Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जिउँदो मान्छेलाई मरेको भन्दै समवेदना विज्ञापन छाप्ने पत्रिका

Posted on January 5, 2017January 6, 2017 by Salokya

जिउँदो मान्छेलाई मरेको भन्दै पत्रिकामा समवेदना विज्ञापन छापियो भन्दा पत्याउन गाह्रो हुन्छ। अझ पत्याउन गाह्रो त्यो अवस्थामा हुन्छ जब समवेदना नचिनिएको मान्छे हैन, चिनिएकै मान्छेको हुन्छ। अनि अझ अनौठो त त्यो पत्रिका ‘क’ वर्गको पत्रिका हुन्छ। ‘क’ वर्गको पत्रिकाले तपाईँ हामीले कर तिरेर जम्मा भएको राज्यकोषको पैसाबाट मासिक अनुदान रकम पाउँछ लोककल्याणकारी विज्ञापनको नाममा। हेटौडाबाट छापिने ‘क’ वर्गको साझा कुरा पत्रिकाले बुधबार के छाप्यो हेर्नुस्। खासमा मृत्यु भएको कनकमणि दीक्षितका पिता कमलमणि दीक्षितको हो। समवेदना भने छोराको नाम र फोटोमा छापियो।

फोटो साभार : सुवास तिवारी

5 thoughts on “जिउँदो मान्छेलाई मरेको भन्दै समवेदना विज्ञापन छाप्ने पत्रिका”

  1. Rate Kaelo says:
    January 12, 2017 at 7:25 pm

    फेरी यिनै पत्रिका नेपालकै उत्कृष्ट बर्गमा परेका छन् । नराम्राे छाप्नेलार्इ बर्गमा पार्ने प्रेस काउन्सिल पनि हाे क्या ।

    Reply
  2. mankajee says:
    January 8, 2017 at 10:12 pm

    नेपाल मा , होइन, के असम्बभ छ र ?!! ?

    Reply
  3. Ramesh says:
    January 7, 2017 at 12:40 am

    ठुलैको त यो ताल छ – http://kathmandupost.ekantipur.com/news/2017-01-05/condolence-assembly-on-dixits-demise.ह्त्म्ल

    Reply
  4. Shankar says:
    January 6, 2017 at 2:43 pm

    छाप्ने पत्रिका लोकमान का नातेदारका परेछन कि ?

    Reply
  5. उत्तम पुरुष says:
    January 6, 2017 at 8:18 am

    Oh god…!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme