Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालीको नियति : बंगलादेशमा समेत टुरिस्ट भिसामा गएर अवैध रुपमा काम गरेको आरोपमा ४४ जना पक्राउ

Posted on August 5, 2016 by Salokya

nepal-bhutan-india-bangladesh-mapटुरिस्ट भिसामा गएर त्यस्तो भिसाको म्याद सकिसक्दा पनि गैरकानुनी रुपमा काम गरिरहेको आरोपमा ४४ जना नेपालीलाई पक्राउ गरियो।

समाचार सुन्दा अमेरिका वा युरोपको कुनै देशको समाचार जस्तो लाग्न सक्छ। तर होइन, यो त नेपालबाट नजिकै रहेको देश बंगलादेशबाट आएको समाचार हो। हेर्नुस् त, नेपालीको हालत के भइसकेछ। देशमा रोजगार भएको भए को जान्थ्यो होला बंगलादेशमा काम गर्न?

बंगलादेशी मिडियाले दिएको समाचार अनुसार राजधानी ढाकाको मिरपुर एरियास्थित एउटा अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई हिरासतमा लिइएको हो।

बिचराहरुको स्थिति पनि बिजोग रहेछ। एउटा ६ तल्ले अपार्टमेन्टमा रहेछ उनीहरुको बसाइ। कोठामा फर्निचरको नाममा केही पनि रहेनछ। एउटा म्याट्रेस ओछ्याएर त्यसैमा सुत्दा रहेछन्।

बंगलादेशी मिडियामा आएको समाचार अनुसार त्यहाँको प्रहरीले भनेको छ- उनीहरु टुरिस्ट भिसामा आएका थिए मे २२ मा। भिसा सकियो जुन १९ मा। तर उनीहरु फर्किएनन्। बरु होटल र रेस्टुरेन्टमा मजदूरी गरी बसे।

बंगलादेशको गृह मन्त्रालयले २ लाख नेपाली भिसा र वर्क परमिट लिएर कानुनी रुपमा नै त्यहँँ बसिरहेका छन्। तर १० हजार नेपाली भिसा सकिसकेपछि पनि अवैध रुपमा बसिरहेका छन्।

अब उनीहरुलाई बंगलादेश सरकारले नेपाल फर्काउनेछ।

पक्राउ परेका नेपालीहरु को हुन् र कुन जिल्लाका हुन् भन्ने बारे थाहा हुन सकेको छैन।

3 thoughts on “नेपालीको नियति : बंगलादेशमा समेत टुरिस्ट भिसामा गएर अवैध रुपमा काम गरेको आरोपमा ४४ जना पक्राउ”

  1. jeeven says:
    August 6, 2016 at 9:25 pm

    hamro neta jyu harulai yo news le kehi farak pardaina.
    naya pm jyu le kehi garnu hunchha ki, kan fukdinu pareyo

    Reply
  2. Roshan says:
    August 6, 2016 at 10:56 am

    जे भएपनि नेपाली नागरिक फन्दामा फंसेपछि त्यँहाको काम न दामको राजदुत र राजदुतावासका कर्मचारीले के सहयोग गरे त्यो पनि थाहा पाउन सके हुन्थ्यो|
    राजदुत हुने बेलामा संसद्को सुनवाईमा यस्तो गर्छु र उस्तो गर्छु भन्छ, त्यसपछि आफ्नो र आफ्नो नाता र पार्टीको भलो मात्र सोच्छ| झन् परराष्ट्रका कर्मचारी राजदुत भए भने कसैको वास्ता गर्दैन जब सम्म नेताले भन्दैन|
    हाम्रो मुलुक कंहा गयो र गैरहेछ? कसैलाई वास्ता होला?

    Reply
  3. Rohini says:
    August 6, 2016 at 1:15 am

    २६ बर्षमा २३/२४ वटा सरकार बन्ने नेपालका जनताको यो नियति स्वाभाविक हो जस्तो लाग्छ मलाई | देशको राजनीति स्थिर भएर देशमा बिकासका योजनाहरु कार्यान्वयन हुने भए पो देशमै रोजगारीको सिर्जना हुने अवस्था हुन्थ्यो होला | अनि नेपाली ले यस्तो नियति भोग्नु पर्दैन थियो होला | नेपाली नेतामा प्रधानमन्त्री पदको आशा नेपाली जनतामा बेरोजगारीको निराशा, येहिनै हो हाम्रो देशको बिडम्बना |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme