Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देउसीभैलोलाई पनि गाईजात्रा बनाइछाडे सिस्नुपानी नेपालले, हेर्नुस् मनोज गजुरेल र धुर्मुसले हँसाएको!

Posted on October 31, 2016October 31, 2016 by Salokya

oli-prachanda
देउसी भैलो र गाईजात्रा फरक कुरा हुन्। दुवैको परम्परा फरक छ। दुवै मनाउने तरिका पनि फरक छ। तर हास्य कलाकारहरुलाई जतिखेर पनि हसाउने कुरा नै फुर्छ। सिस्नुपानी नेपाल त्यस्तै हसाउने पेशा भएका कलाकारहरुको समूह हो। यसले आखिरमा देउसीभैलोलाई पनि गाईजात्रा जस्तै हँसाउने पर्व बनाइरहेको छ। केही वर्षअघि मिडिया मिडियाको दैलो चहार्दै गाउँदै हिँड्ने सिस्नुपानी नेपालको व्यङ्ग्यात्मक देउसी भैलो तीन वर्षअघि प्रज्ञा प्रतिष्ठानको दैलो हुँदै पोहोरदेखि हलभित्रै प्रवेश गरेको छ। अब केही वर्षपछि टिकट किन्नुपर्ने शो पनि हुने हो कि! फेरि यो देउसी भैलो शो हेर्न प्रधानमन्त्रीदेखि प्रधानसेनापतिसम्म, मन्त्रीहरु र नेताहरु उपस्थित हुने।

सिस्नुपानीको देउसी भैलो मात्र हैन, मनोज गजुरेलले प्रचण्ड भएर र धुर्मुसले केपी ओली भएर दर्शक दीर्घामा बसेका साँच्चिकैका प्रधानमन्त्री प्रचण्ड र केपी ओलीलाई हँसाउनु हँसाए।

हेर्नुस् भिडियो-

coas
प्रधान सेनापतिसमेत कार्यक्रम हेर्न आएका थिए।

olipatni
केपी ओली पत्नी राधिका शाक्य हाँस्दै।

pm
प्रधानमन्त्री दङ्ग पर्दै। पछाडितिर उनका पिएसमेत रहेका छोरा प्रकाश दाहाल जसलाई सिस्नुपानीले व्यङ्ग्य गर्दै यसो भने- प्रधानमन्त्री प्रचण्डका केटाकेटी पिए छन्
खेल्दाखेल्दै फेसबुक प्वाल् पारी दिएछन्
आफूलाई बचाउँदै हल्लीखल्ली मच्चाउँदै
जाने भयो नौ महिना त्रुटी सच्याउँदै।

कस्तो थियो त सिस्नुपानीको देउसी भैलो? पढ्नुस्

2 thoughts on “देउसीभैलोलाई पनि गाईजात्रा बनाइछाडे सिस्नुपानी नेपालले, हेर्नुस् मनोज गजुरेल र धुर्मुसले हँसाएको!”

  1. Shankar says:
    October 31, 2016 at 2:09 am

    धुर्मुस र मनोज लाइ धेरै धन्यबाद | प्रचण्ड र ओली दुवै लाइ राम्रो व्यंग गरे , बिसेस प्रचण्ड लाइ लाग्दो पनि होला , दक्षिण तिर फर्केर नै पनि हात ले चै उत्तर तिर का लाइ बोलाउनु पर्ने आजको लागि अति अनिबार्य छ | देश मा चिनिया लागनी भित्राउनु , कोराला नाका तुरुन्त संचालन मा ल्याउनु , रेल मार्ग द्वारा तीबाट सग जोडिनु हाम्रो देश को स्थायित्त्व ला लागि न भै न हुने कुरा हुन् | कोर्ला नाका , केरुङ्ग नाका ( सायद ), तातो पानि बात निर्बाध रुप मा चिनिया नजिक पुग्न पाए देश ले काँचुली फेर्ने थ्यो |
    खैर यो सब को लाइ दुवै पक्ष्य चाहिने भए पनि आफ्नो देश मा शान्ति सुरक्ष्या , भ्रास्ताचार नियन्त्रण र स्थानीय चुनाब त् गराउन सक्नु पर्ने हो |
    न भए के भुत्रो को क्रान्तिकारी नेता , पद मा बस्ने देश लुट्ने लुटेरा मात्र |

    Reply
  2. Karki D. says:
    October 31, 2016 at 2:00 am

    पात्रको हिसाबले हेर्दा मनोज गजुरेलको अभिनय र प्रस्तुती अब्बल देखियो । धुर्मुसको अभिनय र प्रस्तुती मेरि बास्सैको वडा प्रमुख जतिको पनि देखिएन । यो देउसी/भैलो भन्दा पनि दोहोरी जस्तो देखियो ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme