Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विज्ञापन नआएसम्म धारेहात, विज्ञापन आएपछि ज्याकेट एड – वाह ‘क्या बात’ !

Posted on September 5, 2016September 5, 2016 by Salokya

नेपाली पत्रकारिताको एउटा नमूना यो तीन दिनमा नेपाल समाचारपत्रले देखायो। भदौ १७ गते शुक्रबारको दिन नेपाल समाचारपत्रले एउटा समाचार मुख्य समाचारका रुपमा छाप्यो- ‘खबरदार, फँस्नुहोला नि’ शीर्षकमा
khabardar
राजधानीमा नाडा अटो शो चलिरहेको थियो र त्यसको विज्ञापन अरु पत्रिकाहरुमा देखिए पनि समाचारपत्रमा चाहिँ देखिएको थिएन। अटो शोमा जाने ग्राहकहरुलाई सचेत गराइएको यो समाचार यसअघि अर्कै पत्रिकाको जस्तो ‘पेट्रोल सुँघाए हुरुरु कुद्‍ने बाइक’ जस्तो हचुवा चाहिँ थिएन। यसमा तथ्य ठीक थियो। तर नियत? त्यो तपाईँ छुट्याउनुस्।

CrVrNs5UEAA9ZGE
जुन दिन समाचारपत्रमा यो समाचार छापियो, त्यो दिन अरु पत्रिकामा त्यही कम्पनीको गाडीको ज्याकेट एड थियो।

एउटा भाग सकियो।

दोस्रो भाग आइतबार आयो। ध्यान्त्यारान……अब समाचारपत्रको मूड चेन्ज।

शुक्रबार धारे हात लगाइएको थियो आइतबार भने त्यही कम्पनीको गाडी किनौँ है भन्दै विज्ञापन छापियो त्यही पत्रिकामा- त्यो पनि ज्याकेट एड। यसरी
FullSizeRender (1)
समाचारमा के लेखिएको थियो? हेरौँ

फोटो साभार : मिडिया कुराकानी
फोटो साभार : मिडिया कुराकानी

Nepal-Samachar-Patra-news-remain-758x1024

खास कुरा के हो ?
ड्याटसन गो गाडीलाई ग्लोबल एनक्यापले क्रयास टेस्ट गर्दा जेरो रेटिङ पायो। त्यसपछि यसले यो गाडी बजारबाट फिर्ता लिनका लागि आह्वान गर्‍यो। यो थियो सन् २०१४ नोभेम्बरको कुरा। त्यतिबेलाको विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुस्।
a20d7365-dc40-444b-a7b1-507d2f82780a.HR

अनि यो अहिलेको विज्ञापन छापिएको भने ड्याटसनको रेडी गो गाडीको हो। यो गाडी २०१६ को जुनमा बल्ल लञ्च गरिएको हो।

नेपाली बजारमा चलेका र नाडा अटो शोमा पनि बेचिएका हुन्डाइको इयोन, रेनल्टको क्विड पनि एनक्यापको रेटिङमा फेल भएका छन्।

table-global-ncap_827x510_81463479252

रेनल्ट क्विड

हुन्डाइ इयोन

तर माथिको समाचार र त्यसपछिको विज्ञापन प्रकरणले तपाईँ बुझ्न सक्नुहुन्छ समाचार ग्राहकको सुरक्षाका लागि आयो कि आफ्नै आम्दानीको सुरक्षाका लागि?

8 thoughts on “विज्ञापन नआएसम्म धारेहात, विज्ञापन आएपछि ज्याकेट एड – वाह ‘क्या बात’ !”

  1. raj says:
    September 6, 2016 at 4:49 pm

    आखिर विज्ञापन भए मिडीयालाई पुगिहाल्दो रहेछ, पाठक, दर्शक र स्रोताको गुनासो के मतलव ?

    आफ्ना कर्तुत ढाकछोपका लागि मिडीया प्रयोगमा आउने गरेको र मिडीयाले पनि आफ्नो स्वार्थ पूरा गर्न प्रमाणित नै गर्न नसक्ने समाचार प्रकाशित गर्ने गरेको पाइन्छ ।
    पछिल्लो समय जगदम्बा गु्रपले नक्सालमा पाँच तारे होटल निर्माण प्रक्रिया अघि बढाएको छ । रातदिन चौविसैघन्टा निर्माण कार्य हेभीमेसीनरी प्रयोग गरेर भइरहँदा वरपरका छिमेकीले तनाव बेहोर्नु परीरहेको छ । छिमेकीले निर्माण ठेकेदारसँग दिनमा गरे पनि रातमा त सुत्न देउ भन्दा सुनेको नसुन्यै गरेपछिको विवाद प्रहरी, सिडीयो हुँदै महानगरपालीका पुगेको छ । र पनि उसले कसैलाई टेरपुच्छर लगाएको अवस्था छैन । महानगरपालीकाले राती साढे ८ बजेपछि काम नगर्न निर्देशन दिए पनि त्यो व्यवहारमा लागू भइरहेको छैन ।
    दिनरात ठूला मेसीनले काम निरन्तर भइरहँदा न मोवाइल फोनमा कुरा गर्न पाउनु, न टेलीभिजन नै हेर्न पाउनुको अवस्थामा पुगेका छिमेकीले अन्तत मिडीया गुहारेर आफ्ना गुनासा राखे । सर्वप्रथम सगरमाथा टेलिभिजनको खोजखबरले निर्माणाधिन क्षेत्रको दृश्य लियो, पिडीत छिमेकीको अन्तर्वार्ता पनि लियो तर जगदम्बा स्टीलको विज्ञापन पाएपछि त्यो समाचार आफैँ पेण्डिङमा पर्यो । त्यसपछि एवीसी टिभीले खिच्यो, उसले पनि ख्वै केमा चित्त बुझायो ? अन्य मिडीयाले पनि त्यस क्षेत्रका तस्वीर खुबै लिए तर छापिने र प्रशारण भएको देख्न पाइएको छैन ।
    नेपाल प्रहरीको मुख्यालयकै सामुन्य सुरक्षाका दृष्टिकोणले समेत गगनचुम्बी भवन निर्माणमा रोक लगाइनु पर्नेमा छिमेकीलाई यत्रो तनाब हुँदा समेत प्रहरीले एक शब्द केही बोलेको छैन । तीन तला अण्डरग्राउण्डसहित १७ तलाको गगनचुम्बी भवन बन्दासम्म त्यस क्षेत्रका बासीन्दाले कत्रो समस्या भोग्नु पर्ने होला ?
    पाँच तारे होटलको मापदण्ड नै पूरा नभएको जस्तै जग्गाको क्षेत्रफल निकै कम, स्वीमीङपुल, गार्डेन आदीका लागि समेत जग्गा नभएको अवस्थामा पनि वरपरका छिमेकीको जग्गा भाडामा लिएर होटल निर्माण प्रक्रिया अघि बढाइएको अवस्थामा छ । तारे होटलको स्वीकृती कसरी दियो महानगरपालीकाले ? आफैँ रहश्यको विषय छ ।
    पछिल्ला दिनमा केही मिडीयाले जगदम्बाको हस्पीटालिटी निर्माण सन्दर्भमा त्यहाँका छिमेकीले भोग्नु परेको पिडा र उनीहरुका चर्केका घर पर्खाल, सडकको पेटी समेत खनीदिएका कारण पैदल यात्रु सडकमा हिँड्नु परेको अवस्था, रात्री कालीन समयमा समेत फोकसिङ लाइट बालेर काम हेभीमेसीनरीबाट काम हुँदा आउने आवाज, जमीनमा हुने कम्पन जस्ता कारण छिमेकीले भोग्नु परेको पिडादायी गुनासो ढाकछोप पारीदिए वापत अर्थात् समाचार प्रशारण, प्रकाशन नगरे बापत कान्तिपुर दैनिकलगायतका मिडीयाले सायद नेपालको पत्रकारिताको इतिहासमै पहिलो र नौलो विज्ञापन छाप्न पाएको छ ।
    आफ्नो लोगो बाहेक ज्याकेट पेज भनिने पहिलो र दोस्रो पेजमा यसअघि पनि त्यस्ता विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा छापिने गरेकै थिए तर, पछिल्लो अंकमा छापिएको विज्ञापनको शैली हेर्दा लाग्छ, विवादास्पद शंकर ग्रुपले आफ्ना कुकर्म सार्वजनिक हुन नदिन कान्तिपुर, नागरिक, हिमालय टाइम्स, नेपाल समाचारपत्रलगायत सबै मिडीयालाई प्रभावमा पारेको छ ।
    आखिर विज्ञापन भए मिडीयालाई पुगिहाल्दो रहेछ, पाठक, दर्शक र स्रोताको गुनासो के मतलव ?
    सडकपेटी समेत मिचेर निर्माण कार्य अगाडी बढाइँदा पैदलयात्रु सडकमा हिँडीरहेका छन्, तर नेपाली मिडीयाले त्यस्तो अवस्था समेत देखेर नदेखेझैँ गर्नु परेको छ( विज्ञापनकै प्रलोभनले गर्दा । यस बारेमा न ट्राफिकले चासो दिन्छ, न प्रहरी मुख्यालयले नै आफ्नै नाक अगाडी भइरहेको सामाजिक अपराधको विषयमा वास्ता गरिरहेको छ ।

    Reply
  2. Prashant says:
    September 5, 2016 at 11:44 pm

    That’s a perfect example of “Dog Training”. Good job Nada marketing although your product … you know.
    I am sure Nepali Samachar lost at least 10000 subscribers.

    Reply
  3. यशस्वी says:
    September 5, 2016 at 5:49 pm

    नेपाली मेडियाको यस्तै चालाले गर्दा त् जनताले पत्यार नै गर्दैनन्| कुनै योग्यता चाहिदैन, नेपाली लेख्न जान्ने र वकवास गर्न जान्ने र नेताको पहुँचवाला मेडियामा छन्|
    समाचारपत्र दैनिक को अर्को कलममा परिवार नियोजनमा ब्रह्म लुट भन्ने क्याप्सनमा समाचार रहेछ| परिवार नियोजन संघ र परिवार नियोजनमा ब्रह्मलुट भएको अहिले देखि हो र? पर्यटन बोर्डमा जस्तै त्यहा पनि ब्रह्मलुट पहिले देखि चलिरहेको छ|
    खान दिंदा अन्धा भैदिने र खान नपाए मात्र लेख्ने कस्तो समाचारपत्र? अब परिवार नियाजनले पनि बिज्ञापन दिएर अनि भोजभतेरमा बोलाउन थाल्यो भने ब्रह्मलुटलाई धर्म लुट बनाउने होला| यो त् धमले पत्रुकारिता भयो|

    Reply
  4. लक्ष्मीधर गुरागार्इं says:
    September 5, 2016 at 5:22 pm

    पत्रकारिताका नामकाे कलंक भन्दा फरक पर्दैन यसलार्इ । पत्रकारितालार्इ धमिल्याउने यस्ता केही पत्रकार र मालिक पत्रकार छन् । उनीहरूकाे पन्जाबाट पत्रकारितालार्इ स्वच्छ रूपमा राख्नु पर्दछ । रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषय पढाएकाे मैले २६ वर्ष लागेछ । तर अाजसम्म के पढाइएछ भनेर पछुताे लागेकाे अवस्था ।

    Reply
  5. netra says:
    September 5, 2016 at 1:59 pm

    बिज्ञापन नदिएर लेख आयो, लेख आएर बिज्ञापन दियो … simple

    Reply
  6. प्रविण कुमार के‍.सी. says:
    September 5, 2016 at 1:52 pm

    भन्नलाई चौँथाे अङ्ग भन्छन् तर यो अङ्ग अलि बढिनै उखरमाउलो हुँदो रहेछ । आफ्नो फाईदाको लागि कालोलाई सेतो भन्छन् अनि सेतोलाई कालो । नेपाली जनता हुन जुन जुन अङ्गले सकिन्छ त्यहि त्यहि अङ्गले घुमाई घुमाई बेवकुफ बनाए हुन्छ । महको गाँउ खाने कथाको प्रश्न “चढ्न नि हुने जोत्न नि हुने तर त्यसको गोबरले पोत्न नहुने, मुख नभाको पुच्छर टाउको गाको” को असली उत्तर बनेर गौरव गर्नु परेको छ ।
    जय नेपाल ।

    Reply
    1. दिपक अधिकारी says:
      September 7, 2016 at 11:00 am

      चौथो अंग होईन अब चुथ्थो अंग भन्दा ठिक हुन्छ।

      Reply
  7. Prakash PM says:
    September 5, 2016 at 1:42 pm

    तेइ भएर युरोप भरि यो गाडी कतै पनि बिक्रि वितरण भएको देखिंदैन l नेपाल सरकार को सम्बन्धित निकाय ले ध्यान देउन l

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme