Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रम ओलीले बालुवाटारमा मगाएको खाना-खाजा-नास्ताको १८ लाखको बिल प्रचण्ड प्रम भएपछि पेश

Posted on August 5, 2016August 5, 2016 by Salokya

13902157_512894478906911_480471496_o
प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बाहिरिसके। तर बालुवाटारमा उनी रहँदा विभिन्न मितिमा बसेको बैठकहरुको खाना, खाजा, नास्ता खर्च भन्दै झण्डै १८ लाखको बिल साउन २० गते अर्थात् प्रचण्डले प्रधानमन्त्रीको कार्यभार सम्हालेको दिन पेश गरिएको छ।

“सम्माननीय प्रधानमन्त्रीज्यूको निवास बालुवाटारमा विभिन्न मितिमा बसेको बैठकहरुको खाना खाजा नास्ता खर्च” शीर्षकमा तीन वटा बिल पेश गरिएको छ। त्यसमध्ये एउटा सोल्टी होटलको बिल हो। सोल्टी होटलले ७ लाख २४ हजार २ सय ४७ रुपैयाँको बिल पठाएको छ। प्रधानमन्त्री निवासमा सोल्टी होटलबाट मगाएर कसले ७ लाखभन्दा बढीको खाजा र नास्ता खाएछ कुन्नि?

त्यस्तै बाँकी दुई बिल पनि फरक संस्थाको नाममा छ। बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रा.लि.ले २ लाख ५१ हजार ४८ रुपैयाँको बिल पठाएको छ भने सबैभन्दा महँगो बिल चाहिँ अनमोल क्याटरिङ सर्भिस प्रा.लि.ले पठाएको छ ८ लाख ४ हजार ८ सय ४२ रुपैयाँको।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेको निर्णय अनुसार यसरी भुक्तानीका लागि प्राप्त बिलहरु वेबसाइटमा सार्वजनिक गर्ने गरिन्छ। तर अपलोड गरिएको ७२ घण्टामा हटाइने भएकोले हेर्न भ्याएकाले हेर्‍यो, नत्र हराउने स्थिति हुन्छ।

अब नयाँ प्रधानमन्त्री आएका छन्। उनको पनि बिल यसरी नै सार्वजनिक हुनेछ। नयाँ प्रधानमन्त्रीको पालामा पुरानाले जस्तै पाँच तारे सोल्टी होटलबाट मगाएर खाजा खान्छन् कि के गर्छन् चनाखो भएर हेर्दै बसम् है !

 

नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
भुक्तानीका लागि प्राप्त बिलहरुको सार्वजनिकरण प्रयोजनार्थ
सि.नं विवरण ब.उ.शि.नं. खर्च शिर्षक खरिद प्रक्रिया प्यान नं भुक्तानी पाउने व्यक्ति/ संस्था बिल / निवेदन प्राप्त भएको मिति रकम कैफियत अपलोड समय
१ सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा विभिन्न मितिमा बसेको बैठकहरुको खाना खाजा नास्ता खर्च ३०१०११३ विविध नियमित 300144389 बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रा.लि. २०७३-०४-२० २,५१,०४८।०० १०:५६
२ सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा विभिन्न मितिमा बसेको बैठकहरुको खाना खाजा नास्ता खर्च ३०१०११३ विविध नियमित 500227323 अनमोल क्याटरिङ सर्भिस प्रा.लि. २०७३-०४-२० ८,०४,८४२।०० १०:५६
३ सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा विभिन्न मितिमा बसेको बैठकहरुको खाना खाजा नास्ता खर्च ३०१०११३ विविध नियमित 300047697 सोल्टी होटल २०७३-०४-२० ७,२४,२४७।०० १०:५८
४ माननीय खानेपानी तथा सरसफाई मन्त्री श्री प्रेम बहादुर सिंहज्यूको विभिन्न जिल्ला भ्रमण खर्च भु. ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित खेम बहादुर सिंह २०७३-०४-२० ९३,५९०।०० १५:३१
५ माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री श्री बल बहादुर महतज्युसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित नृपेन्द्र महत २०७३-०४-२० १,४९,४७५।०० १५:३१
६ माननीय शान्ति तथा पुननिर्माण मन्त्री श्री एकनाथ ढकालज्यूसहितको विभिन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित जितेन्द्र श्रेष्ठ २०७३-०४-२० १,२९,८१५।०० १५:५८
७ माननीय वन तथा भूसंरक्षण मन्त्री श्री अग्निप्रसाद सापकोटाज्यूको विभन्न जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित चिरन्जिवी कट्टेल २०७३-०४-२० ६७,२५०।०० १६:००
८ माननीय उपप्रधान एवं परराष्ट्र मन्त्री श्री कमल थापाज्यूसहितको चितवन जिल्ला भ्रमण खर्च ३०१०११३ अनुगमन मूख्यांकन खर्च नियमित दामोदर वाग्ले २०७३-०४-२० २६,६७०।०० १६:०४

नोट: माथि उल्लेिखत विववरणहरु वेव साइटमा अपलोड गरिएको समयले ७२ घण्टा सम्म मात्र रहने छ ।

4 thoughts on “प्रम ओलीले बालुवाटारमा मगाएको खाना-खाजा-नास्ताको १८ लाखको बिल प्रचण्ड प्रम भएपछि पेश”

  1. यथार्थ says:
    August 6, 2016 at 4:29 am

    राजदुतको सिफारिस फिर्ता गरे जस्तै यो बिल पनि एमालेको पार्टी कार्यालयमा पठाउनु पर्छ | एमालेले देशको लागि केही गरेको छैन आफ्ना नेता कार्यकर्तालाई पैसा बाड्ने र बिभिन्न निकायमा भर्ना गर्ने कार्य मात्र गरेको छ |

    Reply
  2. Sunil says:
    August 5, 2016 at 9:50 pm

    Khana ta 18 lakh khayo bhane ghoosh 18 karod ta khayekai hunuparcha, bhrastachari lae samajik bahiskar garau

    Reply
  3. राजेन्द्र सुनार says:
    August 5, 2016 at 9:38 pm

    येसै गरेर हो नेपाल लाई खोक्रो पार्ने प्रधानमत्री हरुले कहाँ बाट हुन्छ देशको बिकास सबै पैसा खाना मा सिद्याय पछि
    सबै नेता हरु त बस आफ्नो पोकेट भर्न को लागि मात्रै पालो पालो मन्त्री बन्छ्न

    Reply
  4. Shankar says:
    August 5, 2016 at 8:56 pm

    प्रजातन्त्र को सुन्दरता नै यहि हो , चोर( राज्य को ढुकुटी चोर ) ले चोर्ने अरु ले थाह न पाउने भन्ने हुँदैन |

    तर कुरा त्याहा मात्र सिमित हुँदैन दण्ड दिने कसले ?

    मैले ओलीको बहिर्गमन मा लेखेको थिए , ”चोर गयो , चन्दाल आयो ”

    चन्दाल ले या भनौ सर्प ले सर्प को खुट्टा त् देख्छ | खुसि चोर गएको मा हैन , नेपालि ले सतर्क चन्दाल आएकोमा हुनुपर्छ |

    साचिकै चोर र साचिकै चन्दाल को पनि आफ्नो महिमा छ | सिद्दान्त राखेका हुन्छन , केहि धर्म हुन्छ पेट मा , यिनीहरु येस्ता खुंखार परेकी यी सब का मिस्चार हुन्
    चोर +दलाली +पापी +नैतिक हिन + निर्दयी

    सयौ नेपालि को छानो न पाएर पिडित छन् , खान लाइ अन्न छैन | झोलुङ्गे पुल न भएर नानीहरु डोरीमा झुन्डेर खोला तरेर स्कुल जान्छ यो पाखे हरु लेनिन , माउको तस्बीर मुख मा टाँसेर जनता झुक्काएर गरिब को कर को पैसा मा दाइ खेली रहेछ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme