Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् कल्चर एन्ड टुरिजममा उत्कृष्ट ठहरिएका १६ फोटो, तपाईँलाई कुन राम्रो लाग्यो?

Posted on September 6, 2016September 6, 2016 by Salokya

FotorCreatedपीजे क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगिता २०७३ का उत्कृष्ट फोटोहरुको प्रदर्शनीको आज मंगलबार अन्तिम दिन हो। काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फोटो प्रदर्शनी भइरहेको छ। काठमाडौँपछि नेपालका मुख्य सहरहरुमा पनि यो प्रदर्शनी गरिनेछ। प्रदर्शनीमा जान नभ्याउनुभएकाहरुका लागि उत्कृष्ट फोटोहरु माइसंसारमा राख्दै आएको छु। यस पटक हेरौँ ‘कल्चर एन्ड टुरिजम’मा उत्कृष्ट ठहरिएका १६ फोटो। तपाईँलाई कुन फोटो राम्रो लाग्यो, कमेन्टमा लेख्नुस् है त।

PJC-NPC073-CTM-022
भक्तपुरको भूकम्प प्रभावित क्षेत्र खाचामा बाराहीको मुकुन्डो लगाएका नर्तकसँग स्थानीय बासिन्दाहरु। बाराहीलाई भूकम्पसँग सम्बन्धित देवीका रुपमा पूजा गरिन्छ। अमित वनमालाले क्यानन ७०० डीबाट यो फोटो खिचेका हुन्।

PJC-NPC073-CTM-059
पाटन दरबार स्क्वायरमा कात्तिक नाच नाच्दै। फोटोमा देखिएको नृसिंह हो। आभाष कर्माचार्यले यो फोटो खिचेका हुन्।

PJC-NPC073-CTM-035
ललितपुरको सिद्धिपुरमा असार १५ गते धान दिवसका दिन सेल्फी खिच्दै युवतीहरु। अंगद ढकालले यो फोटो निकोन डी ७५० बाट खिचेका हुन्।

PJC-NPC073-CTM-216
बाला चतुर्दशीका दिन ललितपुरको बज्रबाराहीमा दीयो बाल्दै महिलाहरु। दिनेश श्रेष्ठले यो फोटो क्यानन फाइभ डी मार्क टुबाट खिचेका हुन्।

Halishi temple on the occasion of `siva ratri
शिवरात्रीको दिन हलेसी महादेवको मन्दिर। विसप ताम्राकारले यो फोटो क्यानन सेभेन डीबाट खिचेका हुन्।

PJC-NPC073-CTM-137
इदको दिन काठमाडौँको मस्जिदमा यो फोटो विक्रम राईले क्यानन फाइभ डीबाट खिचेका हुन्।

People passingby misty Bhaktapur Durbar Square.
भक्तपुरको कुहिरोले ढाकेको यो फोटो विकेश प्रजापतिले क्यानन ६० डीबाट खिचेका हुन्।

Ride to Markhu
अजय जी.ले यो फोटो मार्खु जाने बाटोमा निकोन डी ७००० बाट खिचेका हुन्।

PJC-NPC073-CTM-865
माधवनारायण मेलाका बेला पशुपतिनाथ मन्दिर छेउ वागमती नदी किनारमा स्वस्थानी व्रत बसेकी महिलाहरुको यो फोटो सुनील शर्माले क्यानन ६ डीबाट खिचेका हुन्।

people of different ethnic groups celebrating the festival of colors, Holi.
होली मनाउँदै गरेको यो फोटो सम्ब्रन्दा बज्राचार्यले क्यानन ६०० डीबाट खिचेकी हुन्। फोटो प्रतियोगिता जित्ने उनी एक मात्र महिला पनि हुन्।

PJC-NPC073-CTM-702
खोकनामा मच्छिन्द्रनाथको रथयात्रा बेला घुमाइँदै गरेको घुँन्याको यो फोटो रबिक उपाध्यायले निकोन डी ५१०० बाट खिचेका हुन्।

PJC-NPC073-CTM-632
बाला चतुर्दशीका दिन वागमती नदीमा दीयो बग्दै गरेको यो फोटो प्रताप थापाले क्यानन ५ डी मार्क टुबाट खिचेका हुन्।

PJC-NPC073-CTM-391
रातो मच्छिन्द्रनाथको जात्राका क्रममा भैरवको पूजा गर्दै गरेको यो फोटो मिलन अधिकारीले क्यानन ७ डीबाट खिचेका हुन्।

Happy Tourist Playing with color during  Holi Festival at Basntapur.
होलीका दिन वसन्तपुरमा रङ्गसँग खेल्दै गरेको यो फोटो लेलिसले क्यानन ७० डीबाट खिचेका हुन्।

PJC-NPC073-CTM-340
भक्तपुरस्थित नवदुर्गा मन्दिरमा विशेष पूजामा एक नवदुर्गा गण आफ्नो भाइसँगै मुकुन्डोलाई हेर्दै। उक्त दिन सम्पूर्ण नवदुर्गा गणका मुकुन्डोहरु जलाइन्छ साथै उक्त दिनदेखि घण्टाकर्णको दिनसम्म भक्तपुर नगरमा भगवानको बास हुँदैन भन्ने मान्यता पाइन्छ। लक्ष्मण कर्माचार्यले यो फोटो निकोन डी ७००० बाट खिचेका हुन्।

PJC-NPC073-CTM-221
भूकम्पले प्रभावित वसन्तपुर गद्दी बैठक अगाडिबाट गुर्जुको पल्टन जाँदै गरेको यो फोटो दीपेन श्रेष्ठले क्यानन ६०० डीबाट खिचेका हुन्।

2 thoughts on “यी हुन् कल्चर एन्ड टुरिजममा उत्कृष्ट ठहरिएका १६ फोटो, तपाईँलाई कुन राम्रो लाग्यो?”

  1. bipin says:
    September 11, 2016 at 9:27 pm

    madhav narayan mela bela pasupati nath nandir ko

    Reply
  2. Ekraj says:
    September 6, 2016 at 4:18 pm

    I like the following photographs
    1. Markhu jane bato- Suspension bridge and its surroundings
    2. Balchaturdashi- Lighting
    3. Elder brother taking care of his brother while he is watching the mask. A small child still fulfilling his duty of care.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme