भोलि कात्तिक २५ गते बिहीबार फाल्गुनन्द जयन्ती परेकोले सार्वजनिक विदा भन्दै फोटोसप गरिएको गृह मन्त्रालयको फेक डकुमेन्ट सोसल मिडियामा सेयर हुन थालेको छ। तर यो गलत हो। भ्रममा नपर्नु्स्। बिहीबार सार्वजनिक विदा होइन। फाल्गुनन्द जयन्तीमा किरात धर्मावलम्बी सरकारी कर्मचारीहरुलाई मात्र विदा हुने सूचना राजपत्रमा यसअघि नै प्रकाशित छ। हेर्नुस् राजपत्रको सूचना भित्र।
भोलि बस्ने भनिएको संसदको बैठक फाल्गुनन्द जयन्ती नै परेको भन्दै पर्सिका लागि सारिएकोले पनि धेरैलाई भ्रम परेको हुनसक्छ। कृपया भ्रम चिर्न मद्दत गर्नुस्। बिहीबार सार्वजनिक विदा छैन।
यस्ता भ्रम छर्ने सेतोपाटी डटकम लगयतलाई कार्वाही होस !!!