Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सत्ता छाड्नु पर्दा ओली आफै त यस्ता देखिए, उनका भक्तहरुलाई झन् के भयो होला!

Posted on August 4, 2016 by Salokya

IMG_9281
नेपाल राष्ट्रका एक मात्र आशाका किरण, राष्ट्रवादी सपुत, स्वप्नद्रष्टा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अगाडि बुधबारदेखि भूपू प्रधानमन्त्री थपिने भएको छ। खाइपाइ आएको सत्ता छाड्नु पर्दा जोकसैलाई पनि दुःख लाग्नु स्वभाविक हो। तर संविधान घोषणापछि त्यही संविधान अनुसार अर्को चुनाव भएर संसदबाट नयाँ प्रधानमन्त्री नचुनेसम्म प्रधानमन्त्री हुने भनी गरिएको भद्र सहमति पहिले कांग्रेसले र पछि माओवादीले पालैपालो तोडेर गलहत्याइएपछि चिन्ता कसलाई लाग्दैन? सँधै हँसिला देखिने र अरुलाई हँसाइरहने उनको निराशा र हताशा टेलिभिजनमा लाइभ धेरैले हेरे। ओलीको त यस्तो हालत छ भने बिचरा उनका प्रशंसकहरुलाई कस्तो भयो होला।

तर के गर्नु #IamwithKPOli भनेर सडकमा जति मान्छे उफारे पनि २९८ जना सांसदले #IamwithYou नभनेसम्म प्रधानमन्त्री कायम रहन सक्दैन क्यारे। अन्ततः नौ महिनाको छोटो समयमा नै उनी गलहत्याइए।

वर्षौँदेखि सत्ताको स्वाद चाखिरहेको पार्टी आजदेखि एकाएक प्रतिपक्षमा आएको छ। नेपालमा सत्तापक्ष त नालायक भइहाल्छ, प्रतिपक्षी पनि नालायकै देखिन्छ। अब प्रतिपक्षमा बसेर ओली नेतृत्वमा सपना बाँड्ने र निर्वाचनको तयारी गर्ने बेला भइसकेको छ। सपनामा ट्याक्स र भ्याट नलाग्ने भएकोले र प्रतिपक्षमा भएकोले ‘गरेर देखा’ भन्न पनि कसैले नसक्ने हुनाले यसमा उनको दक्षता हुनसक्छ। तर उनी पूरै निराश मूडमा देखिएर पो बोर भयो त।

IMG_9356
हेर्नु त त्यस्ता हँसमुख मान्छेलाई यस्तो बनाइदिने हो त- पापीहरु ! कति पाप लाग्ने हो यिनीहरुलाई। तर एउटा कुरामा चित्त बुझाउनै पर्छ। पहिले मान्छेको हत्या गर्नेहरु अहिले सपनाको हत्या गरिरहेका छन्। कम्तिमा मान्छेको ज्यान बाँचेको छ।

IMG_9192

IMG_9348
ओलीको हाउभाउ त संसदमा प्रचण्डको सम्बोधनका बेला खिचिएको भिडियो हेर्दा पनि थाहा हुन्छ। हेर्नुस् भिडियो, (तल भिडियो नदेखिए यहाँ क्लिक गरी हेर्नुस्)

3 thoughts on “सत्ता छाड्नु पर्दा ओली आफै त यस्ता देखिए, उनका भक्तहरुलाई झन् के भयो होला!”

  1. madan bajracharya says:
    August 5, 2016 at 7:59 am

    ओलीले रास्ट्र, रास्त्रियता र देसको स्वाभिमानको मुद्दामा गल्ति नगर्ने गल्ति र भारत सिट नझुक्ने अपराध गरे/ तेस्तै गल्ति गर्ने बिरेन्द्र गणेशमान मदन भण्डारीहरु( सुसिल पनि)को अगाडी ओली देसको प्रधान मन्त्रीनै बने पनि मात्र निरह पात्र थिय/ ओलीको मात्र पद जानु बात अहिलेको निमित ओली बचेकै मान्नु पर्छ/ अस्ति बनेको संविधानको बिरोध गर्दै गरेको मधेशाबादिको घरमा गयर पुगेर म त् माईति फर्के भन्नेको लिङ्ग बदलु नीति र प्रविती हेर्दा अस्ति बनेको संबिधान बनाउने जस तेस्ता (श्रीखंदिहरु!!!) लाई दिनु नपर्ने देखियो/

    संबिधान बने देखि आलोचना गर्दै आयको र ओलीले फास्ट ट्रायक नेपाल आफैले बनाउने निर्णय गरायकोमा बिरोध गर्दै फास्ट ट्रायक भारतलाई नै बनाउन दिनु पर्ने भन्ने बिमलेन्द्र प्रचंद्र पछि दोश्रो मर्यादा क्रम मा रहने उप प्रधान मन्त्रि बने ग्रिह मन्त्रि बने/

    मधेश आन्दोलनको नाममा रास्ट्र, रास्ट्र सेवक र नागरिकहरु माथि आघात पार्ने अपराध गरेकोमा ओलीको सरकारले जेलमा राखेका जेल मुक्त हुने भयो/ तिनीहरु घाईते भयको भय राज्य बात उपचार र छेती पूर्ति पाउने भयो/ मरेको भय सहिद नै बनाईने भयो/

    मोरंग सुनसरी झापा मधेसीको मधेशमा नपारेको कारण नेपालको सबै सप्त कोशी नदीहरुलाई नेपालको ४० गाउँहरु बिस्थापित गरेर बिस्व मै ठुलो २६८ मिटर अग्लो रिजर्भभ्वायर बनायर भारतमा पानीको आपूर्तिको ब्यबस्था गर्ने योजनामा बाधा परेको कारणले मोरंग सुनसरी झापा मधेसीको मधेश भित्र पर्ने गरि सिमाकन गराउन भारत र मधेसीले दवाव दिंदै आयको हो/ भारतलाई तेस्तो बाँध बनाउन दिने सम्झौता गर्ने देउपा हो/ प्रचंद्र पहिला प्रधान मन्त्रि हुँदा उपप्रधान मन्त्रि तथा विदेश मन्त्रि बनेको उपेन्द्र यादवले भारतलाई त्यो बाँध बनाउन दिने भनेको थियो/ अहिले तिनै देउपा उपेन्द्र यादव सिट मिलेर प्रचंद्रको सरकार बनेकोमा भारतले खुसि मनाउंदै प्रचंद्र प्रधान मन्त्रि बनेकोले नेपाल भारत बिचको सम्भंद “पुरानै ट्रायकमा” फर्कने छ भने /

    यसै बात जे बुझ्नु पर्छ स्पस्ट बुझिन्छ कि प्रचंद्र को सिट गठबन्धन गरेर प्रधान मन्त्रि बनेको हो/

    Reply
  2. devendra says:
    August 4, 2016 at 9:43 am

    …maaxako pitta jasto chitta bokeka neta vanaudaharu, democratic system ma autocracy ko dream (sapana) dekhneharu

    Reply
  3. Haris says:
    August 4, 2016 at 7:28 am

    I am with KP Oli – Unconditional
    I am with PM KP Oli – Conditional

    So, those who were with KP Oli will be still with him but those who were with PM KP Oli may not be still with him.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme