Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोटरसाइकल चलाउन अब १८ वर्ष पुग्नुपर्ने, कार चलाउन २१, बस, ट्रक चलाउन २५ वर्ष

Posted on September 13, 2016 by Salokya

professionalयातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा महत्त्वपूर्ण संशोधनको प्रस्ताव गर्दै आइतबार मन्त्रालयमा पठाएको मस्यौदा सोमबार संसदमा दर्ता भइसकेको छ। संसदबाट पारित भएपछि यो ऐनका रुपमा लागू हुनेछ।

संशोधन अनुसार अब मोटरसाइकल चलाउन उमेर १८ वर्ष पुग्नुपर्नेछ। यसअघि यसको लाइसेन्स लिन १६ वर्ष उमेर हद भएकोमा अहिले दुई वर्ष बढाएर १८ पुर्यारउन लागिएको हो। त्यसैगरी कार लगायतका मझौला र सानो सवारी साधनको लाइसेन्स लिन उमेरको हद तीन वर्ष बढाउन लागिएको छ। अब १८ को साटो २१ वर्ष राखिँदैछ। त्यस्तै ठूलो सवारी साधनको लाइसेन्स लिन उमेरको हद ४ वर्ष बढाइएको छ- २१ वर्षको ठाउँमा २५ वर्ष। यसो गरे दुर्घटना कम हुन्छ रे- तर्क यस्तो गरिएको छ।

त्यस्तै लाइसेन्स (सवारी चालक अनुमति पत्र) अब दुई किसिमको बनाइँदैछ। पहिले भए एउटै लाइसेन्सले काम गर्थ्यो। अब भने- व्यवसायिक र गैरव्यवसायिक दुई किसिमको हुनेछ। पेशाका रुपमा कार्य गर्ने गरी व्यवसायिक लाइसेन्स लिनुपर्नेछ। व्यक्तिगत प्रयोजनका लागि भने गैरव्यवसायिक लाइसेन्स लिनुपर्नेछ। सार्वजनिक गाडी, ट्याक्सी, टेम्पो चलाउन व्यवसायिक लाइसेन्स लिनुपर्नेछ भने कार चलाउन गैर व्यवसायिक। अहिले भइरहेको लाइसेन्सलाई भने कसरी व्यवस्थापन गर्ने हो, हेर्न बाँकी छ।

सार्वजनिक सवारीलाई व्यवसायिक सवारी भनिनेछ। व्यवसायिक सवारी यात्रीवाहक र मालवाहक गरी दुई प्रकारको हुनेछ। सिट संख्याभन्दा सवारी राखेमा, यात्रुवाहक सवारी साधनले मालसामान राखेमा वा मालवाहक सवारी साधनले यात्रु बोकेमा, लामो रुटमा प्रत्येक छ घण्टामा चालक परिवर्तन नगरे, निजी सवारी साधनले भाडाको यात्री बोके सवारी साधन दर्ता इजाजतपत्र र लाइसेन्स निलम्बन गरिनेछ।

उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गरिने छैन।

एक पटक लाइसेन्स पाइसकेको चालकले अर्को सवारी साधनको लागि थप लाइसेन्स लिन लिखित परीक्षा लिइने छैन। लाइसेन्स परीक्षामा एक पटक असफल भएकोले पुनः परीक्षा दिन तीन महिनासम्म नपाउने व्यवस्था भइआएकोमा अब एक महिनासम्म बनाइएको छ।

लाइसेन्सको म्याद पाँच वर्ष रहँदै आएकोमा अब १० वर्ष बनाइने। नवीकरण पनि १० वर्षको हुनेछ

सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरे, मापसेबाट एक पटक भन्दा बढी सजाय पाइसकेको भए लाइसेन्स निलम्बन गर्न सकिनेछ। लापरवाहीका कारण सवारी दुर्घटनाबाट मानिसको अङ्गभङ्ग भए वा मृत्यु भए लाइसेन्स खारेज हुनेछ। प्रशिक्षार्थी सवारी चालक सम्बन्धी व्यवस्था गरिनेछ।

सवारी साधनमा रंगीन शिशा राख्न नपाइने व्यवस्था पनि ऐनमा नै गरिने भएको छ।

2 thoughts on “मोटरसाइकल चलाउन अब १८ वर्ष पुग्नुपर्ने, कार चलाउन २१, बस, ट्रक चलाउन २५ वर्ष”

  1. भाई says:
    September 14, 2016 at 9:59 pm

    खोलाको बगरजस्तो सडक; धुलो बुंगबुंगती उडेर अगाडी केहि नदेखिने गरि ड्याम्म छेकिने बाटो; १० चक्के १२ चक्के गाडी, थोत्रा बस र ट्रीपरका आँखानै पोल्ने कालो धुवाँको मुस्लो !!!
    अनि सडक दुर्घटना ???
    उमेरको नै दोष होला…..

    Reply
  2. Shankar says:
    September 13, 2016 at 7:43 pm

    नियम कानुन को कुरा गर्दा एउटा सब्द ”सामान्य नागरिक ”लाइ जोडनुस न यार | नेता , उनका पुत्र , पुत्री लाइ कुनै कानुन र नियम ले छुन्न्न |
    १) नेता हरुको उपचार विदेश मा हुन्छ , हामीले तिरेको कर को पैसा बाट
    ” उदाहरण को लागि राम बरण उर्फ हाम बरण ले ३ करोड सरकार बाट पायो , तर एउटा गरिब बिरस्पताल मा समेत उपचार गर्न न सकेर छत बाट हामफालेर मोर्यो ”
    सेरे र ओली ले सिंगापुर र थाइलायान्द उपचार गरेर आयो , हाम्रो पैसा बाट

    २) बहुबिबाह येन कानुन ले बर्जित छ , प्रह्च्नद को छोरा लाइ कानुन ले छुन्छ , छुदैन
    ३) गरिब ले चै ट्रक चलाउन २५ बर्स कुर्नु पर्ने , धनि ले चै , नेतागिरी गर्ने ले चै २५ बर्स मा देसै चलाउन पाउने यो नियम चै २० बर्स गरे हुनेहो || कुन चै नेताको छोरो छोरी मोटर साइकल चलाउन १८ बर्स कुरेर बस्छ ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme