Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मेलबर्नको स्थानीय चुनाव : एक हप्तामा बल्ल आयो प्रारम्भिक परिणाम, तीन जनै नेपाली उम्मेदवार पराजित

Posted on October 29, 2016 by Salokya

raju-shakya-parsuram
अस्ट्रेलियाको मोरल्यान्ड सिटी काउन्सिलमा शनिबार भएको मतदान। कति दिनमा परिणाम आउला? आज त एक हप्ता भइसक्यो। अहँ, अझै पूर्ण परिणाम आइसकेको छैन। शुक्रबार पहिलो प्राथमिकताका भोटहरु गनेर प्रारम्भिक परिणाम सार्वजनिक गरिएको छ। पूर्ण परिणाम अबको एक हप्तापछि अर्थात् नोभेम्बर ४ सम्म आउने भनिएको छ। मतलब मतगणना दुई सातासम्म चल्दो रैछ। यस पटकको स्थानीय चुनावमा पहिलो पटक नेपाली मूलका उम्मेदवारहरु पनि उठेकोले चासोका साथ हेरिएको थियो। तर तीन जनै नेपाली उम्मेदवार प्रारम्भिक परिणाम अनुसार पराजित भएका छन्।

अस्ट्रेलियामा नेपालीहरु बसोबास गर्ने राज्यहरुमध्ये दोस्रो नम्बरमा पर्छ भिक्टोरिया। यसैको राजधानी मेलबर्नको मोरल्यान्ड सिटी काउन्सिलका ११ सदस्य छान्न गएको शनिबार मतदान भएको थियो। अस्ट्रेलियाको चुनावमा नेपाली मूलका उम्मेदवार बनेको पहिलो अवसर भएकोले त्यहाँका नेपालीहरु माझ यो निर्वाचन चासोका साथ हेरिएको थियो।

यो महिनाको सुरुमा मेलबर्न पुग्दा त्यहाँ लागेको चुनावको माहौल हेर्न पाइएको थियो। चार जना सदस्य छान्नु पर्ने North-West Ward मा दुई जना नेपालीको उम्मेदवारीले भएको थियो। एक जना नेपाली हुन् भने एक जना नेपाली मूलका भुटानी। नेपाली Vs नेपालीको प्रतिस्पर्धामा दुवै नेपाली पराजित भएका छन्।

कस्तो आयो प्रारम्भिक परिणाम
morelandsummary चुनाव मोरल्यान्ड सिटी काउन्सिलका ११ काउन्सिलरको हो। यो सिटी काउन्सिलमा तीन वटा वडा छन्। दुई वटा वडाबाट चार-चार जना काउन्सिलर चुनिन्छन् भने एउटा वडाबाट तीन जना। चुनिएका काउन्सिलरहरुले आफू आफूबाट एक जना मेयर र एक जना डेपुटी मेयर चुन्छन्। North-West Ward मा Gowanbrae, Glenroy, Hadfield, Oak Park, Pascoe Vale र Pascoe Vale South रहेका छन्। यो वार्डमा दुई जना नेपाली उम्मेदवार छन्- नेपाली मूलका भुटानी परशुराम शर्मा लुइँटेल र नेपाली मूलका राजु शाक्य। North-East Ward मा Fawkner, Coburg North र Coburg रहेको छ। त्यस्तै South Ward मा Brunswick का अधिकांश भाग, Brunswick West र Brunswick East रहेका छन्। यो वार्डमा एक जना नेपाली उम्मेदवार छन्- विजय भुषाल।

राजु शाक्यको प्रचार सामाग्री। फोटो: उनकै फेसबुक
राजु शाक्यको प्रचार सामाग्री। फोटो: उनकै फेसबुक

पहिलेदेखि आएका नेपालका नेपाली र भुटानबाट लखेटिएपछि नेपालमा शरण लिई बसेकाहरुलाई शरणार्थी शिविरबाट पुनर्स्थापनका लागि ल्याइएका ‘नेपाली’ बीच खाडल रहेछ। त्यही प्रतिबिम्बित भएको थियो चुनावमा। हाल भिक्टोरिया पुलिसमा multicultural liaison officer का रुपमा कार्यरत परशुराम चुनावमा उठेपछि उम्मेदवारी दिने अन्तिम समयतिर धेरै पहिले नै अस्ट्रेलियामा सेटल भएका नेपाली राजु शाक्यले उम्मेदवारी दिए। उनी मेलबर्नमा नेपाली कार्यक्रम गरिरहने स‍ंस्था सोल्याङ्गचरका क्रियटिभ डाइरेक्टर पनि हुन्।

घरघरमा पोस्टर राजु शाक्यको भन्दा परशुरामको बढी देखिन्थ्यो हामी हुँदा।

मतगणनाको प्रारम्भिक परिणाम आउँदा भने दुईको भोटमा खासै अन्तर देखिएन। त्यहाँ हुने समानुपातिक मतगणना अनुसार राजु शाक्यको पहिलो प्राथमिकताको मत थियो ७७२ र परशुरामको थियो ८७४।
vote1

परशुरामका समर्थक। फोटो: उनकै फेसबुक
परशुरामका समर्थक। फोटो: उनकै फेसबुक

अर्का उम्मेदवार पनि अन्तिम
साउथ वार्डको ३ जना सदस्य चुनिने ठाउँमा उम्मेदवार भएका विजय भुषाल त्यहाँका १३ उम्मेदवार मध्ये एक्ला नेपाली हुन्। तर उनलेे पाएको मत उल्लेखनीय रहेन। मात्र १०८ भोटका साथ उनी अन्तिममा रहे।
vijay

हुनत यो अस्ट्रेलियामा नेपाली मूलका बासिन्दाले गरेको पहिलो प्रयास हो। तर नेपाली उम्मेदवारहरुले पाएको मत र अरु उम्मेदवारहरुले पाएको मतको तुलना गर्दा देखिन्छ यहाँको मूलधारे राजनीतिमा आउन नेपालीहरुलाई अझै धेरै समय लाग्ने स्थिति छ। त्यसो भए के अझै नेपाली दलहरुको भ्रातृ संस्थाकै गतिविधिहरु गरेर अर्थात् नेपालकै राजनीति गरेर त्यहाँका नेपाली मूलका बासिन्दाहरु बस्नेछन् ? के लाग्छ तपाईँलाई ?

2 thoughts on “मेलबर्नको स्थानीय चुनाव : एक हप्तामा बल्ल आयो प्रारम्भिक परिणाम, तीन जनै नेपाली उम्मेदवार पराजित”

  1. Gaire Jhabindra says:
    October 29, 2016 at 2:26 am

    नेपाल संग नाता जोडिएको मान्छे जहाँ गए पनि राजनिती गर्न छोड्दैन …….!!!

    Reply
  2. Bishal Tamang says:
    October 29, 2016 at 2:24 am

    Yo ta hunu nai thiyo

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme