Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘भैँसीकारिता’ को नमूना पनि हेर्ने कि

Posted on July 31, 2016 by Salokya

bhainsi
अस्ति भर्खर तपाईँहरुले रुद्री पत्रकारिता र अविश्वासी पत्रकारिताको नमूना हेर्नुभयो। त्यो थियो नेपाली पत्रकारिताका दुई नमूना समाचार। अब आज भने नेपालभन्दा अलि पर पाकिस्तानको टिभीमा प्रसारित एउटा नमूना समाचार हेरौँ। त्यसो त नेपाली टिभी कै समाचारहरु पनि नमूनाका नहुने हैनन्। आजलाई चाहिँ जिओ टिभीको समाचार हेरौँ र सिकौँ ‘भैँसीकारिता’ कसरी गर्ने?

पाकिस्तानको निजी न्युज च्यानल जिओ टिभीमा एक जना पत्रकार छन् अमिन हफिज। अघिल्लो शनिबार उनले एउटा भिडियो रिपोर्ट बनाए- लाहौरका सडकहरुमा बनेका आकाशे पुलमा गाईभैँसीहरु भर्‍याङ चढेर बाटो पार गर्छन्। तर मानिसहरु भने सडकबाटै बाटो काट्छन्।

समाचार अलि अनौठो विषयको छ। तर त्यसभन्दा रमाइलो त्यतिबेला हुन्छ जब पत्रकार अमिन हफिजले बुम एउटी भैँसीतर्फ तेर्स्याउँदै सोध्छ- आप अभी पुल उतरकर आई हो। ये काम आसान लग रहा है या मुश्किल? (तपाईँ भर्खरै पुल चढेर आउनुभयो, यो काम सजिलो लागिरहेको छ कि गाह्रो?)

भैँसीले बोल्ने कुरा आएन। म्हा….गर्छ। अनि त्यसलाई कत्ति न बुझेको जस्तो गरेर उनले अर्थ्याउँछन्- यसले शायद यो भन्ने कोशिश गरिरहेको छ कि कुनै पनि जनावरका लागि भर्‍याङ चढ्नु र ओर्लनु सजिलो हैन गाह्रो काम हो।

अझ क्लोजिङ पिटिसी झन् रमाइलो छ, आकाशे पुलबाट गाईभैँसीहरु झरिरहेका हुन्छन्, बाटो छेकिने गरी रिपोर्टर पनि झर्दै पिटिसी दिइरहेका हुन्छन्।

शब्दभन्दा पनि भिडियो हेर्दा मज्जा हुन्छ, हेरौँ भिडियो-

भिडियो माथि नखुले यहाँ क्लिक गरी हेर्नुस्

[तपाईँले पनि यस्तै कुनै नेपाली नमूना टेलिभिजन समाचार याद गर्नुभएको छ? तल कमेन्टमा बाँड्नुस् है]

3 thoughts on “‘भैँसीकारिता’ को नमूना पनि हेर्ने कि”

  1. Tilak Pokharel says:
    August 1, 2016 at 9:32 am

    दुइटै भिडिओ लिंक खुल्दैन। युट्युबमा भेटिएको यो लिंक चाहिं खुल्दो रहेछ। https://www.youtube.com/watch?v=zAeRF9PeWms

    Reply
  2. Shankar says:
    July 31, 2016 at 5:44 am

    आफुलाई बेलुन जस्तो फुटाएर कम्तिमा दस ,बिस जनाको ज्यान लिने हरुले बाटो जथाभाबी काटे भन्नुलाई त् तिर्थ गएको भन्नु पर्छ , धर्म गरे भन्नु पर्छ | बरु पत्रकार बन्दु चै हृसी धमला जस्तो बिद्द्वान रहेछन | लाहोर का मानिसहरु गाइ ,भैस भन्दा गयेगुज्रेका भन्न खोजेका हुन् कि ?

    Reply
  3. नबराज लामीछाने says:
    July 31, 2016 at 12:40 am

    रमाइलो समाचार

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme