यो भव्य भवन भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासको हो। यही दूतावासको एक कुनामा झण्डै एक टन सामान थुप्रिएको एक वर्षभइसकेको छ। खासमा त्यो सामान गत वर्ष वैशाख १२ मा आएको भूकम्पपछि नेपालमा पठाउनका लागि आएको राहत सामाग्री हो। सहयोगस्वरुप आएको दैनिक उपभोग्य वस्तु एवं ब्ल्यांकेट, तारपोलिन आदि अझै पनि दूतावासमा जगेडा छ। त्यो सामान के गर्ने त अब? सामान नेपाल पठाउन थालिएको प्रकृयामा विवाद बढेर वरिष्ठ कर्मचारीहरुबीच चर्काचर्की हुन पुग्यो। दूतावासमा कुटनीतिक विशिष्ट कर्मचारीमाझ आन्तरिक कलह चर्किएपछि र सार्वजनिक रुपमा थाहा हुने गरी सतहमा विवाद बढेपछि परराष्ट्र मन्त्रालयले स्थितिको बुझबुझारथ गर्न सहसचिवस्तरको वरिष्ठ पदाधिकारीलाई दिल्ली पठाइसकेको छ।
दूतावासका कुटनीतिक कर्मचारीहरुको बेमेल स्थितिबारे स्थलगत अध्यन गर्न मन्त्रालयले सहसचिव एवं पाकिस्तानका लागि प्रस्तावित राजदूत सेवा लम्साल अधिकारीलाई मंगलबार दिल्ली पठाएको हो।
काठमाडौंमा गृह तथा अर्थ मन्त्रालयसँग समन्वय गरेर भन्सार मिनाहासहित यो राहत सामग्री नेपाल पठाउन उपसचिव तहमा रहने काउन्सेलर हरि ओडारीले पहल गरेका थिए। तर कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालले त्यसलाई अस्वीकार गरेपछि विवाद बढ्यो।
गत शुक्रबार बढेको विवादले झगडाको रुप लिएपछि परराष्ट्रले घटना बुझ्न सहसचिव तहमा कर्मचारी दिल्ली पठाएको हो। गत शुक्रबारको काण्डपछि दिल्लीमा रहेका कार्यवाहक राजदूत ढकालले ‘आफ्नो सुरक्षाका निम्ति उचित प्रबन्ध गरिदिन’ भन्दै परराष्ट्रमा पत्र पठाएपछि स्थिति बढी जटिल बनेको थियो।
दिल्ली पुगेकी सहसचिव अधिकारीले दूतावासमा रहेका काउन्सेलर हरि ओडारी (राजनीतिक), काउन्सेलर उमाकान्त आचार्य (आर्थिक), द्वितीय सचिव गणेश अधिकारी, सुरक्षा मामला हेर्ने काउन्सेलर एसएसपी यादव खनालसहितसँग सोधपूछ गर्दै घटनाक्रमबारे जानकारी लिइरहेकी छिन्।
दिल्लीमा कार्यरत राजदूत दीपकुमार उपाध्यायलाई ओली सरकारले २ महिनाअघि फिर्ता बोलाएपछि सहसचिव कृष्णप्रसाद ढकालले कार्यवाहक जिम्मेवारी निर्वाह गर्दै आएका छन्। तर, कर्मचारीबीच कार्यगत एकता र समन्वय जुटाउन नसकेको भन्दै ढकालको निर्णय क्षमतामाथि परराष्ट्रले स्पष्टीकरण लिइसकेको छ।
भर्खरै काज सेवाबाट दिल्ली पोष्टिङमा गएका उपसचिव ओडारीले ‘दूतावासमा कार्यवाहक हैसियतमा ढकाल रहिन्जेल काम गर्न नसकिने’ भनेर आफूलाई परराष्ट्रमा फिर्ता बोलाउन परराष्ट्र सचिव शंकर बैरागीलाई आग्रह गरिसकेका छन्।
कति होत १ टन भनेको ले हेर्नुश .
१ कनिका = १ निल्बे
२ निल्बे = १ चिप्टे ( चौथाई )
२ चिप्टे – १ माप्टे ( आधा मानो )
२ माप्टे- १ सेर ( १ लिटर वा १ मानो, पुग नपुग १ किलो )
४ चामल = १ धान
४ धान = १ रति
८ रति = १ मशा
१२ मशा (९६ रति ) = १ भारि
१ भारि = ४ सिक्कि
२४ रति (९६ धान ) = १ टक
१ तोला = ११ .६६ ग्राम
१००० ग्राम = १ किलो
९०७ .१८४७४ किलो = १ टन
१००० किलो = १ मेट्रिक टन
यो खैला बैला ९०७ केजी को लागि त् एस्तो तन खा कि म खा हुदो रैछ भने अरु केके हुन्छ होला ?
कृष्णप्रसाद भर्सेस हरीप्रसाद बिचको जुंगे लडाईं। कृष्णप्रसाद आफुलाई आदर्शवादी ठान्ने, हुटीट्याउले संसार धाने जस्तो आँफै सबै धान्न खोज्ने तर एकै चोटि लोक सेवा जांच पास गरेर माथिल्लो पदमा उफ्रेर पुगेकाले व्यवहाँरिक अनुभवको कमी स्पष्ट देखीन्छ। मान्छे चाँहीं सिधासाधै हुन। अर्को तर्फ चरम घमन्डी हरी प्रसाद । पद सानो भये पनि कसैलाई मान्छे नगन्ने । म जतिको जान्ने सुन्ने यो संसारमा अर्को कोही छैन भन्ने भ्रम पालेर बसेका। काममा चाँहीं मेहेनती नै देखिन्छन। बोली वचन अती छुचो तर सचिवले काखी च्यापी दिएकाले जती नै अलोकप्रिय भये पनि कोही बोल्न नसक्ने। ‘बैरागीको बोको’ उपनाम समेत पाएका। समग्रमा यि दुवै अतिवादी चिन्तनले ग्रस्त देखिन्छन। परराश्ट्र मन्त्रलय कै बद्नाम गर्ने भए। निश्पक्ष जमात चिन्तित छ्।..
चाकडी गर्न , लुट्न र भुडी भर्न मात्र जानेका , तल देखि माथिसम्म अनैतिक , र बेइमान ( १००० मा १ इमान्दार होला ) र असक्ष्यम नेपाल को कर्मचारी तन्त्र छ | तेस्माथि ओली जस्तो ४ पास उखान तुक्के , र प्रचण्ड जस्तो खुफिया , महिसासुर जस्ता नेता उनीहरुको बोस बनेर बेला बेलामा आइदिञ्छन| काम त् भुत्राको हुनु , स्वित्जर्ल्यांड बनाउने , रेल गुडाउने , पाइपलाइन बात ग्यास ल्याउने सपना मात्र बाड्ने हुन् यिनले |
भैसी भक्त छबिलाल ले पहिले नै बक बक गरिसक्यो , ”उ पी यम भए भू पी लाइ ७ लाख दिने अरे ”|( अल्लि अगिकै भासन त्यो तेस्को यो )