Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मैले पत्रकारितामा नयाँ पाठ सिकेँ, गल्ती हुन पुगेको भए क्षमा याचना गर्न चाहन्छु : सुमन खरेल

Posted on November 25, 2016November 25, 2016 by Salokya

suman-kharel नेपाली समाज एउटा परिवारको व्यक्तिगत मामिलामा यो साता बेसरी फँस्यो। पक्ष विपक्षका अनेक कुरा आए। सुरुमा उनका श्रीमानविरुद्ध गाली बर्सियो। पछि कन्चन र कार्यक्रम प्रस्तोता सुमन खरेलप्रति आलोचना तेर्सियो। ‘नखुलेको आकाश खुलेर आयो’ भनेर कन्चन शर्मा रेग्मीले वाचन गरेको कविता कसको हो भन्ने खुले पनि यो प्रकरणका अनेक कुरा अझै खुलेको छैन। यत्रो ठूलो बहसको विषय भएको यो प्रकरणमा प्रेस काउन्सिल चैँ चुप लागेर बसेको छ। सुमन खरेलले भने हिजोको कार्यक्रममा तीन मिनेटको वक्तव्य पढ्दै आफूले पत्रकारिताको लामो यात्रामा पहिलो पटक नयाँ पाठ सिकेको र ‘गल्ती हुन पुगेको भए क्षमा याचना गर्न चाहन्छु’ भने।

यस्तो थियो उनको वक्तव्यको अंश-

भनिन्छ जीवन एउटा पाठशाला हो। उक्त कार्यक्रमको प्रसारणपछि पत्रकारिताको यति लामो यात्रामा मैले पनि केही नयाँ पाठहरु सिकेको छु। पत्रकारिता धेरै हदसम्म एउटा विश्वासमा चलेको हुन्छ। समाचार सूत्रप्रतिको विश्वास। समाचार पात्रप्रतिको विश्वास। तर कहिलेकाहीँ त्यही विश्वास अलि धमिलो हुन पुग्दो रहेछ। उक्त कार्यक्रमबाट हाम्रो समाजमा पत्नीप्रतिको स्नेहभाव र आमाप्रतिको सेवाभावमा वृद्धि होस् बस त्यति थियो हाम्रो चाहना। त्यही क्रममा केही गल्ती हुन पुगे्को भए म आफ्नो ईश्वर, ईश्वरसरहका आफ्ना दर्शक स्रोता, मोहन रेग्मी उहाँका छोराहरु उहाँको परिवारका अन्य सद्स्यहरु र कञ्चन शर्मा रेग्मीको जीवन यात्रासँग जोडिएका सबैसँग क्षमा याचना गर्न चाहन्छु।

छुटाउनु भएको भए सुमन खरेलसँग तरकारीवालीको यो अन्तर्वार्ता पनि हेर्नुस् है अनि कस्तो लाग्यो तल कमेन्टमा लेख्नुस्

8 thoughts on “मैले पत्रकारितामा नयाँ पाठ सिकेँ, गल्ती हुन पुगेको भए क्षमा याचना गर्न चाहन्छु : सुमन खरेल”

  1. Mahesh Khanal says:
    November 25, 2016 at 4:18 pm

    सुमन जी
    तपाई बी बी सी मा धेरै समय काम गरिसक्नु भएको रहे छ।
    बी बी सी को नेपली समाज ले हदैसम्म को बिस्वास गर्ने भा को ले त्यसको फाईदा उठाउनु भो के टी भि मार्फत
    मित्र
    पत्रकारिता तपाईले गरे जस्तो सजिलो बिषय होइन
    अब उप्रान्तईन्टरभियू गर्ने पात्र को तिनपुस्ता अध्यान गर्नु पर्यो
    कुनै बेला हामि नि त्यसै गर्थेउ र बिबादमा आएनौ
    हिरो नि बनेनौ।

    Reply
  2. Suresh Acharya says:
    November 25, 2016 at 2:48 pm

    बाक्याङ्स हेर्दा सुमन जि लाई अझै पनि गल्ती भए जस्तो लागेको रहेनछ ।
    ठेट नेपाली पारा 😉

    Reply
  3. Babu says:
    November 25, 2016 at 6:50 pm

    गल्ति भयको हो कि होइन अब कसले भन्ने त अब.. सारै बाठो हाम्रो #सुमन_भाई

    Reply
  4. Dhruba Maharjan says:
    November 25, 2016 at 12:44 pm

    He has apologised and demonstrated his professionalism. I really appreciate that.

    Reply
  5. Shankar says:
    November 25, 2016 at 1:45 pm

    लुतो कन्याएर चमेलीको बास त् आउन्न्न?
    दिल भुसन पाठक ले २ बिसय मा पी यच दि गरेकी र मिसेल ओबामा कि साथि , हिलारीकी साथि भनेर एउटी फटाहआइमाइको नतमस्तक भएर अन्तर्वार्ता लियो , हामि समेत झुक्कीयेम |
    सत्य तथ्य बुझेर मानिस को व्यक्तिगत टिप्पणी गरम | जथाभाबी बोल्न झुटो बोल्न त् हामीले मन्त्रि , बिधायक हरु र प्रधान मन्त्रि राखे का छम |

    Reply
  6. Jay Gotame says:
    November 25, 2016 at 7:08 am

    पीडा पाउने र पीडा दिनेको बिचमा समाज सेवाको नाममा तेस्रो ब्यक्ती प्रवेश गर्दा खडा भएको बखेडा हो ।
    आशुको ब्यापार गर्ने ब्यापारी बढेको समाजमा यस्तै हो ।

    Reply
  7. Rajendra Tamrakar says:
    November 25, 2016 at 6:57 am

    अहिले सम्म अलमल्लै पर्नु भएको भए केहि नभनम् । समिक्षा गर्न सकिन्छ घटनाक्रमलाई !

    Reply
  8. Bed Nath Neupane says:
    November 25, 2016 at 6:46 am

    गल्ती हरेक मान्छे बाट जान अन्जानमा हुन सक्छ,आफ्नो गल्ती महसुस गर्नु नै असल ब्याक्तित्वको परिचय हो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme