Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्रीज्युले भन्नुभो- खैनी हैन, स्वास्थ्य ठीक नभएर खाएको दालचिनी फालेको, गजब- अब स्वास्थ्य ठीक नभएकालाई दालचिनी खुवाउँ

Posted on January 3, 2017January 3, 2017 by Salokya

अपडेट : मन्त्रीज्युले आज आफूले खैनी हैन दालचिनी थुकेको बताउनु भएछ। देख्दै नदेखी खैनी लेखेकोमा माफी। ऋषि धमला क्लबमा उनले भनेछन्- ‘तीन-चार दिनदेखि मेरो स्वास्थ्य ठिक थिएन। त्यही भएर दालचिनी खाइरहेको थिएँ, सर्कियो’ उनले भने, ‘गाह्रो भएर थुकुँ कि के गरुँ भएपछि मुखबाट झिकेर फ्याँकेको हुँ तर खैनी होइन।’ पढ्नुस् समाचार। ए, स्वास्थ्य ठीक नभएपछि दालचिनी पो खानुपर्ने रहेछ। मन्त्रीले नै भनेपछि पत्याउनै पर्‍यो। उहाँका ज्वाइँ स्वास्थ्य मन्त्री गगन थापालाई भनेर स्वास्थ्य ठीक नभएकालाई दालचिनी खुवाउने व्यवस्था गर्नुपर्‍यो बरु।

हिजोको ब्लग :

संसदमा केही दिनदेखि न्युजै बन्दैन। जति बेला संसद बसे पनि प्रतिपक्षी सांसदहरु उभिन्छन्। बैठक स्थगित हुन्छ। एक महिनादेखि यो क्रम जारी छ। आज भने सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले समाचार जुटाइदिए। प्रतिपक्षी सांसदहरुलाई संसद बन्धकमा राखेर असंसदीय गतिविधि गरिरहेको आरोप लगाउने सत्तापक्षका मन्त्री भने फोहोरी गतिविधिमा देखिए। अग्रपंक्तिमा बसेका उनले मुखबाट खैनी निकालेर हातमा थुकेर त्यसलाई संसदभित्रै फालेको दृश्य कहिले नबिर्सने गरी कैद भएको छ। मन्त्रीहरु मध्ये र्‍याङ्किङ (वरियता)मा सबैभन्दा वरिष्ठ रहेका मन्त्रीको हेर्नुस् त पारा।

के अब संसदमा पनि देउताको फोटो राख्नुपर्ने बेला भएको हो? ठाउँठाउँमा थुक्लान्, फोहर गर्लान् भनेर देउताको फोटो राखेका हुन्छन् नि। जस्तो यो कलंकीको मालपोत भवनमा

रमाइलो त के भने संसदकै आधिकारिक भिडियो क्यामेराबाट यो दृश्य कैद भएको हो। संसदमा अरु मिडियाको भिडियो क्यामेराले प्रवेश पाउँदैन। यस्तो भिडियो किन खिचिस् भनेर बिचरा खिच्नेको जागिर नजाओस् भन्ने कामना गरौँ। सहरी विकास मन्त्रीले सहरको विकास कसरी गरिरहेका छन् भन्ने त हामीले देख्न पायौँ।

यी मन्त्री स्क्यान्डलमा आएको यो पहिलो घटना हैन। यसअघि मन्त्री केसीलाई उनकै गृहजिल्ला नुवाकोटको निवास आएको बेला प्रहरीले दिएको सलामीको फोटोले पनि कुचर्चा पाएको थियो। निरन्जन पौडेलले खिचेको फोटोमा मन्त्री केसी रातो आसनमा छालाको जुत्ता लगाएर ठिङ्ग उभिएका देखिन्छन्।

12 thoughts on “मन्त्रीज्युले भन्नुभो- खैनी हैन, स्वास्थ्य ठीक नभएर खाएको दालचिनी फालेको, गजब- अब स्वास्थ्य ठीक नभएकालाई दालचिनी खुवाउँ”

  1. कपिल says:
    January 5, 2017 at 3:43 am

    यस्तालाई कैले सरकारको तलब भत्ता खाने पद बाट बन्चित गरिन पर्छ| कति पढेका हुन यी काठमान्डू रासोबासो गर्ने नुवाकोटे मन्त्रिले| अगुवा नै बाटो हगुवा| अझ उल्टो तर्क दिएर हामीलाई मुर्गा बनाउने|

    Reply
  2. Arun says:
    January 4, 2017 at 8:35 pm

    वहाँ ले खैनी हैन दाल्चिनी खाएर थुकेको रे । कुरो के खाको हैन मन्त्री ज्यु , कहाँ थुकेको पो हो त!

    Reply
  3. sandip shama says:
    January 4, 2017 at 3:57 pm

    धातेको कुरो काटेर मिल्दैन भनेको सत्य हो / मन्त्रि ले सुर्ती हैन दालचिनी शर्केको हो भन्नु भयो तर Video Clip मा मन्त्रि ज्य लै शर्केको वा कुनै अफतायोरो परेको देखिदैन नि ?

    Reply
  4. Madan Pahari says:
    January 4, 2017 at 5:20 am

    पूर्ब स्वास्थ मंत्री

    Reply
  5. Shyam Dawadi says:
    January 4, 2017 at 3:28 am

    हा हा हा हँसायाे शेरेले

    Reply
  6. जीवन says:
    January 4, 2017 at 8:10 am

    लौ माने खैनी होइन| दालचिनी होस् कि कालचिनी, जे भए पनि त्यस्तरी मुखबाट निकालेर हातले जताभावी घुइक्याउनु शोभा दिंदैन| उसोभए के स्वास्थ्य ठिक थिएन भनेर दालचिनी खाने अनि फोहोर गर्दिने? मन्त्रीको यस्तो घटिया व्यवहारले कस्तो संदेश देला भन्ने सोच्ने फुर्सद निकाल्नु पर्यो|

    Reply
  7. Chandra Khaki says:
    January 4, 2017 at 1:18 am

    aru kura testai ho, dalchini ausadhi chaho ho hai..

    Reply
  8. Machhindra Acharya says:
    January 4, 2017 at 12:18 am

    Deshma laamo samaya yi swastha mantripani thiye…. inlai majhi aulale salam garna man lagchha

    Reply
  9. Mishra Bharat says:
    January 3, 2017 at 10:40 pm

    हामी मूर्ख भेडा जनता नेता ले जे भनेपनी अँ।खा चिम्लेर पत्यौने??? अनुसासन नभएका नेता अनुभूति नभएका हामी जनता ।

    Reply
  10. Ekraj says:
    January 4, 2017 at 4:13 am

    यो उनको फोहोरी र कुनै पनि गतिलो संस्कार नभएको अपमानित बानी बेहोराको स्पस्ट उठारण हो| यसको ब्यबस्थापन गर्ने उनको कर्तब्य हो|
    गु लाई चलाएपछि मुखमा छिटा आउने डर हुन सक्दछ, होसियार!

    Reply
  11. Rajendra Shrestha says:
    January 3, 2017 at 10:16 pm

    खैनी होस या दालचीनी होस संसद जसतो मर्यादित ठाऊमा घिनलागड़ो गरी फोहर गरनू भनेको आफ़नो असभ्यताको हदको परिचय हो ।

    Reply
  12. Rohini says:
    January 4, 2017 at 12:32 am

    राजनीतिमा बोल्ने झुटो र अहिले बोलेको झुटो अलि फरक हो मन्त्रि ज्यु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme