Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काम नपाएका मन्त्री र राज्यमन्त्री

Posted on August 14, 2016 by Salokya

1471172305240_RoS_KTM_160814_IMG_7394-0013प्रचण्डले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार आज गरे। पाँच मन्त्री र चार राज्यमन्त्री थपे। सबै माओवादीकै। कांग्रेसको त अझै थपिन बाँकी नै छ। पहिले नौ र अहिले नौ जना गरी अहिले नै मन्त्रिपरिषद् बनिसक्यो १८ जनाको।

आज मन्त्री बन्नेहरुमा जनार्दन शर्मा (ऊर्जा), सुरेन्द्र कुमार (राम) कार्की (सूचना तथा सञ्चार), हितराज पाण्डे (सङ्घीय मामिला तथा स्थानीय विकास), अजयशङ्कर नायक (कानुन, न्याय तथा संसदीय मामिला) छन्। त्यस्तै राज्यमन्त्रीहरुमा श्रीप्रसाद जवेगु (सङ्घीय मामिला तथा स्थानीय विकास), सत्यनारायण भगत (ऊर्जा), राधिका तामाङ (कृषि विकास) छन्।

मन्त्रालय तोकिएका कारण यी सब काम पाएका मन्त्री र राज्यमन्त्री हुन्। आजै धनीराम पौडेल र धनमाया विकले पनि शपथ लिए। यी भने काम नपाएका मन्त्रीहरु। किनभने उनीहरुको मन्त्रालय तोकिएको छैन।

1471172305240_RoS_KTM_160814_IMG_7394-0013
पौडेलले मन्त्रीका रुपमा राष्ट्रपतिसँग र विकले चाहिँ राज्यमन्त्रीका रुपमा प्रधानमन्त्रीसँग आजै शपथ लिएका हुन्।

भोलिदेखि उनीहरु मन्त्री र राज्यमन्त्रीका रुपमा सि‍हदरबार आउने छन्। तर उनीहरु कहाँ बस्ने? टुङ्गो छैन। के गर्ने? टुङ्गो छैन। किनभने मन्त्रालय नै छैन।

मन्त्रालय नै नभएपछि अर्थात् बिना विभागीय मन्त्रीको जिम्मा दिएपछि चुप लागेर बस्नु बाहेक अर्को उपाय छैन। तर चुपै बसे पनि आजैका मितिदेखि तलब भने पाक्नेछ।

मन्त्रीको तलब ओली सरकारले बढाएको तलब अनुसार ६० हजार ९७० रुपैयाँ हो। त्यसैगरी राज्यमन्त्रीको तलब ५७ हजार ७८० रुपैयाँ हो।

खासमा यी बिना विभागीयवालाहरुलाई शिक्षा मन्त्रालयको मन्त्री र राज्यमन्त्री दिने तयारी थियो। तर का‍ंग्रेसले पनि शिक्षा मन्त्रालयमा दावी गरेपछि उनीहरुको मन्त्रालय पछि मिलाउने गरी खाली राखियो।
rajyamantri

1 thought on “काम नपाएका मन्त्री र राज्यमन्त्री”

  1. Shankar says:
    August 14, 2016 at 10:29 pm

    प्रचण्ड पथ बाट सत्ता मा आएका नेपाल लाइ स्वित्जर ल्याण्ड बनाउने भन्ने टोलीलाई काम न पाएका भन्न मिल्छ ?
    यिनीहरु गरेको हत्या हत्या हैन , सफाया हो , यिनीहरुले गरेको डकैत , डकैत हैन भलाइको लागि हो , यिनीहरु ले मचाएको आतंक आतंक हैन , क्रान्ति हो | अब यिनीहरुले नेपाल लुटेको लाइ लुटेको भन्न पाउन्नौ तिमीहरुले | चुप् चाप ट्वा परेर हेरने बस्ने |

    नागरिक समाज ले फुल बिछायेर , गिरिजाले छाता वोअडायेर, पत्रकार हरुले तालि बजाएर ल्याएको हैन ? अब बादर ले पशुपतिमा केरा लुटेको त् देखेको होला , गाउमा भए मकै , कोदो सखाप पारेको पनि देखेको होला , अब देश लुटेको हेर |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme