Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिन्दु राजा र परिवारलाई पनि लाग्दो रहेछ क्रिसमस इभ, पार्टीका फोटो हेर्नुस्

Posted on December 25, 2016December 25, 2016 by Salokya

क्रिसमस इभको पार्टीहरु शनिबार काठमाडौँमा धुमधामका साथ मनाइयो। पहिले पनि मनाइन्थ्यो। यसपालि भने नयाँ देखियो। नेपाल देशका पूर्वराजा भइसके पनि हिन्दु राजा अझ सम्राटका रुपमा समर्थकहरुले भन्ने गरेका ज्ञानेन्द्र र पारस पार्टीमा मस्त देखिए। टाइ सुटको फर्मल ड्रेसमा। लाजिम्पाटको त्रिसरा रेस्टुरेन्टमा बाबु पूर्व राजा ज्ञानेन्द्र र छोरा पूर्व युवराज पारसले फ्यानहरुसित फोटो पनि खिचाएका थिए। त्रिसरामा क्रिसमस इभका अवसरमा द ह्वाइट अफेयर पार्टीका नाममा नाचगान भएको थियो। उनीहरुसँगको फोटो अहिले फेसबुक र इन्स्टाग्राममा देखिएका छन्। राजा प्रजा सबैलाई लाग्ने भएर हो कि सरकारले राति अबेर भए पनि भोलि क्रिसमसमा सबैलाई ‘छुट्टी, मकै भुट्टी’ घोषणा गरेको। जनतालाई अस्थायी सत्ता हटाउन आन्दोलनमा उत्रन हतार भइसकेको विज्ञप्ति बुधबार जारी गरेका ज्ञानेन्द्र शनिबार रातो टाइ र कालो सुटमा नेपाली टोपी बिना पो देखिए। 


इमेज च्यानलका भिजे सन्ध्या केसीले फेसबुकमा राखेको फोटो।

 

अनि तल बाउछोरा दुवैसित फोटो खिच्ने चाहिँ मोडल सूर्य थापा हुन्। उनले इन्स्टाग्राममा यी फोटो राखेकी हुन्।

सुषमा कार्की उर्फ उध्रेको चोलीसित

 

15 thoughts on “हिन्दु राजा र परिवारलाई पनि लाग्दो रहेछ क्रिसमस इभ, पार्टीका फोटो हेर्नुस्”

  1. प्रदीप पन्त says:
    December 25, 2016 at 10:43 pm

    हीन्दु धर्म त ज्ञानुको मागी खाने भांड़ो पो ।
    तरुनीहरु संग टांस्सीने मौका किन गुमाउंथे यि बाऊ-छोरा ले ।

    Reply
  2. नीमा तामंग says:
    December 25, 2016 at 9:16 pm

    लौ लौ, मोज गर्नोस| मरी लानु के छ् र्? हिज अनन्तले के भन्यो बुझ्नुहोला|
    जँगलबाट शहर पसेका ब्वाँसोहरुको भरोसा हुँदैन|लालधोजेले नागर्जुन बङ्लो छ महिनाको लागि मात्र दिएको हो भनीराछ| खाली गर्न परो भन्ने हुकुम जारी गर्ला है ग्यानदाई! चुनाव लड्नुहोला तराई पहाड हिमालबाट|
    टपरे नेताहरुले जस्तो मुलुक बाहिर हात फैलाएर गुहार नमाग्नु होला| नेपाली जनताको मुटुमा फेरी एक चोटि छाउने हो भने विगत र वर्त्मानका सल्ल्हाहार र् आसेपासेखासेहरुको संगत तत्काललाई छुटाउनोस| पर्खाल र् काँडेबार हुन तिनिहरु, राजतन्त्र स्वाहा पार्नमा हिया नभएका उनीहरुको हात छ्|नेपाली जनता दयालु र क्षमाशील छन| तर ह्रदयबाट प्रायश्चित गर्न सक्नुपर्‍यो महाराज| जनतासँग एकचोटि उठबस गरी हेर्नुस, कट्टर हिन्दूवादी देखावटी विचार त्याग्नुस्, सबै अट्ने ठुलो टेन्ट बन्नुस्| हिन्दूबौद्धको समिश्रनतिर लाग्नुस् र् अरुलाई पनि यथास्थान दिनुस्| राजतन्त्र नफर्के पनि जनताको धारणा सकारात्मक बनाउन तिर लाग्नुस्| यो हुनेछ पहिलो कदम|

    Reply
  3. samir says:
    December 25, 2016 at 6:26 pm

    उदारवादी राजतन्त्रको उदाहारण हो अन्यथा सोच्नु हुन्न ,, एउटा वर्गको सेलिब्रेसन लाइ साथ दिनु के नराम्रो हो र,, सोसियल मिडियामा राष्ट्रीयता पोख्ने हरु अमेरिका , अष्ट्रेलिया तिर के के मात्र गर्दैनन होला …

    Reply
  4. Shankar says:
    December 25, 2016 at 3:29 pm

    धेरै बर्ष अगाडी , राजा बीरेंद्र सिंधीपाल्चोक आये थे | रात बिताए, भोली पल्ट बिहान टॉयलेट माँ भीड़ भएछ , किन भन्दा अरु मान्छे ले गु हग्छ, राजा ले सुन भन्ने कहाबत रहेछ त्याहा |
    तेसैले यो हिन्दू सम्राट भन्ने केहि हैन| के को सम्राट ? चलाऊंन न सकेर भागने पनि सम्राट हुन्छ ?
    परिभासा गलत भो |
    प्रजा तांत्रिक मुलुक माँ शक्ति को स्रोत जनता , नेपाल माँ शक्तिको स्रोत ”र”| तेसैको आड़ माँ बाबूराम ,प्रचंड ले देश को सेना हराये , उपेंद्र , अमरेश सिंग, सिटौला हरु राता रात नेपाली राजनीति का मेनखेलाड़ी देखा परयो | बिहार माँ जन्मेको गिद्दे गिरिजा ले नेपाली राजनीति को सधै केंद्र मारह्यो |
    बाबूराम को फुर्ती को जड़ , नेपाली जनता ले न रुचाएको सुजाता , गच्छेदार , खिल राज , लोकमान को मसीहा अझ भनौ हरेर पि याम हुन पाएको माकुने ( पिता पुरखा बिहार बाट बसाइसरेको , पि याम हुदाटायंस ऑफ इंडिया ले सगर्ब लेख्यो , माकुने ले गर्दन झन फुलायो ) सब को शक्तिको जड़ इन्डियन दूतावास र ”र” नै थ्यो र छः|
    प्रचंड अरु भन्दा अलिक शक्तिशाली हुने कारण चै, यसलाई यूरोपियन यूनियन , क्रिस्चियन मिसनरी ,
    चीन लाइ छिरके हाल्ने शक्ति ले खड़ा गरेको नेता हो | प्रचंड कोआय स्रोत , टाट बाट को जिंदगी छोराको बंगुर पालन ब्यबसाय न भाई बॉक्स भित्र आउने डॉलर र यूरो हो |
    उसले सार्बजनिक गरेर आफुलाई आम नेपाली भन्दा गरीब देखाएर नेपाली जनताको अपमान गरेको , सक्तिको स्रोत जनता मानेर हैन , उसलाई टुपीमा समातेर उछालने आरकै कोई छः त नेपाली जनता भाड़ में जावास |
    यो नेताहरुले बिर्सेको ( बा बोल्दैमा तर्सने कारण ) जून सक्तिले उनीहरुलाई उठायो , तेस्को कृपा पात्र ज्ञानेंद्र पनि हो |मदन भंडारी , बीरेंद्र लाइ हटाउने ले र नेपाली राष्ट्रबाद ले हैरान भएर नाकाबंदी लाउने ले यहाँ आर्को कोत पर्ब नगर्ला भन्न सकिन्छ ???
    कोत पर्ब धेरै को दिमाग माँ हुन सक्छ र धरेको चाहना हुन सक्छ | नेपाली राजनीतिमा ह्त्या प्रबेश गरेको अहिले हैन ,त्यों बाघ को मुख माँ रगत को स्वाद बसेकोले बाघ पल कने र इतिहास फर्कने संभाबना पनि त छः नई |
    यो नेता हरुको नेपाली जनता प्रतीकों रूखो स्वाभाब , यिनीहरुको ह्त्या हिंसा को पृष्टभूमि , ज्ञानेन्द्रको महत्वाकांक्षया ( नेपाल मई बसेको किन र फर्कने बाटो के, जून मान्छेको टाउका को मोल तोकेको , उसैको सासन माँ , नेपाल मई बसेर एतरो बोलने हिम्मत को आड़ के ?) , दरबार हत्याकांड गराएर पनि नेपाल माँ फेरी नाकाबंदी लाउने पर्ने स्थिति , बाबूराम को ढुल मुले राजनीति , तराईमा सी के रावत को उदय , फोरम ,बाबूराम को ,असोक राइको एकीकरण , हालै को नारायण मान बिजुक्छेको अभिब्यक्ति आदिले के संकेत गर्छ ????

    अमेरिका माँ ट्रैम्प को बिजया सगै चीन पनि सतर्क भएको छः , उसले पनि त आफुलाई कहा बाट ख़तरा छः( रुघा खोकी, निमोनिया ) भन्ने हिसाब गरेको होला र आफ्नो तिब्बत बॉर्डर पारी सोचेको होला ?
    ज्ञानेंद्र को बक्तब्य आउने र ट्रैप ले ताइबानी राष्ट्रपति लाइ फोन गर्ने बिच केहि सम्बन्ध छः ?

    Reply
  5. Prem Gurung says:
    December 25, 2016 at 7:36 am

    Christmas is for everyone no matter who celebrate or not. This is the day that #King of Kings #
    #lord of Lords#
    #Prince of peace#
    #Great Councillor #Saviour of the whole universe # is born. #He is Alfa and Omega # And
    He is Jesus Christ…the word became flesh and He liveth with us now n forever. He was in the beginning# He is now and He will be forever and ever. His reign never ends. This is the unfolded history of little tiny winy boy #Jesus# who was born in a manger nearly 2000years ago in little town of Bethlehem of Judea in Jerusalem. He came on earth for everyone regardless of any #nation# race#religion#King# ordinary people like you and me. This is the only reason that everyone is celebrating the Christmas Day. Some does knowingly and some does unknowingly make happens in their life. The Christmas isn’t just about the celebration which we see now a days everywhere in the world and has become just like a trend for everyone. It has touched every span of lives. The truth is most of people believe that the Christmas is all about of their family, exchanging presents, family get together, family dinner, having fun with family and friends along with little bit of bottle of wine etc. Up to some extent I do believe that this is also part of it but not all about it. The true meaning of Christmas is beyond our imagination. It is all depends on our own faith. If we believe in Jesus and accept Him as our saviour Christmas becomes limited to limitless everyday is the Christmas you don’t have to wait until 25th of December which most of us do. Jesus should be the only reason of our celebration. If we put Jesus in the centre of your celebration during this festive season than only it become meaningful and worth it. Otherwise it become just like a any other festive celebration which we can see around us during this time what exactly happening in above article…..

    Reply
  6. Ido Rana Naveen says:
    December 25, 2016 at 4:42 am

    तिमी हरु पो हिन्दु भन्छौ उनीहरु त क्रिश्चियन नै भैसकेको अवस्था हो

    Reply
  7. Homnath Baskota Sitaram says:
    December 25, 2016 at 3:32 am

    यिनै बदमासहरुले नेपालमा कृश्चियन भित्रायका नत्र नेपालम 0 थियो कृश्चन को जनसंख्या ।

    Reply
  8. Rabin Malla says:
    December 25, 2016 at 3:12 am

    हिन्दु सनातन धर्म यस धरतीमा परापुर्व देखि क्रृष्टियन, मुसलमान भन्दा अगाडी मान्दै आएको हो। यिनका भगवान पनि कुनै नकुनै रूपमा तिनै ३३ कोटी देवताहरू भित्र समाहित छन्। हाम्रो हिन्दु धर्म महान छ। हामी हिन्दु हौ, त्यसैले त हामी भित्र संसार भरिका कुनै पनि धर्ममा रम्ने महान भावना छ।

    Reply
  9. Laxman Subedi says:
    December 25, 2016 at 2:09 am

    राज परिवार्ले धर्म निरपेछ स्विकार गरेको देखियो अब देखि सबै ले सबैको सम्मान गरौ धर्म निरपेछको बिरोध र धर्मको राजनिति नगरौ ।

    Reply
  10. Anup Dhoj Joshi says:
    December 24, 2016 at 11:50 pm

    मुस्लिम समुदायको महान चाड बकर इदको पार्टी भयो भने पनि नेपालीहरूले भब्य रुपमा मनाउछ होला।

    Reply
    1. Rim Gurung says:
      December 25, 2016 at 2:47 am

      अवश्य मनाउँथे अनुप जि! तर मुस्लिम समुदायको कुरा गर्दा उनिहरु हिन्दु र क्रीस्चियन अथवा अरु धर्म जस्तो स्वतन्त्र प्रकृतिका हुँदैनन्, आफ्नै सिमा अनि बन्देजहरु छन् जस्को उल्लंघन गर्नु भनेको धर्मभ्रष्ट ठहरिन्छ। त्यसैले उनिहरु आफ्नो पार्टीमा अरु समुदाय लाइ समावेश गर्दैनन्।

      तर पार्टीमा समावेश नगरेपनी शुभ-कामना एवम् आत्मियता साटासाट त गरेकै हुन्छन्। पार्टी गर्नु, होहल्ला गर्नु मात्रै पनि त धर्मप्रति को सम्मान पक्कै होइन होला।

      त्यसर्थ, जातजाति र धर्मले हामी जो भएपनी राष्ट्रियताको आधारमा हामी सबै नेपाली हौं। त्यसैले, आउनुस एकाअर्कालाई सम्मान गरौं, मिलेर हाँसौं, संगै बाँचौ। विखण्डनकारी सोंचबाट मुक्त हौं।

      Reply
  11. Deepak Shrestha says:
    December 24, 2016 at 10:34 pm

    राजा र पर्चन्ड छान्नुपरेमा प्रचन्ड रोज्छु (कुरोमा कुरो मात्र) राम्रो भएर होईन दुवै डाका हुन् भन्ने थाहा छ। कीनकी प्रचन्ड फाल्न सवैले हासीहासी सक्छन् राजा फाल्न अव आयोभने ३०००० ले फेरि ज्यान फॉल्नुपर्छ। गन्डकी कोसी त राजा हुदैमा वेचिएको होनी अनी अहीलेको रास्ट्रवादी नी थे नी विरोध गरेर रोकेनन्। अर्को राजाले कानुनी रुपमा अरव र हजार कर्मचारी वेकाममा चलाउछ ऊ भए नी नभए नी नेता र भ्रस्टचार त भाकोथ्यो र हुन्छ।
    तर वहुमतले जे आएनी मलाइ के …
    सो आफु राम्रो वनौ राम्रो कामको र मान्छेको पछिलागौं देश आफै वन्छ। कॉम नपाएर फेसवुकमा अनेक पढ्छन अनी अनेक सोचिन्छ।
    कुरो……….

    Reply
  12. Balkrishna Dahal says:
    December 24, 2016 at 8:29 pm

    हामी उहाँका शुभ-चिन्तकहरुले जान्न पाइयो, कती उदार हुनु पर्ने रहेछ धर्ममा भनेर! अब एक धर्म,एक भाषा, एक भेष भन्ने कुरा पुराना भएछन! हिन्दु राज्य भनेर ढिपी गर्नु नहुने रहेछ! हामीमा यो ज्ञान पलायो! शन्देस राम्रो छ!

    Reply
  13. Shukla Ji says:
    December 24, 2016 at 8:22 pm

    गजेडी देश को लागी सुभ संकेत हो….. no chance again… in upcoming time old Oli Mafia also go down in hell …. still optimistic to see new Nepal

    Reply
  14. Dinesh Banjara says:
    December 24, 2016 at 7:30 pm

    याे कहाँकाे गतिलाे ब्यक्ति हाे ! र यसले जे मन लाग्याे त्यही गर्छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme