Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ज्ञानेन्द्रले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा बित्थामा किन टेन्सन लिइरा? बरु केही कुरा बुझिएन

Posted on December 21, 2016December 22, 2016 by Salokya

गद्दीबाट च्युत गरिएका राजा ज्ञानेन्द्र शाहले हरेक नेपाली नागरिकसँग रहेको जस्तो वाक तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै आज एक वक्तव्य जारी गरे। अरु बेला भए दशैँ, तिहार अथवा कुनै चाडपर्वमा वक्तव्य जारी गरिन्थ्यो। आज बुधबारको दिन भने यत्तिकै कुनै साइतै नहेरी वक्तव्य जारी गरियो। खासमा वक्तव्य जारी गर्नुपर्ने दिन पुस २७ गते थियो पूर्व राष्ट्रिय एकता दिवस अर्थात् पृथ्वी जयन्तीका दिन। नभए पुस १ गते गरे हुन्थ्यो- जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई महेन्द्रले कू गरेको दिन। तर पुस २७ भन्दा अगाडि र पुस १ भन्दा पछि विज्ञप्ति जारी गरियो। यो वाक तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरेका हुन् उनले। बित्थामा कसैले टेन्सन लिइरहन जरुरी छैन। बरु यसमा रहेका केही कुरा भने बुझिएको छैन। जस्तै केही बुँदा यस्ता छन्-


को बाह्य शक्ति? कस्तो अस्थायी सत्ता?
ज्ञानेन्द्रको वक्तव्यमा नेपालको स्थायी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी हुन् भनिएको छ। त्यही भएर त जनताको नासो जनतालाई सुम्पेर गद्दीबाट बाहिरिनु परेको उनले। ठीकै हो उनले भनेको। घुमाउरो पारामा म हुँ भन्न पनि सकेका छैनन् उनले। दुर्भाग्यवस आजको सन्दर्भमा बाह्य शक्तिको अनुचित प्रभावका अस्थायी सत्ताहरु हावी गराएको छ भने स्थायी सत्ता र लौकिक सत्ता क्रमशः धुमिल पारिएको छ भनेर वक्तव्यमा भनिएको छ। यो बाह्य शक्ति भनेको को हुन् भनेर चाहिँ उनले खुलाएका छैनन्। चीनको निम्तो आउँदा थाइल्यान्ड सिङ्गापुर हुँदै भारत गएर सोधेर बल्ल जानुपर्ने स्थिति ज्ञानेन्द्रलाई किन पर्‍यो भनेर बुझ्नेका लागि स्थायी सत्ता र बाह्य शक्ति बुझ्न कठिन छैन।

आन्दोलनको आह्वान?
ज्ञानेन्द्रको वक्तव्यको अन्त्यमा अप्रत्यक्ष रुपमा आन्दोलनको आह्वान गरिएको छ। यदि आफूलाई गद्दीमा राख्न जनताले आन्दोलनै गरोस् भन्ने चाहेको भए मोही माग्ने ढुङ्ग्रो लुकाउने किन त? सीधै त्रिभुवनले जस्तै राणा शासनविरुद्ध आन्दोलन आह्वान गरे त भइगयो नि। के जाग्नु पर्‍यो लाग्नु पर्‍यो मात्रै भनिरहेको? के समय भड्किसकेपछि पश्चतापले कुनै अर्थ राख्दैन भनेर हुतिहारा शब्द राख्नुपरेको? वक्तव्यमा भनिएको छ-
सबै नेपालीले राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पन मुखर प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ।

शक्ति पृथकीरकणको सिद्धान्तमा कसरी ह्रास आयो?
ज्ञानेन्द्रको वक्तव्यमा मूल्य मान्यतामा आधारित राजनीति नभएको आरोप लगाएका छन्। ३० वर्षको एकतन्त्रीय पञ्चायतकालमा समेत मूल्य मान्यतामा आधारित राजनीति भएको थिएन भन्ने तथ्य नयाँ पुस्तालाई बुझाउन गाह्रो होला, पुरानोले बिर्सेको छैन। आपराधिक कार्यले नेपाली समाज प्रताडित बनिरहेको छ पनि भनिएको छ- नमिता सुमिता बलात्कार काण्डदेखि मूर्तिचोरीसम्मका घटना नेपालीले बिर्सेका छैनन्। नारायणहिटी दरबारभित्रै गोली चलाएर आपराधिक कार्य गरी राजा वीरेन्द्रको वंशनाश गरेर पनि नेपाली समाज प्रताडित भएकै हो। शक्ति पृथकीकरणको सिद्धान्तमा ह्रास आयो भनेर पनि भनिएको रहेछ। शक्ति पृथक्कीकरण भनेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले आफ्नो काम गर्नु हो। यसमा तीनै पालिकाले आफ्नो काम गरिरहेका छन् कहाँ निर चाहिँ ह्रास भएछ त? बरु तत्कालीन श्री ५ को शक्ति चाहिँ गणतन्त्र आएपछि ह्रास भएको हो।

प्रतिगमन चाहेको?
ज्ञानेन्द्रले प्रतिगमन चाहेको कुरा अग्रगमनलाई कथित अग्रगमनको यात्रा भनेर वक्तव्यमा उल्लेख गर्नुले प्रष्ट भएको छ। के साह्रो रिस उठेछ बिचरालाई। पछिल्लो समय कसैले केही भनेका थिए कि, साह्रै चित्त दुखाएछन्।

लेखेका छन्- निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु किमार्थ बलिया हुन सक्दैनन्। (हो हुन सक्दैनन्। तपाईँलाई कसले के भन्यो त्यो पनि लेखे हुने) इतिहास कलंकित गर्दै निश्चित निहित स्वार्थ पूरा गर्न गरिएका कार्यहरु कदापि प्रशंसित हुन सक्दैनन् (हो हजुर हो। कुन कामलाई प्रशंसा नगर्नुस् भन्नुभएको सीधा भन्नुस् न) माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाइ दिएरमात्र कथित अग्रगमनको यात्राले कदापि गति लिन सक्दैन (माटो र मुटुसँग जोडिएको देशभक्तिलाई कसले लान्छित गरेछ नि, हामीलाई थाहा दिए हामी पनि बेस्कन गाली गर्ने थियौँ)

जाँदाजाँदै ज्ञानेन्द्रको प्रत्यक्ष शासन हुँदाका केही फोटो पनि हेरौँ, धेरैले बिर्सिसके। यी फोटोहरु सागर श्रेष्ठले खिचेका हुन्-

7 thoughts on “ज्ञानेन्द्रले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा बित्थामा किन टेन्सन लिइरा? बरु केही कुरा बुझिएन”

  1. नीरकमल says:
    December 23, 2016 at 9:34 am

    भुपु महाराजले तल प्रमोदजीले लेखेका कुरा मनन गरे सबै पुगनेछ| सपना नदेखनुस र नदेखाउनुस| माओवादीले सपना देखाएर जनताको हरिबिजोग बनाएको हामीले देखेकै छौ|
    त्रिशुली उभो फरकेला तर राजतन्त्र फरकने छैन| तपाईको आफनै करतुतले खतम भएको हो पूर्व राजन| समवेदना भया|

    Reply
  2. प्रदीप पन्त says:
    December 22, 2016 at 2:21 pm

    त्यस्तो राष्ट्रको चिन्ता भए किन ज्ञानबहादुर शाह मुलधार राजनीतिमा आएर चुनाब जीतेर राष्ट्र निर्मणमा लाग्दैैनन्? किन बेबी किङ्ग र सेरेमोनियल किङ्ग फलाक्दैदै हीडेको?
    कुरा काट्न जत्तिकै देश चलाउन पनी सजीलो भैदीएको भए ज्ञानु अझै राजा हुन्थे ।

    Reply
  3. ashakya says:
    December 22, 2016 at 12:59 pm

    राजतन्त्र भनेकाे अागाे हाे यसले स्वाह पनि बनाउछ, न्यानाे पनि बनाउछ चेतना भया ।

    Reply
  4. Pramod says:
    December 22, 2016 at 12:56 pm

    हाम्रो गाँउ घरमा एउटा उखान छ नी
    अघि राँडी जानीन पछि राँडी मानीन,
    बाघ लाग्यो घिच्याउन
    राँडी लागि चिच्याउन ।।।

    अहिले यो मुला साग निषेधको राजनितीको कुरो गर्छ । फ़ोन मोबाईल नेट टिभि बन्द गरेर, जनता तर्साईस, भुईँबाट जनतालाई तर्साउन नपुगेर छोरोलाई अर्ह्याएर हेलिकप्टर बाट अश्रु ग्यास हान्न लगाईस, हिन्दु राज्यकालको राजा भएर डेट एक्स्पाएर कनभर्टेट क्रिष्चिएन तुलसी गिरी, पक्का जुवाडे बिष्टेलाई दाँया बायाँ राखेर छँदा खाँदाँको राजाको पद छोडेर मँत्री परिषद अध्यक्ष यानीकी प्रधानमँत्री भयो । मुर्ख माईलो अहिले राँडे रोई गर्छ ।
    पाएको दुर्लभ समयलाई खेर फाल्यो,,, अहिले उम्केको माँछोको कुरो गरेर मनको लड्डु घ्यु सँग खान खोज्छ । सिल्ली सिल्पट । यस्ताको पछि नलागौँ , बरू नयाँ पुस्ता तयार पारौँ ल

    Reply
  5. sasang lama says:
    December 22, 2016 at 6:09 am

    सालोक्यको निर्भिक पत्रकारितालाई मानेँ !

    Reply
  6. Ratna Thapa says:
    December 22, 2016 at 4:19 am

    Good article. Well balanced, but showing photos of police action on violent demonstrators is truly biased. You want to show that Gyanendra regime was brute and used excessive force on people. But this happens everywhere to control the violent mobs. Look at Aleppo, Bangkok Red-Shirt demo, police brutalities in Indian cities, killings in Kashmir, Manipur and Nagaland, suppression in Bhutan. I hope you know how much force was used to contain the violent mobs in Singoor when Mamta Banerjee was protesting against land accession by Tatas in West Bengal. She had to be taken to hospital due to baton charge. A short term police action or force is much better than long term NAKA-BANDI. The police brutalities and crackdown under so called republic Nepal is far worse than Gyanendra’s time. We can also show Republic Nepal’s photos of crackdown on peaceful demonstrators. While you tried not to criticise the former King so harshly, but you are using old photos to refill the hatred towards the former rulers. The country is burning now and going to be 35, it was not so during royal regimes. As you know our country under current political system is heading to become 30th State of India soon. After Telengana, Nepal is to be the next unless a political solution by talks or force is not achieved early. So in my personal opinion, ex-King has rightly expressed his opinion towards saving this great nation of all Nepalese. Thank you.

    Reply
  7. Shankar says:
    December 22, 2016 at 3:23 am

    उसो त हिजो पम्फा देबि संसारको ३-४ नंबर को धनि , महेंद्र ले टापू किनेर राखेको छ अरे , राज संस्था गएपछि उतै जान्छ पानी भने , मुस्तांग को हीराखानी धीरेन्द्र ले गोप्या रूप माँ संचालन गरेको पानी भने | यिनै इन्डियनहर , र का एजेंट नेताहरु ले आफ सत्ता माँ पुगेर यो हालात माँ देश लाइ पुराऊंन र राजसंस्था खत्तम पॉर्न के मात्र हत्कंदा प्रयोग गरेंन ??

    फल स्वरुप गयो पानी | देश पानी क्रमश नेपाली को हात बाट बिहारीको हात माँ जाँदो छ , माटो , दूँगा यही तर यसको मालिक नेपाली न भएर बिहारी ?
    चुरेको माटो दूँगा लगेर बिहार माँ घर ठादिनछ नया नेपाल माँ ??
    ग्यास्टिके बुद्दिजिबीलाई मोटर साइकल माँ तेल हाल्न न पैर राष्ट्रबाद खोक्रो हुने ??
    निस्चय पानी ज्ञानेंद्र लोभी पापी हो (प्रचंड , बाबूराम नेता हर जस्तो खतरनाक चै हैन) तर उसले उठाएको मुद्दा जायज हो | जो कोई पानी राष्ट्र भनेर आउछ भने सारा नेपाली ले स्वागत गैर्न पर्छ |
    तेसभीतर पाप लुकेको छ भने जसले मातृभूमि को बलात्कार गर्छ त्यों नै दोसी हो |

    ज्ञानेंद्र ले तानासाह हुन जानेंन , र खिल्ली उड़ाकों मात्र हो | न भये आज फिलीपींस को राष्ट्रपति दिनहु कैय्यू मान्छे मारिरहेछ आफ्नो देश लाइ माफिया बाट बचाऊंन को लागि |
    का ती पापुलर भएको छ ??
    हाम्रो देश माँ राष्ट्रबादी नेता लाइ इंडियाले मारने , न भये सत्ता बाट हटाउने ,अ नि भये का नेतालाई बिकाऊ र करप्ट बनाउने , हामी जनता चै काग ले कान लाग्यो भन्दा काग को पछि दौडने ??
    सचिकै नेपाली ले सींगो देश बढ़ी भएको ?

    आफ्नो कंट्रोल माँ लिएर देश लाइ चलाउने कोसिस गर्ने ठीक की ?

    बढ़ो प्रजातांत्रिक , र पापुलर बन्दै, बिदेशिको इसारामा चल्दै , काम चै केहि न गर्ने देश लूटने र लुटौने ठीक ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme