Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेल (मन्त्रीको कुर्सी) पाक्दैछ, काग (हामी) लाई के मतलब भनेर पनि भएन, चासो त लाग्ने नै भो- को को बन्दैछन् मन्त्री?

Posted on August 4, 2016 by Salokya

13632775_512267372302955_279609942_o खासमा जो मन्त्री बने पनि नेताका आसेपासे र त्यही दलका कार्यकर्ताहरुलाई मात्रै फाइदा हुने हो। तपाईँहामी जस्तालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात् भने जस्तै हो। तर पनि राजनीतिप्रति अलिकति पनि चासो राख्नेहरुलाई को-को मन्त्री बन्दैछन् भन्ने चासो त लाग्ने नै भयो।

ओली मन्त्रिपरिषद्मा ४० भन्दा बढी मन्त्री भए। कति मन्त्रीको नाम त हामीलाई अहिले याद पनि छैन होला। तर पनि झण्डा हल्लाउने गाडी चढ्ने मन्त्रीबारे चासो त हुन्छ नै। राजनीति भनेको सम्भावनाको खेल हो भन्दाभन्दै कांग्रेस र माओवादीको गठबन्धन बनेको दृश्य पनि यही आँखाले देख्नुपरो। यही कानले सुन्नुपर्‍यो। यो गठबन्धन सरकारमा को-को मन्त्री बन्दैछन् त ? कसको छ चर्चा?

माओवादी
तेस्रो दल भए पनि माओवादीले प्रधानमन्त्री पाइहाल्यो। फेरि प्रधानमन्त्री बन्न पाउँला कि नपाउँला भन्ने कत्रो चिन्ता थियो होला प्रचण्डलाई। आखिरमा सात वर्षमा दुई चोटी प्रधानमन्त्री बनिहाले। दुई चोटी प्रम बन्ने पहिलो कम्युनिस्ट नेता पनि बनिहाले। हुनत अब रामचन्द्र बाजे बाहेक प्रमुख दलका नेताहरु सबै भूपू प्रमवाला भइसके।

माओवादीमा चर्चामा रहेका नाम हुन्-
कृष्णबहादुर महरा- उपप्रधान तथा अर्थमन्त्री
जनार्दन शर्मा- सूचना तथा सञ्चार मन्त्रालय
राम कार्की
हितराज पान्डे

कांग्रेसमा चर्चामा रहेका नाम-
विमलेन्द्र निधि- उपप्रधान तथा गृह मन्त्रालय
डा. शेखर कोइराला- परराष्ट्र मन्त्रालय
अर्जुननरसिंह केसी – स्थानीय विकास मन्त्रालय
रमेश लेखक

राप्रपा
ओली सरकारमा रहे पनि सरकार ढल्न लाग्दा जहाजबाट हाम्फाल्ने मुसा प्रवृत्ति देखाएको राप्रपाले पनि मन्त्रालय पाउने निश्चित छ। राप्रपा नेपालसित एकताको प्रक्रियामा रहेको बेला राप्रपा नेपालले प्रचण्डको विपक्षमा र राप्रपाले पक्षमा मत हाल्यो। अब मन्त्रीको विषयमा कुरा नमिलेर राप्रपा नेपाल फुट्ने डर पनि छ।

मधेसी दलहरु
मधेसी मोर्चा संविधान संशोधन लगायत आफ्ना मागहरु पूरा भएपछि मात्र सरकारमा आउने भनिरहेका छन्। अहिलेलाई उनीहरुले सरकारलाई बाहिरबाटै समर्थन गर्ने गरी तीन बुँदे सहमति गरेका छन्।

गच्छदार पार्टी
विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिक पार्टी र मधेसी मोर्चा एकअर्कालाई शत्रुतापूर्ण व्यवहार गर्छन्। मोर्चाले गच्छदारलाई सरकारमा लानुहुन्न भनेर भन्छ भने गच्छदार सक्छौ रोकेर देखाऊ भन्ने पाराका छन्। ओली सरकारमा उपप्रम रहेका गच्छदारले लास्टमा ओलीको साथ छोडे। उनलाई के गर्ने हो गठबन्धनले हेर्न बाँकी छ। तर जुन सरकार बने पनि गच्छदार सत्तामा रहेको इतिहास बिर्सन हुन्न।

2 thoughts on “बेल (मन्त्रीको कुर्सी) पाक्दैछ, काग (हामी) लाई के मतलब भनेर पनि भएन, चासो त लाग्ने नै भो- को को बन्दैछन् मन्त्री?”

  1. Shankar says:
    August 4, 2016 at 4:12 pm

    क्या अचम्म सुन्नुपर्छ , प्रचण्ड ले सपथ खादै भन्यो ” देश र जनता मा अमीट छाप छोड्ने गरि काम गर्छु ”

    अब पद ,पैसा , पावर को लागि पद मा गा छ , तेस्मा पनि पद मा जान न पाएर भोका जुका कांग्रेसी , र टुटे फुटे दल लिएर सत्ता मा बसेको छ | टिम नै तेस्स्तो छ, एसको हात मा कति मन्त्रालय र काम पर्छ ?
    आर्काको खुट्टा तानेर , इन्डियन हरु सग दलाली गर्दै सत्ता मा पुग्नु छ ( सबै मा यो लागु हुन्छ , नेपाल को सत्ता को भर्यांग नै तेही भएको छ ) , अब यिनले कति र के गर्लान ?
    सहजै अनुमान गर्न सकिन्छ | फेरी सुरुमै झुट किन बोल्नु पर्ने ?
    एउटा ले घर घर ग्यास , हावा कोबिजुली , मेट्रो ,पानि जहाज दिएर गयो |
    अब आर्को ले चन्द्रमा मै देश लाइ पुर्याउने हो कि ?

    Reply
  2. Bipin Tripathi says:
    August 4, 2016 at 1:44 pm

    के मतलब भनेर पनि भएन, चासो त लाग्ने नै भो..
    Thank You Salokya Dai

    Reply

Leave a Reply to Bipin Tripathi Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme