Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्या काइदाको सिक्वेन्स : बिहान दुई पत्रिकामा सर्वोच्चको विरोध, दिउँसो लोकमानलाई अप्ठेरो पार्ने सर्वोच्चको आदेश, साँझ अख्तियारको लडाकु शिविर भ्रष्टाचार छानबिन घोषणा

Posted on September 17, 2016 by Salokya

1465736181lokman शुक्रबार देशका प्रधानमन्त्री भारतमा औपचारिक भेटघाटमा व्यस्त थिए। यता नेपालमा पनि कम्ता चाखलाग्दो घटना भएन। घटनाक्रम सर्सर्ती हेर्दा निकै रमाइलो छ। तपाईँ हामीलाई पो केही थाहा हुन्न, दुई वटा पत्रिका अन्नपूर्ण पोस्ट र नयाँ पत्रिकालाई भने थाहा रहेछ- सर्वोच्चले के फैसला गर्दैछ भनेर।

बिहानै यी दुई पत्रिकामा सर्वोच्चको विरोध गरिएको थियो। नयाँ पत्रिकामा समाचार छापिएको थियो भने अन्नपूर्ण पोस्टले सम्पादकीय छापेको थियो। कन्टेन्ट लगभग एउटै। नयाँ पत्रिकाको समाचार अख्तियारबाटै लेखिएर आएको भन्ने कुरो अरु समाचारमा कहिले नलेखिने नामको अगाडि श्री लेखिएको समेत चिप्लिएर छापिएको देख्दा हुन्छ।

यस्तो थियो समाचार-

nayapatrika
nayapatrika1

अब यो समाचार एकचोटी राम्रोसँग पढ्नुस्। संसारमै  नभएको अभ्यास सर्वोच्चले थाल्यो भनिए पनि कसले भन्यो चाहिँ खुलाइएको छैन। कानुनविद्हरुले बताएको लेखिए पनि हरुको त कुरै छाडौँ एक जना विदको पनि नाम खुलाउन सकेको छैन समाचारले।

त्यस्तै अन्नपूर्ण पोस्टको सम्पादकीय यस्तो थियो-

सर्वोच्चमा जग हँसाइ
सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी आफ्नै फैसलाको ‘पुनरावलोकन’ प्रक्रियाको सिलसिलामा उनको नियुक्तिसम्बन्धी सारा तथ्य र विवरण झिकाएको छ । सरकारले ती सबै दस्ताबेज भुइँचालोमा पुरिएको र तत्काल उपलब्ध हुन नसक्ने जबाफ दिएको छ ।
सर्वोच्चबाट एकपटक फैसला भएपछि स्पष्ट परिभाषित अवस्थामा मात्र पुनरावलोकन हुने या भएका नजिर छन् । तात्त्विक असर पर्ने तथा फैसला भइसकेपछि मात्र थप तथ्य जानकारीमा आएको अवस्थामा या स्थापित नजिर तथा कानुनी सिद्धान्त प्रतिकूल निर्णय भएको देखिएमा पुनरावलोकन हुनैपर्छ, भएका छन् ।
त्योसँगै अघिल्लो फैसलाका क्रममा न्यायाधीशहरूबाट गैरन्यायिक आचरण या मनशाय देखापरेको अवस्थामा फैसलाको पुनरावलोकनसँगै न्यायाधीशविरुद्धका कारबाही स्वाभाविक या वाञ्छित कदम नै मानिन्छन् ।
न्यायाधीशहरूसँग विवेक प्रयोगको असाधारण अधिकार हुन्छ, तर अन्ततोगत्वा त्यसलाई संविधानको चौघेरा, पूर्वदृष्टान्त या नजिरकै पृष्ठभूमिमा हेरिनेछ । न्यायाधीशहरूको रिक्त पदपूर्तिका क्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले २२ हजार मुद्दा वर्षौंदेखि विचाराधीन रहेको र न्याय सुनिश्चित गर्न तत्काल नियुक्तिका लागि कडा र प्रसंशनीय अडान लिएकी थिइन् ।
त्यस अर्थमा अदालतको समय अत्यन्त महत्त्वपूर्ण मानिन्छ, किनकि हरेक क्षण अनर्थमा गुम्दा पीडितले भोगेको अन्यायको वेदना लम्बिन्छ । त्यस अर्थमा सार्वजनिक सरोकारका विषयमा व्यक्तिले पुनरावेदनमार्फत अदालतको समय लिने परम्पराको दुरुपयोग नहोला र ?
न्यायपालिकाको अधिकार क्षेत्र र न्यायाधीशहरूको विवेकमाथि प्रश्नचिह्न उठाइनु हुँदैन । तर नयाँ नजिर बन्दा त्यसले विवाद सिर्जना गर्छ । कार्की नियुक्ति रेकर्ड सम्बन्धमा सरकारले दिएको जबाफ हास्यास्पद मान्ने या तथ्य ? एउटा पक्ष हो ।
अर्को पक्ष ‘एक्टिभिस्ट’ र ‘पार्टी’ कोटाबाट न्यायाधीश नियुक्त भई न्यायिक निष्पक्षताबारे अनेक आशंका बढेको वर्तमान सन्दर्भमा २०७१ असोज ८ मै न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रद्वारा खारेज गरिएको मुद्दाविरुद्ध पुनरावलोकन याचिका ‘सार्वजनिक हित’ मै रूपमा दायर गरिनुले सार्वजनिक हितभन्दा व्यक्तिगत कारणले प्रश्रय पाएको त छैन भन्ने प्रश्नसमेत उठेको छ । ‘लोकस स्ट्यान्डी’ स्थापित गर्नु नपर्ने अवस्थाको दुरुपयोग हुन थाल्यो भने सर्वोच्चमा यी मामिलाहरूको बाढी लाग्नेछ ।
त्योसँगै संवैधानिक परिषद्मा संलग्न दुई पूर्वप्रधानन्यायाधीशहरू खिलराज रेग्मी र त्यसपछि दामोदर शर्मासमेतको संलग्नतामा अख्तियारलगायत विभिन्न संवैधानिक आयोगहरूमा पदपूर्ति भएका छन्, यद्यपि दलीय ‘कोटा’ पद्धतिले गाह्यता पाएका छन् ।
कल्याण श्रेष्ठ प्रधानन्यायाधीश हुँदा सर्वोचचका बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी नै कार्यकारी प्रमुख हुनु संविधान अनुकूल छैन भनी विचाराधीन रहेको मुद्दाको किनारा लागेको भए सम्भवतः सर्वोच्च अदालत यसरी विवादमा तानिने थिएन अहिले पनि ।
वास्तवमा संवैधानिक आयोगहरूको नियुक्तिसम्बन्धी विषय अब राजनीतिक समीक्षा र सुधारको विषय हुनुपर्दछ । त्यसले न्यापालिकासमेतलाई गाँज्दा भोलि न्यायपालिका थप विवाद र अविश्वनीयताको भुमरीमा नतानिएला र ?

भनेपछि लोकमानलाई आज शुक्रबार आफूविरुद्ध फैसला आउँदैछ भन्ने थाहा भएरै आफ्नो आदेश चल्ने दुई पत्रिकामा यसरी मिडिया क्याम्पेनिङ गराएका हुन् त? कि यस्तो छापिएपछि उल्टै बुमर्‍याङ भएर लोकमानलाई नै लागेको हो?

दिउँसो प्रधानन्यायाधीश सुशीला कार्कीसहितको सर्वोच्च अदालतको संयुक्त इजलासले उत्प्रेषणयुक्त यस्तो आदेश दियो लोकमानविरुद्ध-
csdrzebueaakfdy
csdrbfmuiaabul8

सर्वोच्चको आजको आदेशमा सर्वोच्चकै यसअघिको आदेश कानुनी सिद्धान्त विपरीत भएको जिकिर गरिएको छ। आदेशका अनुसार सं‌विधानको धाराको पूर्ण रुपमा व्याख्या नगरी समयावधिलाई मात्र हेरी गरिएको छ। यसलाई सर्वोच्चले प्रिन्सिपल अफ कन्स्टिच्युसनल कन्सट्रक्सनको कानुनी सिद्धान्तको विपरीत भनेको छ।

तत्कालीन अन्तरिम संविधान २०६३ को धारा ११९ (५) मा अख्तियारका प्रमुख आयुक्तको योग्यतामा लेखा राजस्व, इन्जिनियरिङ, कानुन, विकास वा अनुसन्धानको क्षेत्रमा कम्तिमा २० वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको उल्लेख छ।

सर्वोच्चले यसअघि गरेको फैसलामा लोकमानले २०४१ सालदेखि २०४७ सालसम्म राजप्रासाद सेवामा गरेको कामलाई नै विशेषज्ञताको योग्यतामा समावेश गरेको थियो। आजको उत्प्रेषणयुक्त परमादेशले यसैलाई कानुनी सिद्धान्त विपरीत भनेको हो। भनेपछि अब २०७१ असोज ८ मै न्यायाधीश गोपाल पराजुली र ओमप्रकाश मिश्रद्वारा खारेज गरिएको मुद्दाविरुद्ध पुनरावलोकन हुनेछ।

भूकम्पमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका प्रमाणपत्र हराएको सचिवको जवाफप्रति सर्वोच्च अदालतले प्रहार गरेको छ।

सर्वोच्चले आज परमादेश जारी गर्दै भनेको छ – यस अदालतको आदेशानुसार माग गरेको कागजात फाइल सम्बन्धित निकायहरुबाट समयमा अदालत पठाउने कार्य नगरी फेला परेपछि पाठाउने भनी गैर जिम्मेवारीपूर्ण जवाफ पठाएको देखियो।’

सर्वोच्चको आदेशमा पूर्व आदेश अनुसारको फाइल कागजात सात दिनभित्र नपठाएमा न्याय प्रशासन ऐन २०७३ को दफा ३४ (२) अनुसार कारबाही हुने भनिएको छ।

उक्त दफामा अदालतले माग गरेको मिसिल, लिखत वा जवाफ कुनै कार्यालयले प्रचलित कानून बमोजिमको वा अदालतले तोकेको अवधिभित्र नपठाएमा अदालतले सम्बन्धित कार्यालयको प्रमुख वा कर्मचारीलाई पटकै पिच्छे एक हजार देखि दश हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ।

भनेपछि लोकमान अब साँच्चै तर्सनु पर्ने दिन आएछ। र त, हतारहतार साँझ आयोजित पत्रकार सम्मेलनमा अख्तियारले घोषणा गर्‍यो- माओवादी लडाकु शिविरमा भरणपोषणका लागि पठाएको रकममा भएको घोटालाबारे छानबिन सुरु भयो।

यसमा प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति नन्दकिशोर पुन, शिविरको पैसा बुझ्ने हालका अर्थमन्त्री कृष्णबहादुर महरा सबै मुछिनेछन्। प्रतिशोध साँध्नका लागि अख्तियारले यसो गरेको भने पनि घोटाला त सामान्य आँखाले हेर्दा पनि देखिने नै विषय हो।

अब रमाइलो हुनेछ को फँस्लान् त – लोकमान निकालिएला कि नेताहरु भ्रष्टाचारको फन्दामा पर्लान्। कि दुवै भ्रष्ट जाकिएलान्?

14 thoughts on “क्या काइदाको सिक्वेन्स : बिहान दुई पत्रिकामा सर्वोच्चको विरोध, दिउँसो लोकमानलाई अप्ठेरो पार्ने सर्वोच्चको आदेश, साँझ अख्तियारको लडाकु शिविर भ्रष्टाचार छानबिन घोषणा”

  1. प्रविण says:
    September 22, 2016 at 9:58 pm

    जतिसुकै ढोल पिटेपनि हुनेवाला केहि छैन । लोकमानले माओवादीको छानविन गर्ने भन्ने नाटक पनि मञ्चन हुन्छ । पर्दा बन्द हुँदा माओवादीले सफाई पाईसकेको हुन्छ र ड्रेसिङ्ग रूमबाट बाहिर निस्कँदा लोकमानको नियुक्तिले पनि विधिवत भएको हो भन्ने ठहर भैसकेको हुनेछ । त्यसपछि माओवादीको पैसा पनि ह्वाईट, लोकमानको जागिर पनि स्थायी ।

    Reply
  2. Gaurab nepali "Oodaseen" says:
    September 19, 2016 at 9:14 pm

    लोकमान लै बोको बनौन मंत्रिपरिसाद एण्ड अदालत प्रयोग !!!! फाईल भेतियोरे !!!!! फाईल हराउनु र अदालत कराउनु लोकमान लै बोको बनाउनु नै रहेछ ! क्या मुखमा घाँसको बुझो लागेको ! लोकमान रहुन या नरहून , ठुलो माछा कर्याप कुरुप !!!!!!!!!!!

    Reply
  3. कल्याण says:
    September 19, 2016 at 8:15 pm

    यो सबै ग्रान्ड डिजाईन नेपालकै सबैभन्दा ठूलो आपराधिक भ्रस्टाचारि गिरोह कनकमणि एन्ड कम्पनी ले गरेको हो।आफ्नो इनट्रेस्ट मा लोकमान र माओबादि ले धक्का दिएका ले यो फासिस्ट गिरोह पत्रीका देखि अदालत सम्म चारै तिर बर्बराईरहेको छ।

    Reply
  4. Manoj Sharma says:
    September 19, 2016 at 2:45 pm

    प्रचन्ड महादेवले भारतमा के के सुम्पिन्दैछन, त्यो बाहिर आउछ र जनतामा खैलाबैला हुन्छ भनेर यो एसो “हड्डी” देको मात्रै हो,
    अरु केही हुँदैन, हेर्दाइ जाउ, अब हामी नेपाली सँग, नेता, देश र भाषा (त्यो पनि कती हो कती) हुन्छ तर नेपालीपन, नेपाली हरुको हक र अधिकार कतै पनि हुँदैन, भारत ले जे भन्यो तेही मात्रै गर्नु पर्छ अनी अली दिनमा तेही भारत जान पनि भारत कै स्विक्रिती चाहिन्छ

    हामी हाम्राइ देशमा बन्दी हुँदैछौ

    Reply
  5. nimesh, ktm says:
    September 18, 2016 at 9:41 am

    स्याल कराउनु र कुख़ुरा हराउनु सन्जोग जस्तै हो यो केहि पनि हुनेवाला छैन

    Reply
  6. Shankar says:
    September 17, 2016 at 8:06 pm

    देश बिहारी हरुले चलाई रा छ | भ्रास्ताचार कसरी रोकिन्छ ? भ्रस्टाचार को आमा बा नै बिहारी हुन् |लोकमान कार्की र सुसिला कार्किको बेला छ अहिले |

    प्रचण्ड इन्डिया ले पालेको , पोसेको , तालिम दिएको खुफिया व्यक्ति रहेछ भनेर इन्डिया को ठुला ठुला नेताले रहस्योद्घाटन गरि सकेको आजको अबस्था |हुन् पनि ”याक्सन साउन्ड लार्जर द्यान वोर्ड ” नेपालि जनता लाइ झुक्याउन एकातिर सुरुङ्ग युद्द गर्ने कुरा गर्यो आर्को तिर उसको क्रियाकलाप ले देश झन् इन्डियाको अजिंगारे मुख भित्र पस्दै छ |
    १) देश क्रमश चीन सग नजिकिदै सन्धि सम्झौता भएको थ्यो , मोदी सरकार आफै डराएर नाकाबन्दी खोलेको अबस्था थ्यो .फास्ट ट्रयाक आफैले बनाउने , चीन बात आवागमन सुचारु बनाउन नाका हरुको सुधार र अरु धेरै कुरा हुदै थे, चिनिया रास्ट्रपति आउने कुरा हुदै थ्यो |
    इन्डियन हरु ले डराएर देउवा र प्रचण्ड को हात बात ९ महिना पनि न भएको सरकार ढाल्न र तेस्पछि तुरुन्त रक्सौल बात पाइप लाइन आदि हुदै फेरी देश लाइ इन्डियन को पोल्टा तिर तान्ने काम गर्दैछन यिनीहरु |
    २) देउवा पनि अप्रिपक्क्वा र गिरिजा ले र ज्ञानेन्द्र ले फुट बल हानेको साचिकै तेस्कै लायक रहेछ | हिजो आफुलाई अयाम्बुस हाल्ने सगै कुम जोड्न गयो , तेस्मा पनि देश को हित को लागि भए त् राम्रै , देश घात गर्न | एसले ९ महिना पछि पी यम खाउला भनेर स्याल साँदेको गेडा झर्ला र खाउला जस्तो भनेर प्रचण्ड को पछि लागेको छ | जसको बोलीको कुनै ठेगान छैन , जसले आफ्नो स्वार्थ को लागि १४००० को बलि चडाएर आयको छो तेस्ताको भर पर्ने, राजनीतिको नाउमा इस खा | दुर्बुड्डी |

    समाज सानो एना हो , तेस्को प्रतिबिम्ब हो | गाउमा जैसीको जालो र कुमाइको घुमाइ भन्छन फेरी पनि ओली देश भक काम नै गर्यो . तर प्रचण्ड जाली हरामी जैसी हो |
    ९ महिना पछि देउवा पक्का , भया भया गर्न थाल्छ | देर्दै जाउ |

    Reply
  7. Gaurab nepali "Oodaseen" says:
    September 17, 2016 at 7:20 pm

    ठुलो माछा ठुलो फसादमा ! एक्लो बीर लोकमानको हिम्मत लै स्यालुट गर्ने पर्छ ! अख्तियारको दयेरमा आएका लै सम्बिधानको सपथ स्मरण को रित सर्बोच अदालतमा पर्यो भने के फैसला हुने हो हेर्न बाँकि छ ! भ्रस्टचारी देशद्रोही हो भन्न सर्बोच्ले सक्ला?????????????????????????????????????????????????????

    Reply
  8. राजन says:
    September 17, 2016 at 3:38 pm

    भारतको सर्वशक्तिमान हातले पदस्थापन गराएको भ्रष्ट लोकमान ले ब्यक्तिगत रीसयिवी साध्न पावर र समय दुरुपयोग गरेको सबैलाइ थाहा छ ।

    Reply
  9. Krishna Chandra says:
    September 17, 2016 at 2:32 pm

    लोकमान जाउन् केही छैन भ्रष्टाचारी नेताहरु जाकिउन् त्यो पनि राम्रै हुनेछ । तर जौ कुशको भरमा राष्ट्रियकरण हुनुपर्ने सम्पति दान पाएको भन्दै अकुत जमीन कब्जा गर्ने संसार भरि अ‌ंग्रेजी जान्ने नेपाली पत्रकार मै हूँ भन्ने झैँ गर्ने पाटन ढोकाका डनमाथिको कारवाही चाहिँ के हुने नि ? डा गोविन्द केसीलाइ शिखण्डी बनाएर शुरु गरिएको यो नाटकको पटाक्षेप पनि हुनु त पर्ला नि । नत्र सबै युरोपेली संघ नर्वे डेनमार्क लगायतको रकममा तर मार्ने सुकिला पत्रकारहरु एकतावद्ध भएर अहिले लोकमान हटाउ आन्दोलन गरिरहेको खास उद्धेश्य आफ्ना मुख्य मालिक पाटन ढोकाका डनकै सेवा र चाटुकारिता हो भनेर सबैले बुझ्ने नै छन् ।

    Reply
  10. hari says:
    September 17, 2016 at 9:56 am

    “Reservoir dogs” movie ko ending jastai hola.

    Reply
  11. Ram says:
    September 17, 2016 at 7:55 am

    हो लोक् मान corrupt हो! तर यो कुरा पहिलेनै decide भै सक्या हो! Supreme Court can’t decide same case twice , not good for the system !

    Reply
  12. sushil says:
    September 17, 2016 at 6:41 am

    यसको फाइल उसकोमा उसको फाइल उसकोमा,
    यो निकै जटिल विषय हो, सजिलै आंकलन गर्न सकिंदैन।

    Reply
  13. Ekraj says:
    September 17, 2016 at 6:15 am

    यो नाटक केहि दिनको रडाको मात्र हो| केहि कुरा हामी सबैले बुझ्न पर्ने:
    १. लोकमान सिङ्ग नेपाल को इतिहास मा निकै ठुलो भ्रस्ट बेक्ती र पफ्नो पद र मर्यादाको दुरुपयोग गरेको मान्छे हो| यसको वरिपरि ठुलै पोवेर र नेटवर्क छ| यो आफुलाई कसैले छुन नसक्ने पन्ती मा राख्दछ|
    २. नेपाल का नेता र राजनीतिक दल संसार का सबभन्दा नैतिकहिन, भ्रस्ट र प्राय अपराधी हरुको पटक मा छन्.
    ३. नेपाल को न्याय सेवा का निर्णय हरु धेरै जसो मौसमी हावा मात्र हो| यसको हिम्मत र निस्पछा न्यायिक निर्णय जनताले खासै महसुस गरेका छैनन्| जहासम्म हामीले बुझेको कुरा हो, अति ठुला अपराधी, भ्रस्ट र पद को आचरण बितारिक काम गरेका हरुle जहिले पनि कानुनी सजाए napayeka udaharan chhyap chhyati chhan.
    ४. लोकमान सबै चोर र भ्रस्ट नेता र पार्टी को रोजाई मा परेको अति ठुलो भ्रस्ट र मनखुसी अखियर को पोवेर प्रयोग गर्ने बेक्ती हो|
    ५. अब भंनोश यो खेल ले के नतिजा निकल्छा|
    नेपाली जनताले यस्ता नाटक धेरै देखि सकेका छन्|

    Reply
  14. pabitrasuraj says:
    September 17, 2016 at 5:55 am

    ……… अब रमाइलो हुनेछ को फँस्लान् त – लोकमान निकालिएला कि नेताहरु भ्रष्टाचारको फन्दामा पर्लान्। कि दुवै भ्रष्ट जाकिएलान्?

    ….मेरो बिचारमा दुबै ले उन्मुक्ति पाउलान। माहान नेपाली हामि सबैलाई क्षमा दिन्छाैं। तं पिटे झैं गर म रोए झैं गर्छु ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme