Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चिन्नुहुन्छ यो जोडीलाई? थाहा छ को हुन्?

Posted on August 2, 2016August 2, 2016 by Salokya

chinnu-bho नजिकैको फोटोमा देखिएका दुई जनालाई चिन्नुहुन्छ?

इटालीको एउटा रेस्टुरेन्टबाहिर खिचिएको यो फोटोमा देखिने मान्छेलाई तपाईँले पक्कै कतै देखेकै हुनुपर्ने हो, चिनेकै हुनुपर्ने हो।

अलि ध्यान दिएर हेर्नुभयो भने तपाईँले पक्कै पनि पहिल्याउन सफल हुनुपर्ने हो। साह्रै गाह्रो त पर्न नपर्ने। तर गाह्रै पर्‍यो भने जवाफ हाजिर छ।

युरोपमा पर्यटकका रुपमा मस्त देखिएका यी जोडी नेपालका पूर्व राजा तथा पूर्व रानी हुन्। अर्थात् तत्कालीन श्री ५ ज्ञानेन्द्र र श्री ५ कोमल। देशमा गणतन्त्र आएपछि ‘श्री ५’ उपाधि खोसियो।

यो फोटो दिकेश मल्होत्राले आफ्नो इन्स्टाग्राममा अपलोड गरेका हुन्। भएछ के भने इटालीको एउटा रेस्टुरेन्टमा खाने क्रममा उनले पूर्व राजपरिवारलाई देखेछन्। उनीहरु पनि त्यही रेस्टुरेन्टमा खाइरहेका रहेछन्। त्यसपछि उनीहरुले फोटो खिचिहाले।

ex

उनीहरु मात्र हैन, केही अघि सञ्जय भारतीले ज्ञानेन्द्रसँगको यो फोटो फेसबुकमा पोस्ट गरेका थिए-
gyan

त्यस्तै रामकुमारी राईले पनि ज्ञानेन्द्रसितको फोटो फेसबुकमा राखेकी थिइन्-
13669843_1199420670092147_5821897939320356336_n

8 thoughts on “चिन्नुहुन्छ यो जोडीलाई? थाहा छ को हुन्?”

  1. madan bajracharya says:
    August 4, 2016 at 12:19 am

    ज्ञानेन्द्र बास्तवमै भन्ने हो भने राजाको अभिनय गर्न लगायको पात्र मात्रै हो/ ज्ञानेन्द्रलाई राजाको अभिनय भुमिका दुई पटक गराइयको छ/ पर्दामा गराईने यस्तो अभिनय समेटेको कुरालाई नाटक बा चलचित्र भनिन्छ/ तर यथार्तमै कसैलाई यस्तो अभिनय गराईन्छ भने तेस्लाई षडयन्त्र मानिन्छ/

    ज्ञानेन्द्रलाई नेपालको राजा बन्ने पहिलो भूमिका रानाले गरायको हो/ कास्मिरको राजा हरि सिंह लाई जस्तै त्रिभुवनलाई पनि सन् १९५०मा दिल्ली पुर्यायो/ सन् १९४७मा कास्मिरमा जे हुँदै थियो लगभग तेस्तै कुरो सन् १९५०मा नेपालमा हुँदै थियो/ दुवै राजाहरुलाई भारतको अधिकारीहरुको सुरछ्यामा “उनीहरुको सुरछ्या गर्न” भनेर दिल्ली पुर्यायको थियो/ सुरछ्या गर्न भनि भारत लागियको कास्मिरको राजा हरिसिंहलाई दिल्लीमा कास्मिर नै भारतलाई दान दियको तमसुकमा सहि गर्न लगायर जस्तो सुरछ्या भारतले हरिसिंहलाई दियको थियो तेस्तै सुरछ्या नेपालमा बास्तविक प्रजातन्त्र मागेर संघर्ष गर्ने गंगालालाहरुलाई प्रांड दण्ड दिने त्रिभुवनलाई पनि पाउन सक्थ्यो र नेपाल पनि कास्मिर जस्तै हुन् सक्थ्यो/ तेस्तो सम्भावना तार्न मात्रै ज्ञानेन्द्रलाई तेतिबेला रानाले नेपालको राजाको अभिनय गरायको त् होईन?

    ज्ञानेन्द्र दोश्रो पटक राजा बन्ने बेला नेपालमा ” कास्मिरको राजा हरि सिंह र त्रिभुवनलाई जस्तै भारतको अधिकारिहरुको कथित सुरछ्यामा दकोता हवाई जहाजमा राखेर दिल्ली पुर्याउन नसकिने भारतको अगाडी झुक्न नमान्ने “बिरेन्द्र” राजा थियो/ बिरेन्द्रको र बिरेंद्रकै नीति लिन सक्ने बिरेन्द्रको उतराधिकारिलगायत सबैको हत्या षडयन्त्र नै भयको कुरा बिरेन्द्रको हत्या हुँदै गर्दा राजा र राजदरवारको सुरछ्या गर्ने जिम्मेवारी पायको गिरिजाले “त्यो घटना यउता ग्रायण्ड डिजाईन भयको..” भने वाटै स्पस्ट हुन्छ/

    नेपालको आजको राजनैतिक परिबर्तनको लागि मावोबादी जिम्मेवार छ/ मावोबादिले नेपालमा नेपालमा राजतन्त्र हटाउनु पर्छ र तराईलाई भारतलाई पायक पर्ने गरि आत्म निर्णय गर्न सक्ने प्रदेश बनाउन उपयुक्त हुने “संघियता” मागेर आन्दोलन पनि गरेको थियन र सबै भन्दा अहम कुरा नेपालको नागरिकहरुले नेपालमा राजतन्त्र हटाउनु पर्छ भनेको पनि थियन/ /तर दिल्ली पुगेको (वा हरिसिंह र त्रिभुवनलाई जस्तै दिल्ली पुर्यायको …!!!!???) गिरिजा प्रचंद्रले “नेपालमा राजतन्त्र उन्मुलन गर्ने र भारतलाई उपयुक्त हुने गरि तराईलाई आत्म निर्णय गर्न सक्ने (अर्थात भोलि नेपाल बात अलग्गिन पनि सक्ने) अधिकार भयको प्रदेश बनाउन सकिने गरि नेपालले संघियता अपनाउने “हिन्दि भाखामा लेखेको सम्झौता गरेर फर्केको केहि मात्रै नेताहरु मानौ कि उनीहरु र भारतनै नेपालको निर्णायक शक्ति र मालिक भयको जस्तै अभिनय गरेर नेपालमा राजतन्त्र उन्मुलन गरेर ज्ञानेन्द्रलाई गद्दी बात हटायो/ हुनत यो कुरामा ज्ञानेन्द्रको मुर्ख्याई पनि मूल कारण बनेको छ/ तर उसको त्यो मुर्ख्याई पनि निर्देशित मुर्ख्याई हुन सक्छ/

    Reply
  2. ankit sharma says:
    August 3, 2016 at 3:38 pm

    Cage is cage even it is golden cage. And nepalese royalty was not even golden it was gold plated.

    Holiday in Italy doesn’t cost much. Proof: Malhotra couples are also enjoying their holiday in Italia and from my own experience.

    After 70 years of imprisonment in the name of nepalese royalty, it seems his majesty is enjoying his life as a commoner. He himself didn’t choose to be the son of Mahendra it was his faith. Destiny made him the King of Nepal twice, which also seemed not his choice. All the alligation made to him is the outcome of narrow minded thoughts and conspiracies of Nepalese politician who turned a crystal clear incident into a conspiracy to enhance their political propoganda. One man cannot be bad as devil neither as good as god. Let a human be human.

    Live and let live. Everyone has right to enjoy their life and that should be the motto of politicians to give equal opportunity to develop when someone is born in this world.

    Do not forget the foundation stone of each and every country prosporous in today’s world was laid by nobels and royals.

    Reply
  3. sushil says:
    August 3, 2016 at 7:31 am

    गणतन्त्र चाहिएको होइन? लौ खाओ गणतन्त्र। आफु त हिडियो घुम्न, हिंड बुढी…फर्केर आएपछि सोधौंला कस्तो हुँदो रहेछ गणतन्त्रको स्वाद? भनेर।

    Reply
  4. राजन says:
    August 3, 2016 at 6:31 am

    दाइमारा लाइ कल्ले नचिन्ने ?

    Reply
  5. सन्तोष says:
    August 3, 2016 at 2:30 am

    कागलाई बयल पाक्यो। हर्ष न विस्मात

    Reply
  6. Pramod says:
    August 3, 2016 at 12:34 am

    मुला सग ज्ञाने देसमा यत्रो बिपत्ति छ ,,, आफु भने युरोपको रेस्टुर/ण्ट चहारेर हिड्छ l
    बाढी पिडित भुकम्प पिडितकोमा जानु जनताको दुखमा साथ दिनु तब पो जनताले राजा आउ देस बचाउ एकै स्वरले भन्छन l
    यस्ता भात मारा राजा र हालका लोभी पापी नेता भाको देशमा जनताले हुन् सम्मको दुख नपाए राम राज्य सुख पाउन !

    Reply
    1. sujan maharjan says:
      August 3, 2016 at 10:45 pm

      नेपाललाइ एउटा आफ्नै “अरविन्द केजरिवाल” चाहियो, धुर्मुसे अब राजनीतिमा आउनु पर्यो !!

      Reply
  7. Shankar says:
    August 2, 2016 at 11:01 pm

    सायद पुर्ब राजा लाइ देख्दा मानिस केहि नेपालि ले अझै दुर्भाब राख्दा होलान | यिनीहरुले कम से कम सासन गरे पनि देश त् सिङ्गै छोडेर गएका थिए | जसरी सिंह ले मारेर छोडेको सिनोलाई स्याल हरु ले लुछेर केहि बाँकी राख्दैन , तेस्तै हाल छ अहिले देश को |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme