता !

    कसरि सुध्रिने नेपालि पत्रकारिता ????

    Reply
  11. Karbir says:
    January 26, 2017 at 12:51 am

    Why there is much politics in the police ? why cant Nepal police have a senior most police officer rather than an ass licker ?

    Mysansar, why should we have to vote for ? there is nothing with the votings rather they have to be regarded and rewarded by their professionalism and integrity. Police force is a tool to curve and control the corruption but unfortunately, the route cause of the corruption is here.

    Reply
  12. Rocky Baba says:
    January 25, 2017 at 6:16 pm

    Naworaj Silwal is the Best!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme