Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के छ सरकारले गर्न चाहेको स‍ंविधान संशोधन? पढ्नुस् विधेयक जस्ताको तस्तै

Posted on November 30, 2016 by Salokya

11-img_9749 मन्त्रिपरिषद्को बैठक मंगलबार साँझ बस्यो। अफिस टाइम सकिसकेको भए पनि सिंहदरबारमा रहेको संसद सचिवालय खुलै रह्यो। कानुन मन्त्री अजयशंकर नायकको पत्र र संविधान संशोधन विधेयकको प्रति बोकेर पुगे मन्त्रालयका कर्मचारी। दर्ता भयो। यसमा अरु त खासै केही नहोला तर सीमाङ्कनको विषयले भने नेपाली राजनीति फेरि एक पटक तताउनेछ। ५ प्रदेशका पहाडी जिल्लालाई ४ प्रदेशमा राखिएको छ संशोधनमा सीमाङ्कन। त्यसबाहेक भाषा, नागरिकता र राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व पनि थपिएको छ। हिन्दी भाषालाई संविधानको अनुसूचीमा राख्न लागियो, अंगीकृत नागरिकलाई देशका प्रमुख पदमा निर्वाचित र नियुक्त हुन मिल्ने बनाउन लागियो जस्ता हल्लाहरु भए पनि दर्ता गरिएको विधेयकमा त्यस्तो छैन। के छ त ? पढ्नुस् जस्ताको तस्तै विधेयक

amendment-final-page-001
amendment-final-page-002
amendment-final-page-003
amendment-final-page-004
amendment-final-page-005

8 thoughts on “के छ सरकारले गर्न चाहेको स‍ंविधान संशोधन? पढ्नुस् विधेयक जस्ताको तस्तै”

  1. सुरज मास्के says:
    December 1, 2016 at 9:31 pm

    अब “नाका” बन्दी पछि “काना” बन्दी कम देख्ने खेल शुरु भयो !!!

    Reply
  2. suvas says:
    November 30, 2016 at 11:02 pm

    कुनै पनि देश क्रिमिया बनाउन तेत्ती सजिलो नहोला खासगरी आज को समय मा । तर पनि भाड हरुको समुह अनेक थरी पार्टी , नाम, जाती, र गुट खडा गरेर नेपाल लाई सिक्किम अथवा भुटान बनाउन नुहाएर लागेका छन । हामी लाई थाहा छ तर पनि हामी कुनै न कुनै पार्टी, गुट को सदस्य वा कार्यकर्ता वा समर्थक भएर मौन बसेका छौ । आफ्नो पार्टी ले आची नै खाए पनि आची खायो भनेर बिरोध गर्ने हिम्मत हामी मध्ये कमै को होला । मलाई झुक्याये भनेर निरिह बन्ने मन्त्री पनि छन यहाँ ।
    देश लाई केक सम्झिने धेरै नेता हरु छन यहाँ । कती प्रदेश बनाउने भनेर जनता लाई कहिले सोधेनन न पहाडी न मधेसी न हिमालि जनता लाई। जस्लाई जे गर्न मन लाग्छ तेही गर्दै छन। प्युठान का जनता लाई सोधे पो थाहा हुन्छ उनिहरु कुन प्रदेश मा बस्न मन छ , नेपालगन्ज का बसिन्दा लाई पो थाहा हुन्छ उनिहरु रुकुमेली सँग मिलेर बस्न चाहन्छन या चाहन्नन । लैन्चौर लाई सोधेर हाम्रो मन को कुरा कसरी थाहा हुन्छ? दाहाल लाई लाग्यो बर्दिया बासी रुकुमेली सँग मिलेर बस्न मान्दैनन अनी अँस लाइदिये त यता बस त उता बस । उनी नेपाल बनाउदै छैनन उनी कुर्सी बचाउदै छन । ओली भाईदिएका भये नि यस्तै केही नचहिदो काम गर्थे, देउबा भएका भएनी यस्तै गर्थे । यिनिहरु अनेक नाम गरेका लैनचौर का नोकर हुन जे अर्हायो तेही गर्ने अनी पर्दा पछाडि बस्ने । अनी यि नोकर हरु केही दम नभएका छन देश को संबिधान को काम छोडेर एउटा ब्यापारी जोगी ले बोलयो भनेर उडेर जाने । भण्डारी, खनाल, दाहाल कोइ चोखा रहेछन त?
    देश कसरी टुक्रिन्छ वा टुक्र्याइन्छ भनेर हामी बुझ्दैछौ । यादब, महतो, भट्टराई, ठाकुर, दाहाल, ओली, देउबा नामधारी हरु लाई जनता को नजर म भगवान बनाइदिने अनी तिनिहरु लाई हड्डी हालेर लडाउने र आफुले चाहेको गराउने। यो यिनलाई पनि थाहा छ तर पैसा, पद भये पछी देश जनता भनेको त जहाँ बसे तेही को भैहाल्छ । आज यिनिहरु नेपाल का छन भोली भारत का जनता हुनेछन । यिनलाई के फरक पर्छ ?
    सर्लाही का जनता लाई सोधौ न, सप्तरी का जनता लाई सोधौ न के गर्ने भनेर ? चुनाव हारेर बसेका भाट हरु ले उचालेका भर मा उनिहरु पहाड का जनता सँग मिलेर बस्न नचहेका हुन कि एस्तो भनाइएको हो ? के बिरगंज बासी हेटौंडा मा बसै सरेका छैनन अनी मिलेरै बसेका छन त बरु कुनै बेला तराइ बाट पहाडीया लखेटिएका थिए तर परिस्थिती तेस्ताइ थियो भनेर पहाडीया ले चित्त बुझये तराइ बासी ले पनि ज्या भने अहिले राम्रै छ त । तर भाट् हरु फेरी लागेका छन तराइ र पहाड छुट्टीनु पर्छ भनेर यो भनेको किन त ? पहाड जोडीये पछी कालन्तर मा बिहार मा यु पि मा मिसाउन गाह्रो हुन्छ भनेर । यो सबै देखिएको छ बुझिएको छ तर खै हामी सबै कार्यकर्ता भएउ जनता हुन बिर्सिएउ कि ?

    Reply
  3. sushil says:
    November 30, 2016 at 7:03 am

    मगरले पेल्छ भन्ने त्यत्रो डर…मधेशी नेताहरुको गतिबिधि शंकास्पद छ। भन्ने बेलामा “हामी पनि नेपाली हो काठमाडौँले हेप्यो” भन्छन तर व्यवहार चाहिं पुरै पृथकतावादीहरुको छ। किन पहाडी मुलको मान्छे संग बस्न नहुने? मगर पनि भयो भने भोलि जे मन लाग्यो त्यही गर्न पाइदैन, माथिबाट झरेर ठोक्छ भनेर हो? जात कै हिसाब राख्ने हो भने मगरहरुलाई पनि तनहुँ सम्मको छुट्टै राज्य दिनुपर्छ। नेपालको मूलवासी भनिने मगरको थात थलोलाई आफ्नो प्रदेशमा पर्न नदिने भन्ने हिजो नेपाल छिरेका मधेशी नेताहरु को हुन्? हामीलाई थाहा छ, गुरुङ, मगर, राई, लिम्बु संगको साथ, समाज र मित्रता क्या दामी हुन्छ, पुरै “IRONCLAD” हुन्छ। अभागी बिहारी नेताहरुलाई के थाहा? यसमा एमालेको अडान सहि छ, राष्ट्रिय रुपमा गरिएको निर्णय एउटा जातिय क्षेत्रीय पार्टीले चलाउन पाउदैन। आन्दोलन गरे गर्न दिए हुन्छ, अब त मधेशी जनताले लात हानेर धपाउछन, मात्र सीमामा सेना तैनाथ होस्।
    पहाडीलाई गाली गर्ने मधेशीले पनि थाहा पाई राख्नु पर्दछ, जुन दिन पहाडीले मधेशीको गालीको जवाफ फर्काउने छन्, त्यो दिन देखि धेरै भए तपाईंहरुको भुमि भारतमा पुग्ने छ र अरु कुरा त छोड्नुस, पीएचडीको सर्टिफिकेटले पनि चपरासीको जागिर पाउनुहुने छैन। अहिले मधेशको एउटा गाउँमा केही घटना भयो भने पुरै नेपालले थाहा पाउछ र आवस्यक परे दवाब पनि दिन्छ। तर भारतको अरबौंको जनसंख्यामा तपाईंहरु किरा फट्यांग्रा जस्तै हुनुहुने छ। त्यहाँ “मधेशी कोटा” भन्ने हुँदैन। अहिले जस्तो बैदेशिक रोजगारको लागि भिसा पनि पाउन गाह्रो हुन्छ। नेपाली नागरिकता भनेको युपी बिहारीको लागि डिभी जस्तै हो। यसको महत्व धेरै छ। नयाँ मान्छे भनेर बिहारीहरुले कति हेप्लान हेक्का राख्नुस। धोतीहरुले हेप्न पायो भने कस्तो हेप्छन थाहै होला। एउटा पहाडीले जिस्किएर कालो भन्ला तर पारी पुगेपछि कालो नै भए पनि कुनै विशेष व्यवहार पाउनुहुने छैन। अहिले उफ्रिरहेका आफुलाई मधेशी नेता भन्नेहरु भारतको लागि काम गर्दैछन भन्ने निर्लज्ज सत्य सामुन्ये छ। यिनको वही खाता खोल्ने हो भने एक जनाको नाममा कम्तिमा पनि १००० वटा नागरिकता भारतीयलाई बाँडेको हिसाब निस्किएला। समय छदैं जाग्नुस, बिहारीहरुले फैलाएको तिक्तता मेटाउने जिम्मा हाम्रो भन्दा पनि बढी तपाईंहरुको हो। नेपाल बिखन्डन नहोस भनेर सचेत हुने १ नम्बरमा तपाईंहरु हो। किनकि खतरामा तराई छ। हामी त जहाँ छौं त्यहीं पहाडमा रहने छौं, तपाईंहरु कहाँ जानुहुन्छ? तपाईंहरु बसेको ठाउँमा या त बाँध बन्छ या रक्सौल गोरखपुरको बिल्डरहरुले प्लाटिंग गर्नेछन।

    Reply
    1. Rohini says:
      December 1, 2016 at 2:42 am

      Ironclad को meaning चाही बुझियो | साथीको कमेन्ट पनि ironclad नै छ | साथी पनि ironclad नै छन् जस्तो छ यो कमेन्ट पढ्दा |

      Reply
      1. sushil says:
        December 1, 2016 at 6:58 am

        नेपाल बनाउन देखि लिएर बचाउन सम्म यी चार खम्बाको ठुलो भूमिका छ. यही चार जात छउन्जेल नेपाल खान सकिदैन भनेर भारतले यी चार जातलाई नै भाँडने प्रयास गर्दैछ. माओवादीको माध्यमबाट त प्रयास गरेकै हो बाहुन छेत्रीलाई गाली गर्दै जातिय राज्य बनाउने नाममा. धन्न धेरैजना जान्ने बुझ्ने छन् यी चार जातमा र देश जातीय गृहयुद्धमा जानबाट बचेको हो.

        Reply
  4. Milan says:
    November 30, 2016 at 6:16 am

    अंगिकृत लाई रास्ट्रपति बनाउन लाग्यो भनेर खुब हल्ला गरेको थियो त ! यहाँ त छैन ?

    Reply
  5. Suman bhote says:
    November 30, 2016 at 3:05 am

    Thik6, yedi sabai party happy chan bhane…..
    tharu haru pani aba politics ma aaune thulo chance bhayo….
    if all problem will be solved with this, i am happy to go for this changes…
    let us finish this uncertainty, and move in country development…

    Reply
  6. कृष्ण राज अर्याल says:
    November 30, 2016 at 3:01 am

    कुनै ब्याक्ती वा पार्टी को पल्ला हेरिकन बनाईएको खाकाले दुर्गामी असर् पर्ने हुदा , राष्ट्र राष्ट्रियता लाई संझेर भोलिको पिढीले मलाई नधिक्कारोस् भन्ने गरि काम गर्यो भने उपयुुक्त होला, विषयका ज्ञाता जानकारलाई सुप्पेर उनिहरूले बनाएको खाकामा छलफल गर्दा निकै राम्रो हुनेछ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme