Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नै पार्टीका गृहमन्त्री हुँदा नेविसंघका विद्यार्थीको ढाडमा बज्रियो पुलिसको लट्ठी

Posted on August 15, 2016 by Salokya

1-IMG_3340 यो नेविसंघको पूरा अर्थ नेपाल विद्यार्थी सङ्घ हो। तर नेपाल विरोधी संघ जस्तो भइसक्यो। ९ वर्षपछि बल्ल महाधिवेशन हुँदै थियो। अघिल्लो साता आइतबार उद्घाटन भयो। त्यसमै सीमित भयो। उद्घाटन पछि बन्द सत्र र त्यसपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा जानु पर्ने हो। तर नेताको घरघरमा पो बैठक बस्न थाले। यो पक्षको विरोध अनि त्यो पक्षको विरोध। विवाद विवाद विवाद। सहमति सहमति सहमति। फेरि विवाद बल्झियो। फेरि सहमति भयो। एक हप्ता त त्यसरी नै बित्यो। हल नपाएर बन्द सत्र नै नहुने भयो। भृकुटी मण्डप छाडेर निर्वाचनक लागि सानेपा पार्टी कार्यालय रोजियो। बल्ल बल्ल शनिबार राति मतदाता नामावली निकालेर आइतबारबाट परिचय पत्र बाँड्ने भनेको त फेरि रामचन्द्र पौडेल समूह विरोधमा उत्रिए। यही विरोधका क्रममा प्रहरी र विद्यार्थी झडप भयो। आफ्नै पार्टीको गृहमन्त्री हुँदा नेविसंघका विद्यार्थीको ढाडमा पुलिसको लट्ठी बज्रियो। बिचरा पत्रकार पनि मारमा परे।
11-11-IMG_3284
महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षका विद्यार्थी प्रवेश गर्ने क्रममा झडप भएको हो। विद्यार्थीतर्फ घाइते हुनेमा नीलकण्ठ रिजाल, हिमालदत्त श्रेष्ठ, अनिल शाही, लेखनाथ पोखरेल, प्रदीप राई, वामदेव अधिकारी, नारायण भारती, योगेश सरतक राजपुत, महेश नेपाली, राकेश झा, अर्जुन पाण्डे, रमेश तिमिल्सिना, विकास लामा, ललिता सुनार, कविना कट्टेल, किशोर चौधरी, देवराज उपाध्याय, अनु शर्मा, सीता मिजार, साधना घिमिरे, उमेश भण्डारी, पुनम लामा, विनय खतिवडा, कृष्ण मिश्र, पुस्कर बाँस्तोला र कृष्णबहादुर कुवँर छन्। घाइतेको सानेपास्थित स्टार अस्पताल र बयोधा अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीतर्फ सात जना घाइते भए। प्रहरी निरीक्षकद्वय रामकृष्ण सापकोटा र वसन्त शर्मा, प्रहरी सहायक निरीक्षक लालकाजी श्रेष्ठ, प्रहरी जवान अनिकृत सिंह, पुकार खड्का र निरबहादुर पौडेल घाइते भए।
23-23-IMG_3323
विवाद समाधान गर्न पार्टीले बनाएको निर्देशन समितिले लामो छलफलपछि तीन हजार ४६० प्रतिनिधि रहने निश्चित गरिसकेका अवस्थामा रातारात ३०० फर्जी प्रतिनिधि थपेको भन्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका विद्यार्थी विरोधमा उत्रिएका हुन्। एभिन्युज टेलिभिजनका पत्रकार किशोर चौधरी लगायत दुई जना पत्रकारलाई पनि प्रहरीले ठटाए।

17-17-IMG_3302

थप फोटो हेर्न क्लिक गर्नुस्

https://youtu.be/T2cLbkPH8rs

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme