तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरे। त्यसको सात महिनामा अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भारतको भ्रमण गरे। स्थान उही पात्र फरक रहे। औपचारिक धेरै कार्यक्रम समान रहे। तर केही विषयमा भने दुई भ्रमण फरक पनि रह्यो। नेपालीहरुको सबभन्दा चासो हुने विषय बडी ल्याङ्ग्वेजमा यस पटक प्रधानमन्त्री हैन प्रधानमन्त्री पत्नी सीता दाहाल मारमा परिन्। त्यसो त विदेश भ्रमणमा मात्र हैन, स्वदेशमै पनि प्रधानमन्त्री पत्नीको पारा त्यस्तै देखिने हो, धेरैले याद नगरेकोले पो त्यसो भएको हो कि। ओलीको भ्रमणमा नेपाल र भारतबीच तीन वटा एमओयु (समझदारी पत्र) दुई वटा विषयमा लेटर अफ एक्सचेन्ज र मुज्जफरपुर-ढल्केबर प्रसारण लाइन उद्घाटन तथा दुई देशको प्रबुद्ध समूह गठन गर्ने निर्णय भएको थियो। प्रचण्डको भ्रमणमा भने हुलाकी मार्गबारे एउटा एमओयु र पुननिर्माणसम्बन्धी दुई वटा सहमति पत्र मात्रै आदानप्रदान भयो।
मोदीले हिन्दी बोलेनन्
नेपालको संविधानसभामा सम्बोधन गर्दासमेत हिन्दी भाषामा सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डसँगको हैदरावाद हाउसमा आयोजित संयुक्त प्रेस ब्रिफिङमा हिन्दी हैन अङ्ग्रेजी भाषामा बोले। हेर्नुस् भिडियो। किन होला? ओलीको भ्रमणताका भने मोदीले हिन्दीमा नै सम्बोधन गरेका थिए। हेर्नुस् भिडियो।
संयुक्त विज्ञप्ति जारी
ओलीको भ्रमणमा अन्तिम समयसम्म प्रयास गर्दा पनि संयुक्त विज्ञप्ति जारी हुन सकेन। संविधानको स्वागत गर्ने शब्द राख्नुपर्ने विषयमा कुरा नमिल्दा संयुक्त विज्ञप्ति बिना नै भ्रमण सकिएको थियो। यस पटक भने २५ बुँदे संयुक्त विज्ञप्ति जारी भयो। पढ्नुस् विज्ञप्ति। संयुक्त विज्ञप्तिमा भारतले अझै पनि संविधानलाई स्वागत भन्ने शब्द राख्न चाहेको छैन। विज्ञप्तिको १० औँ बुँदामा नेपालका प्रधानमन्त्रीले गत वर्ष संविधान जारी हुनु संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न ऐतिहासिक घटना भएको बताउँदै नेपाली समाजका सबै वर्गलाई साथमा लिई संविधानको प्रभावकारी कार्यान्वयन गर्न गरेका प्रयासबारे बताएको उल्लेख छ। त्यही बुँदामा भारतका प्रधानमन्त्रीले नेपाल सरकारले संविधानको प्रभावकारी कार्यान्वयनका लागि समाजका सबै वर्गलाई साथमा लिन अहिले गरिरहेको प्रयासको स्वागत गरेको शब्द उल्लेख छ। भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई यो कार्यमा सफलताको शुभकामना पनि दिएका छन्।
भ्रमण अवधि
ओलीको भ्रमण अवधि ६ दिनको थियो। मुम्बईसमेत गएका थिए ओली। प्रचण्डको भने चार दिनमात्रै छ। दुवै प्रधानमन्त्रीले एउटा हाइड्रो प्रोजेक्टको निरीक्षण गरे। भ्रमणबारे ओलीको पत्रकार सम्मेलन नेपाली दूतावासमा भएको थियो भने प्रचण्डको ताज होटलमा हुँदैछ।
औपचारिक फोटोहरु भने लगभग उस्तै छन्। पात्रहरु मात्र फरक। भारतीय सूचना विभागका फोटोहरु-
The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal being received by the Prime Minister, Shri Narendra Modi, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal being received by the Prime Minister, Shri Narendra Modi, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal being received by the Prime Minister, Shri Narendra Modi, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal inspecting the Guard of Honour, at the Ceremonial Reception, at Rashtrapati Bhavan, in New Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal paying floral tributes at the Samadhi of Mahatma Gandhi, at Rajghat, in Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal paying homage at the Samadhi of Mahatma Gandhi, at Rajghat, in Delhi on September 16, 2016.The Prime Minister, Shri Narendra Modi with the Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal, at Hyderabad House, in New Delhi on September 16, 2016.The Prime Minister, Shri Narendra Modi with the Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal, at Hyderabad House, in New Delhi on September 16, 2016.The Prime Minister, Shri Narendra Modi with the Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal, at Hyderabad House, in New Delhi on September 16, 2016.The Prime Minister, Shri Narendra Modi at the delegation level talks with the Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal, at Hyderabad House, in New Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal signing the visitor’s book, at Hyderabad House, in New Delhi on September 16, 2016. The Prime Minister, Shri Narendra Modi is also seen.The Prime Minister, Shri Narendra Modi and the Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal witnessing the exchange of agreements, at Hyderabad House, in New Delhi on September 16, 2016.The Prime Minister, Shri Narendra Modi and the Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal witnessing the exchange of agreements, at Hyderabad House, in New Delhi on September 16, 2016.The Prime Minister, Shri Narendra Modi and the Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal at the joint media briefing, at Hyderabad House, in New Delhi on September 16, 2016.The Prime Minister, Shri Narendra Modi delivering his statement to media, in the joint media briefing with the Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal, at Hyderabad House, in New Delhi on September 16, 2016.The Prime Minister, Shri Narendra Modi delivering his statement to media, in the joint media briefing with the Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal, at Hyderabad House, in New Delhi on September 16, 2016.The Prime Minister of Nepal, Mr. Pushpa Kamal Dahal calling on the President, Shri Pranab Mukherjee, at Rashtrapati Bhavan, in New Delhi on September 16, 2016.
2 thoughts on “ओलीको भ्रमण र प्रचण्डको भ्रमण : के समान, के फरक?”
टोपी लाउने भए दौरा सुरुवाल लाउनु, नत्र टोपी खोलेर सुट मात्रै लाउनु / यो त कमिज सुरुवालमा टाई लाको जस्तो भयो, हाम्रा देशका पर्धान्मन्तरी को एस्तो ताल, कठै!
कुनै दिन तेरो प्रभुसँग निर्णायक वार्ता गर्नुछ भनी उफ्रेको मान्छे आज केही महिनाको लागि …… बनेको त्यहि मान्छे प्रभुको दर्शन गर्न जान कत्ति लालायित !!! कठैबरा !!! नागरिक सर्वोच्चता तथा राष्ट्रिय स्वाभिमान
टोपी लाउने भए दौरा सुरुवाल लाउनु, नत्र टोपी खोलेर सुट मात्रै लाउनु / यो त कमिज सुरुवालमा टाई लाको जस्तो भयो, हाम्रा देशका पर्धान्मन्तरी को एस्तो ताल, कठै!
कुनै दिन तेरो प्रभुसँग निर्णायक वार्ता गर्नुछ भनी उफ्रेको मान्छे आज केही महिनाको लागि …… बनेको त्यहि मान्छे प्रभुको दर्शन गर्न जान कत्ति लालायित !!! कठैबरा !!! नागरिक सर्वोच्चता तथा राष्ट्रिय स्वाभिमान
Nepalk o sarvabhaumikataa raashtravaadi bhanaudaaharulai
Darho jhaapad pradhanmantri picche bhaarart daudahamaa niskanu parne pravrity