Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोकमानको सम्पति कति? विवरण पाउँ भन्दै अख्तियारमै सूचनाको हक अनुसार जानकारी माग

Posted on August 1, 2016 by Salokya

lokmanएउटा पिउनदेखि राष्ट्रपतिसम्मले पनि आफ्नो सम्पत्तिको विवरण बुझाउनुपर्छ। तर अरुको सम्पत्ति, कमाई अनि कमाई स्रोतको जाँच गर्ने निकायका प्रमुखले भने आफ्नो सम्पत्तिको विवरण बुझाउनु पर्दैन? बुझाएको छ कि छैन। छ भने जानकारी चाहियो भन्दै मिलन पान्डे लगायत ५५ जना मिलेर ५५ वटा सूचनाको हक अनुसार निवेदन हालेर अख्तियार प्रमुख लोकमान सिंह कार्कीको सम्पत्ति विवरण माग गरेका छन्।

नैतिकताको आधारमा लोकमानले आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्ने हो। तर त्यो भएको भए यति जात्रा हुन्थ्यो र। कानुनमा सम्पति विवरण बुझाउनु पर्ने भनिएको छ, सार्वजनिक गर्न जरुरी छैन।

lokman-sampati

प्रधानमन्त्री र मन्त्रीहरुले पनि २०४६ सालको जनआन्दोलनपछि स्वेच्छिक रुपमा सम्पति विवरण सार्वजनिक गरेका हुन्। त्यो पनि बुझाए मात्र पुग्ने विषय थियो।

तपाईँलाई याद छ होला नि, हाम्रा सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मी जब चुनावी सरकारका प्रमुख भएर गएका थिए। त्यतिबेला मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी र पूर्व प्रशासक मन्त्रीहरु कसैले पनि सम्पति विवरण सार्वजनिक गरेका थिएनन्। उनीहरुले यो परम्परालाई तोडेका थिए। आफै कानुन व्याख्या गर्ने, आफै पूर्व प्रशासकहरु- उनीहरुको जिकिर थियो, सम्पति विवरण बुझाइसक्यौँ। कानुनमा सार्वजनिक गर्नुपर्छ भनिएको छैन।

रेग्मी नेतृत्वको सरकारपछि बनेको सुशील कोइरालाको सरकारका मन्त्रीहरुले पनि झण्डै सम्पति विवरण सार्वजनिक नगर्ने तयारी गरेका थिए। तर पछि दबाबका कारण सार्वजनिक भयो। कोइराला पछि बनेको ओली सरकारका मन्त्रीहरुले पनि सम्पति विवरण सार्वजनिक गरे, विश्वेन्द्र पासवान बाहेकले।

सम्पति सार्वजनिक गर्नुपर्ने कानुन नभएकोले यी निवेदनहरुले एक किसिमको दबाब लोकमानलाई सिर्जना गर्ने बाहेक कानुनी रुपमा केही अप्ठेरो पर्दैन। लोकमानले यत्तिकै भरमा सम्पति सार्वजनिक पक्कै गर्ने छैनन् जस्तो लाग्छ।

3 thoughts on “लोकमानको सम्पति कति? विवरण पाउँ भन्दै अख्तियारमै सूचनाको हक अनुसार जानकारी माग”

  1. राजन says:
    August 3, 2016 at 6:37 am

    लोकमान्य हैन जत्ती खाएपनि न अघाउने भोकमान ।

    Reply
  2. Ekraj says:
    August 1, 2016 at 5:45 pm

    Lok Man is one of the very corrupt, arrogant and law and order abuser individual. In Nepal people like him make untouchable by law and he has no public, and possibly he would have ignored such demand for his corrupt practices several times in the past.
    Who believes this sort of guy will really investigate corruption of most corrupt individuals ( ministers, party heads, secretaries and army police heads). They are basically a gang members of corrupt rulers in Nepal.

    Reply
  3. robei says:
    August 1, 2016 at 1:58 pm

    मान नमान म हुँ, लोकमान।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme