Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पूर्व राष्ट्राध्यक्ष र वर्तमान राष्ट्राध्यक्ष एकै ठाउँमा

Posted on January 16, 2017 by Salokya

राजाका रुपमा पूर्व राष्ट्राध्यक्ष र राष्ट्रपतिका रुपमा वर्तमान राष्ट्राध्यक्ष एकै ठाउँमा उभिएको दृश्य आज देखियो। यसमा एक अर्का पूर्व राष्ट्राध्यक्षको परिवार पनि सँगै जोडिने संयोग परेको छ। वर्तमान राष्ट्रपतिकी छोरीको बिहे पूर्व राष्ट्रपति रामवरण यादवको नातिसित भएको हो। दुई पूर्व राष्ट्राध्यक्ष र वर्तमान राष्ट्राध्यक्ष एकै ठाउँमा उभिएको फोटो भने देखिएन। 

गणतन्त्र स्थापनापछि नारायणहिटी दरबार छाड्न बाध्य बनाइएका ज्ञानेन्द्र पहिलो पटक राष्ट्रपति निवास शितल निवास प्रवेश गरेका थिए। राजतन्त्रका राजा र गणतन्त्रका राष्ट्रपति जुन कारणले भए पनि एकै ठाउँमा उभिएको दृश्य दुर्लभ थियो। अनेकले अनेक किसिमका शंका, अनुमान गरे पनि नेपाली नेपाली एक ठाउँमा उभिएका हुन्। अब शायद् निषेधको राजनीति गरेको गुनासो कम हुने होला।

यो आइडिया कसको होला? दुवैलाई एक ठाउँमा उभिने वातावरण जुराइदिने को होला?

9 thoughts on “पूर्व राष्ट्राध्यक्ष र वर्तमान राष्ट्राध्यक्ष एकै ठाउँमा”

  1. PRADIP BHANDARI says:
    January 20, 2017 at 3:13 pm

    Guys, is that Ivory( Elephant’s tusk) on that wall?

    Reply
  2. Gaurab nepali"Oodaaseen" says:
    January 19, 2017 at 12:23 am

    Well, its a story about invitation and acceptance. I do not know why he was invited. nepal lai bachaune 2 otaa tagaro madhye eutaa tagaro baanki chh tyo pani khirlik khirlik halliyeko chh Baburam said chhimekiko hastachep rokna kp le sakchha ta? tyesaile hola, he was invited.

    Reply
  3. nimesh, Ktm says:
    January 18, 2017 at 9:16 am

    सन्जोग भनौं या के भनौं …. दुबैजनामा एउटा कुरा पनि ठ्याक्कै मिल्दो-जुल्दो छ – दुबैजना “राष्ट्राध्यक्ष” त भईयो तर दुबैजनामा आफु सत्ता वा शक्तिमा हुँदा आफ्नै परिवारको हत्यारालाई कठघरामा उभ्याउन भने सकेन – पतिको बलिदानले सत्तामा पुगेकी र दाजुको बलिदानले सत्तामा पुगेकाहरुको मिलन भने
    कसो होला?

    Reply
  4. Shankar says:
    January 17, 2017 at 8:23 pm

    कोइ कोइ ले ज्ञानेद्रलाई जति गालि गरेनी , हत्यारा भनेपनि
    १) सुरुक्क दर्बार छोडेर जानु ( प्राय जस्तो दिक्तेटर आफु ज्यान दिन्छन र दुश्मनलाई सखाप पनि पार्छन )
    २) यसरि हिजो आफुलाई नमस्कार गर्ने हरु सग झुकेर देखापर्नु

    येस्ता कार्यका लाइ ठुलै मुटु चाहिन्छ | देश छोडेर न जानु , आफुलाई गलत आरोप लागाउने लाइ च्यालेन्ज गरेर उनकै राज मा बस्नु पोजितिब पक्ष्य हो ज्ञानेन्द्रको | यदि दोसी हो भने
    अब कारबाहीको लागि प्रोसेस चाल्न न सक्नु , खालि जथाभाबी आरोप मात्र लागएर बस्नेहरु नै हिजडा हुन् |

    Reply
  5. LALIT KUMAR TAMANG says:
    January 17, 2017 at 10:24 am

    पुर्व राजा ले निम्तोलाइ सहर्ष स्वीइकार गरेको नै त्यो उनको महान्ता हो | नत्र त्यै दुलाहिकी पिताजी ले उ बेलामा राजा विरोधीको आन्दोलन गरि हिने होलान | ज्ञानेन्द्रलाई केहि दुक्ख चाहि लागेकै होला आफुले उपभोग गर्दै आएको त्यो महल एक पाहाड गाउकी जनताले उपभोग गरेकोमा | तर धेरै ले शंका गरे पनि होला कतै अब राजा फर्काउने षडयन्त्र पो हुदै छ कि भनेर |

    Reply
  6. arjun dahal says:
    January 17, 2017 at 8:05 am

    ज्ञानेन्द्र शाहको यो महानता हो ।

    Reply
  7. Surya says:
    January 17, 2017 at 4:14 am

    हे उल्का अचम्म! यसको अर्थ के हो बुझ्न सकिएन हो.

    Reply
  8. Ratna says:
    January 17, 2017 at 2:37 am

    Indeed an unprecedented event, great get-together. History has been created in our country with this unusual meeting. Ex-King Gyanendra is magnanimous personality here. He graced the occasion and blessed the newly weds. The only striking thing is the bride-and-groom looked like Indian couple. The groom’s grandfather (ex-president of Nepal) always donned Nepali national dress, and most grooms wear traditional wedding dress with Nepali Topi. Unfortunately, this groom did not have at least one topi on his head, forget the daura-suruwal. This ceremony did not appear like a Nepali cultural and traditional wedding, but looked like hurriedly organised wedding reception party as we can see in the Kollywood and Bollywood cinemas. At least the pictures I have seen in the media tell so. Otherwise, as they are already old lovers and friends from childhood, there is no ill-feeling towards them. Let us congratulate them for living a happy married life hereafter. That’s a fantastic love-come-true event. Being a doctor or engineer should not have discouraged the groom to wear Nepali dress at least for this historic wedding day. Or he should at least have come in Dhoti-Kurta. Hence, it is the former King Gyanendra who stole the show, not the newly weds.

    Reply
  9. राजन says:
    January 16, 2017 at 11:14 pm

    ज्ञानेलाइ कति पब्लिसीटी चाहीएको ? भण्ड़ारी संग टाउको जोड़न पुगेछ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme