Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कारण थाहा भएर पनि भन्न नमिल्ने कस्तो ‘विशेष कारण’ हो?

Posted on November 2, 2016November 2, 2016 by Salokya

cwox5ptuaaaykvn
भारतीय राष्ट्रपतिले १८ वर्षपछि नेपालको भ्रमण गर्दैछन् आजदेखि। औपचारिक भ्रमण भएपछि जुन देशमा पनि सवारी चलाउँदा केही समय भए पनि सर्वसाधारणलाई अप्ठेरोको सामना गर्नुपर्छ नै। तर नेपालमा चाहिँ आज सवारी हुने ठाउँ, जिल्ला मात्र हैन, सिङ्गो देश र विदेशस्थित कुटनीतिक नियोगमा समेत विदा दिइयो। त्यसो त चिनियाँ राष्ट्रपति आएको भए पनि हुने यस्तै थियो, सात वर्षअघि श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष आउँदा पनि सडक यस्तै थियो। तर यस पटक भने अघिल्लो वर्ष नाकाबन्दीको पीडा सहेका कारण नेपालीहरुको आलो घाउमा नून छर्किए सरह भएको छ भारतीय राष्ट्रपतिको भ्रमण र त्यसले निम्त्याएको सास्ती।

सार्क शिखर सम्मेलनमा जस्तो कडा सुरक्षा र बाटो बन्द यसपालि नभए पनि हल्ला चैँ व्यापक भएको छ। सवारी रुटमा दुई घण्टा अघिदेखि आवागमन रोकिने भएपछि सास्ती त हुन्छ नै। तर पैदलै हिँड्न नदिएको चाहिँ सवारी हुनुभन्दा केही मिनेट अघि र पछि मात्रै हो।

धन्न बुधबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउने दिन सार्वजनिक विदा थियो। बिहीबार त विदा छैन। बिहीबार चाहिँ मान्छेले बुधबार गरिएको हल्लाभन्दा बढी सास्ती बेहोर्नुपर्ने निश्चित छ।

ट्राफिक प्रहरी आफैले पनि मोबाइलमा एसएमएस र फेसबुकमा सूचना राखेर अवरुद्ध हुने रुटको बारेमा जानकारी दिएको छ। यो सूचनामा ‘विशेष कारणवश’ लेखिनु चाहिँ हाँसो उठ्ने लाग्यो। कारण त सबैलाई थाहा छ नि भारतीय राष्ट्रपतिको भ्रमण भनेर। कारण लुकाउनु पर्ने चाहिँ किन होला?

bises
14639633_1296263827090726_730375411529627784_n
14937284_1296264333757342_1203617038046694033_n

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme