Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मध्यरात हुनुअघि रित्तो सडकमा ट्रकको छतमा चीसो खुवाउन खेलाडीलाई राखेर नगर परिक्रमा

Posted on November 17, 2016November 17, 2016 by Salokya

nepalteam-47
एएफसीको सदस्य भएको ६२ वर्षपछि नेपालले उसले आयोजना गरेको प्रतियोगिता जितेर ऐतिहासिक उपलब्धि हासिल गर्‍यो। तर यो सोलिडारिटी कप भनेको हरुवा-हरुवा टिमहरु सहभागी हुने प्रतियोगिता हो भनेर सत्य के लेख्या थिएँ, धेरैलाई तीतो लागेछ। वास्तवमा विश्वकपको तेस्रो स्थानको खेल पनि सेमिफाइनलका दुई हरुवा टिमबीच नै हुने हो। हार्नु जित्नु खेलको अभिन्न अंग हो। हरुवा लेखेकैमा धेरैलाई रिस उठेछ। तर रिस उठ्दैमा सत्य झुटो हुँदैन। सोलिडारिटी कप विश्वकप र एसिया कपको पहिलो चरण र दोस्रो चरणमा हारेका हरुवा टिमहरुबीच हुने प्रतियोगिता नै हो। रिस उठेर टाउको भित्तैमा फोरे पनि यो सत्य गलत ठहरिँदैन। बरु सत्य लेख्दा रिस उठ्नेहरुलाई जितुवा टिमलाई एन्फाले गरेको ‘सम्मान’ देख्दा चाहिँ रिस उठेछ कि उठेनछ? हिजो राति कप बोकेर आएका खेलाडीलाई मध्यरात हुनु दुई घण्टाअगाडि आर्मीको ट्रकको छतमा राखेर सहर घुमाइयो। सडकमा दायाँबायाँ उभिएर स्वागत गर्ने फ्यानहरु थिएनन्।
nepalteam-28
आउन त खेलाडीहरु साढे आठ बजे नै आउने भनेका थिए। तर र्‍याली सुरु हुँदासम्म राति १० बज्यो। राति नगर परिक्रमा गराउन के रहर चल्यो एन्फालाई कुन्नि। नगर परिक्रमा त फ्यानहरुले सडकको दायाँबायाँ बसेर खेलाडीहरुलाई अभिनन्दन गर्दा पो रौनक हुन्थ्यो।

विमानस्थलमा मात्रै स्वागत कार्यक्रम राखेको भए ठीकै हुन्थ्यो। फ्यानहरु त त्यहाँ पुगेकै थिए। पदाधिकारीहरु त्यहाँ खादा लगाइसकेपछि मजाले एसी गाडीमा चढेर जाने, अनि खेलाडीलाई चाहिँ आर्मी ट्रकको छतमा मंसिरको चीसो रात हावा खान बसाउने?

त्यो पनि दायाँबायाँ फ्यानहरुको उत्साहपूर्ण भिड भएको भए चीसो खेलाडीहरुले पचाउँथे होला। रित्तो सडकमा केको नगर परिक्रमा?

भोलिपल्ट विजय र्‍याली गरेको भए चाहिँ के हुन्थ्यो? कि सडक जाम हुने डर हो? जामै भए पनि भारतीय राष्ट्रपति आउँदा त सहेका राजधानीवासीहरुले आफ्नै देशका खेलाडीहरुको सम्मानका लागि त्यति त सहिदिन्थे होला नि।

1 thought on “मध्यरात हुनुअघि रित्तो सडकमा ट्रकको छतमा चीसो खुवाउन खेलाडीलाई राखेर नगर परिक्रमा”

  1. yonex says:
    November 17, 2016 at 4:50 pm

    Wrold cup jeeta ko vaye po deuso rally nikal xa losser haru sanga jeeta ra aye ko ho kheladi haru maano bal badau na aati garayo yao pani ramrai ho salokke ji tara nepali haru aati murkha hunxan van ne dekha ko thi na ( ukhan xa ni kauwa le kan lage paxi kan cham nu kaha ho kaha kan ko pachadi dod ne ) tesatai gara ka xan pai la ko blog pade paxi reality buj nu kaha ho kaha patrakar lai gali garxan asai le ta desh paxi ga ko ho aru desh ma vaye ko vaye kai matlab hunthana asto game jit da nepal ra nepali haru tati kai upinxan

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme