Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुक र ट्विटरमा भेटिएका सबै कुरा सही हुँदैनन् भनेर कसले बुझाउने? विज्ञ भनाउँदाको ताल त यस्तो छ

Posted on December 10, 2016December 10, 2016 by Salokya

फेसबुकमा फेक न्युजको असर बारे अहिले अमेरिकामा ठूलै बहस चलिरहेको छ। पोपले डोनाल्ड ट्रम्पको समर्थन गरे भन्ने फेक न्युज लाखौँ पटक सेयर भयो। हिलारी क्लिन्टनको इमेल कान्ड जाँच गर्ने एफबिआई अधिकारी मृत भेटिए भन्ने फेक न्युज पनि उत्तिकै सेयर भयो। अन्ततः राष्ट्रपति चुनावको परिणाममा नै असर पार्‍यो। अमेरिकामा मात्र होइन, नेपालमा पनि यस्तो फेक कुराको प्रभाव देखिन्छ। फेसबुक र ट्विटरमा भेटिने सबै कुरालाई सही मानेर त्यसकै आधारमा विचार बनाउनेहरु प्रशस्त देखिन्छन्। सामान्य व्यक्तिको त कुरै छाडौँ, विज्ञ भनाउँदाहरुको ताल पनि त्यस्तै छ। केही दिनदेखि फेसबुक र ट्विटरमा दुई जना बच्चाको फोटोलाई नेपालको तराईमा भएको भन्दै गरिएको आलोचनालाई उदाहरण लिन सकिन्छ। जलस्रोतविद्‍का रुपमा मिडियामा छाउने रत्नसंसार श्रेष्ठले समेत यस्तो ट्विट गरे-

तराईमा दलितका बालखले इनार छोयो भनेर चारपाटे मुँडेर रुखमा बाँधेछन्
Elite मधेशी बिभेद भएको नारा लगाउंछन् आफु यस्तो अमानवीय काम गर्छन्
धत्तेरी pic.twitter.com/as0RkhLTEz

— RatnaSansar Shrestha (@rsansar) December 9, 2016

उनको यो ट्विट यो ब्लग लेख्दासम्म १२६ पटक रिट्विट भयो। कयौँले उनलाई यो फोटो नेपालको हैन गलत सन्देश जान सक्छ डिलिट गर्नुस् भनेर सम्झाए। तर अहँ, उनले माने पो।

रिट्विट गर्नेको भीडमा एमाले नेतृ रामकुमारी झाँक्री पनि देखिइन्-

उनीसम्म यो कुरा फैलाउने काम फेसबुकका केही पेजले गरेको हुनुपर्छ। उदाहरणका लागि यो खबर नेपाल नामको फेसबुक पेजको कुरा ३०० पटक भन्दा बढी सेयर भएको छ-

सुन्दर नेपाल नामको यो फेसबुक पेजमा यही कुरा झन् त्यसको दोब्बर ६०० पटक भन्दा बढी सेयर भएको छ-

अरु फेसबुक पेज र ग्रुपहरुमा पनि यही फोटो र यही व्यहोरा प्रशस्त प्रयोग भएका छन्, तर मैले यही दुई पेजलाई मात्रै उदाहरण देखाउन खोजेँ। एउटा गलत कुरा व्यापक बनाइयो। सर्वसाधारण मात्र हैन विज्ञ र नेता जस्ता मान्छेले पनि पत्याए।

यही फोटो बंगलादेशको भनी चार महिना अघि ट्विट भएको थियो

Tied up and head shaved.They stole food #sylhet #Bangladesh pic.twitter.com/ZpHrZIwQ20

— Pravir K Roy (@Pravir9) July 24, 2016

अझ यही फोटो भारतको हरियाणाको हो भनी अगस्त महिनामा निकै प्रचार भएको थियो। त्यहाँका मिडियाले समाचार समेत बनाएका थिए।

हेर्नुस् उदाहरण
http://www.jagran.com/news/national-ips-officer-got-angry-for-brutalizing-children-14423029.html
http://www.nationaldastak.com/news-view/view/punishment-of-hunger-photo-viral-on-facebook-/
http://www.odishanewsinsight.com/editorial/beware-of-lies-and-photoshopped-images-on-social-media/

यी उदाहरण काफी छन् यो फोटो तराईको हैन भन्नका लागि। तर यो हावामा बहकिए देशका नाम चलेकाहरु समेत।

पत्रकार गजेन्द्र बुढाथोकी

घोर अमानवीय, निन्दनीय https://t.co/o93zuAYHlD

— Gajendra Budhathoki (@gbudhathoki) December 9, 2016

ब्रजेश खनाल

@gbudhathoki मलाई पनि यस्तो देख्दा आफू मानिस भएकोमा नै थक्कथक्क लाग्छ

— Brazesh Khanal (@brazeshk) December 9, 2016

किन हुन्छ यस्तो?
पत्रकारिता र आम सञ्चारमा स्नातकोत्तर गर्दा मैले अन्तर्क्रिया सम्बन्धी थेसिस गरेको थिएँ। त्यतिबेला लिटरेचर रिभ्यु गर्दा यसैसँग सम्बन्धित केही कुरा पनि भेट्टाएको थिएँ। जस्तै केस र अन्य, २००४ ले भनेका छन्- आजभोलि मानिसहरुले निश्चित विषयमा जानकारी खोज्नुपर्दा अर्को मान्छे वा सञ्चारकर्मीमा भर पर्नुभन्दा इन्टरनेटमा खोज्छन्। यसकारण इन्टरनेटले केही मान्छेलाई विचार अगुवा (ओपिनियन लिडर)को भूमिका लिन सजिलो बनाउने वातावरण प्रदान गर्न सक्छ। यो उदाहरणमा केही हावा न चावाका फेसबुक पेजले रत्नसंसार श्रेष्ठ, रामकुमारी झाँक्री, पत्रकार, लेखक जस्तो अरुलाई लिड गर्नुपर्ने ओपिनियन लिडरहरुलाई नै लेड गराएको देखिन्छ। असली ओपिनियन लिडर फेसबुक पेज चलाउनेहरु भएका छन्। माध्यम फेसबुक भएको छ।

इन्टरनेटलाई सामान्यतया लोकतान्त्रिक माध्यम मानिन्छ, जहाँ कुनै वर्ग, पेशा आदिको भेदभाव बिना सहज पहुँच सबैलाई हुन्छ। सबैले आफ्ना विचार राख्न पाउँछन्। सिद्धान्ततः यो सही भए पनि इन्टरनेटको माध्यम प्रयोग गर्नेहरु अलोकतान्त्रिक पनि हुनसक्ने अर्को पक्ष पनि देखिएको छ।

आफ्नो विश्वासविपरीतका विचार र सूचनाको वास्तै नगर्ने प्रक्रियालाई साइबर बाल्कानाइजेसन भनिन्छ जसले इन्फरमेसन कुकुन्स र इको च्याम्बर्स सिर्जना गर्छ। इन्फरमेस कुकुनमा मानिस आफूले सुन्न नचाहेका समाचार र विचारहरुबाट टाढा रहन्छन्। त्यसै गरी आफूले सुन्न चाहेका समाचार र विचार पढ्न र हेर्न चाहन्छन्। सामान्य अमेरिकी नागरिकलाई मुसलमानहरुको धुँवाधार विरोध ट्रम्पले गरिदियोस् भन्ने लागेको छ भने त्यस्तो समाचार र विचार खोजी खोजी उनीहरु पढ्न चाहन्छन्, सेयर गर्न चाहन्छन्। माथिको मधेसको केसमा पनि भएको त्यस्तै हो। आफूलाई लागेको विचार नै अन्तिम सत्य हो यसका लागि भेरिफिकेसन नै जरुरी हुँदैन उनीहरुका लागि।

सूचना प्रविधिले भौगोलिक रुपमा टाढा भएका मानिसलाई एकापसमा जोडेर दूरी जोड्ने पुलका रुपमा काम गरी समुदायलाई एकत्रित बनाए पनि यसले अन्तर्क्रियालाई टुक्र्याउने, समूह विभाजन गर्ने र मानिसलाई आफ्नो विशेष इच्छाको सामाग्रीमा मात्र ध्यान दिन प्रेरित गर्छ। साइबर बाल्कनाइजेसन शब्द सुरुमा Marshall Van Alstyne र Erik Brynjolfss ले paper Electronic Communities: Global Village or Cyberbalkans मा 1996 मा प्रयोग गरेका हुन्।

13 thoughts on “फेसबुक र ट्विटरमा भेटिएका सबै कुरा सही हुँदैनन् भनेर कसले बुझाउने? विज्ञ भनाउँदाको ताल त यस्तो छ”

  1. Resham says:
    December 12, 2016 at 1:03 pm

    face book को newsfeed मा आउने ९० percent समाचार हरु भ्रामक कपोकल्पित हुन्छन तर पनि मैले नै चिनेजानेका साथी भाई अन्य बिज्ञ हरुले समेत जथाभाबी comment /share गरेको देख्दा उनीहरु प्रति दया लागेर आउंछ .

    Reply
  2. SanjaY says:
    December 11, 2016 at 10:59 am

    तेस्रो आखा भन्नेहरुले अन्धो पो बनाउला जस्तो छ.

    Reply
  3. binod shrestha says:
    December 11, 2016 at 12:03 am

    bhutraa ko bigye ..naam maatrai kaa bigye hun nepal kaa..

    Reply
  4. Umesh Ghimire says:
    December 10, 2016 at 10:40 pm

    कसलाइ भनाैँ, खै के भनाैँ। अलिकती एकपाउकाे दिमाग प्रयाेग गरिदिए हुन्थ्याे ।

    Reply
  5. कमलनिधि says:
    December 10, 2016 at 8:03 pm

    क्यारने! स्वघोषित विञहरूले यो मुलुक पचाएको छ| नाउँ छ जलस्रोत, काम् चाइने मलस्रोत जस्तो| यतिका लामो अवधि नेपाली जनताले लोडशेडिंग सहेर अँध्यारोमा रहदा खोइ कुन् दुलोमा थिए ती मेडियामा छाईरहने र टवीटरमा पोखने विञ भनाउदाहरू? वितरण वयवसथापन भएन भनेर दिनरात विपनडा मचाउनु परने हो कि एनईएको आसेपासेखासे भएर मडारिरहने हो? अरु भन्दा दुई शवद लेखन र बोलन जानेकै भरमा विञ भैदिने? नेगेटिभिटि मात्र देखने र लेखनेले किन जनतालाई विजुली अड्डाले यसरि वितरण वयवसथापन गरे केहि महिना भए पनि राहत मिलने थियो भनेर कडा शबदमा अवगत गराएन? राजा कालमा जे गरे नि हुने मन्त्रि दीपक ञवालीज्यु जस्ता आफ़ुलाई जलस्रोत विञ ठाननेले पनि किन समयमै लोडशेडिंग हुंन बाट जोगाएनन? यतिका दिन उनीहरूका लेख र प्रवचन चाख लिएर सुनियो तर अब चै नाई| अइरे गैरे भन्दा पनि गएगुजरेको रहेछ| कुलमानेको गुणगान भन्दा पुरव दरवारिया लोकमानेको भजन गाउनेहरू देखि नेपाली जनता अब सावधान हुंनपरयो|
    लखे दायाः थ्याच्च!

    Reply
  6. Ranjan Dhungel says:
    December 10, 2016 at 7:58 pm

    Pahila online media lai anusasan ma badhna karya budhi leuda charko birodh bhayeko thiyo. Online media lai control garna karyabidhi ko jaruri cha natra yesta hawa news share bhairakchan ani tyo herne le share garihalchan. Tesaile yi niyem namanne online media lai ban garekai thik cha.

    Reply
    1. Salokya says:
      December 10, 2016 at 9:27 pm

      ट्विटर र फेसबुकमा सेयर गर्नेलाई अनलाइन मिडिया भनिँदैन। यी सोसल मिडिया हुन् अनलाइन मिडिया हैनन्। अनलाइन मिडिया र सोसल मिडियामा फरक छ। हावा खबर सेयर हुन नदिन युजर आफै सतर्क हुनुपर्छ। सरकारले कार्यविधि ल्याएर यो नियन्त्रण हुने चिज हैन

      Reply
      1. rampp says:
        December 11, 2016 at 3:33 pm

        Totally agree with you, there are lots of so called intellectuals and people around us who share these hoax news,just look at top bureaucrats,actors or leaders profile and shaming sharing and information. There are one more block who always using immoral words in the comment sections and in these words they are sharing and teaching morality.

        Its world of those people who even argue on those things. Main thing is to like and look at the page which they are sharing. Even there are people who share photos of death people shame on those blocks.

        Reply
  7. Ameet Gubhaju says:
    December 10, 2016 at 10:46 am

    नेपाली हर आफ्नो दिमाग लगाउने भये पो , अर्क को दिमाग माँ हिड्ने मान्छे

    Reply
  8. Amit Ratna says:
    December 10, 2016 at 10:06 am

    Yesto ma chahi cyber crime lagdaina bhaneko?

    Reply
  9. Ram Rana says:
    December 10, 2016 at 3:46 am

    नेपाली काे एउटा बानि हुन्छ ढाटने र मज्जा लिने सायद पर्नु भएकाे हाेला ।

    Reply
  10. Rajendra Tamrakar says:
    December 10, 2016 at 3:04 am

    सोर्स भेरिफाई नगरी हचुवाको भरमा जस्तो सुकै समाचार, बिशेस गरि उत्तेजक समाचार लाई प्रश्रय दिने अनि तेस्तै समाचारमा ” म पनि चनाखो छु” भन्नेहरुले आफ्नो “लखे दायाः थ्याच्च” प्रबृत्ति देखाउनाले नामचिन “रत्नसंसार श्रेष्ठ , आर के झांक्री आदि आज फेक फेसबुक र ट्वीटरको जालमा फसेको छ !

    Reply
  11. Sridhar Gaire says:
    December 9, 2016 at 11:47 pm

    केहीलाईक र केही कमेन्ट को लागि फेसबुक पेज र केहि डलर को लागि नेपाली ब्ल्ग हरुले पनि नचाहिने कुरा हरु लेखिरहेका हुन्छन अनि ती कुरा हरु साचो मानी पढेलेखेका भनेका हरु पनि शेयर अनि कमेन्ट् गरेको देख्दा बिचरा हरु भन्न मन लाग्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme