Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सत्ताको खेल : कहिले देउवा, कहिले रामचन्द्र पौडेललाई घाँस देखाउँदै ओली

Posted on July 15, 2016 by Salokya

IMG_5285
सरकार अल्पमतमा परेर अविश्वास प्रस्तावसमेत दर्ता भइसके पनि सत्ताको लर्तरो खेलाडी आफू हैन भनेर प्रमाणित गर्न प्रधानमन्त्री केपी ओलीले विभिन्न रणनीति अपनाउन थालेका छन्। यसै क्रममा उनले नेपाली कांग्रेसका सभापति पदमा पराजित र यसअघि १७ पटक प्रधानमन्त्रीको निर्वाचनमा पराजित रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्न घाँस देखाएको खुलेको छ।

पौडेल आफैले एमालेका तर्फबाट अध्यक्ष तथा प्रम ओलीले प्रधानमन्त्री बन्न प्रस्ताव राखेको खुलाएका हुन्। तर “पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ, म पार्टी निर्णयभन्दा बाहिर जान सक्दिन” भन्दै जवाफ दिएपछि भने ओली हिस्स भएका छन्। तैपनि ओली कहाँ चुप लागेर बस्छन् र, आगामी दिनमा सत्ताको खेल हेर्न अझै रमाइलो हुनेछ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफूलाई एमालेबाट प्रधानमन्त्री बन्न प्रस्ताव आएको र उनले ‘ढिला भइसक्यो’ भन्ने जवाफ फर्काएको बताएका थिए।

रामचन्द्र पौडेलसहित कांग्रेस केन्द्रीय समिति बैठकले काँग्रेस र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमतिलाई अनुमोदन गर्दै दाहालको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्ने निर्णय गरेको थियो। यस्तो अवस्थामा कांग्रेसभित्र खेल्न सकिन्छ कि भनेर प्रयास चाहिँ गरेकै हुन् ओलीले।

कांग्रेस र माओवादी नमाने पनि मधेसी मोर्चाका भोटहरु लिन सके ओली सरकार बच्ने सम्भावना कायमै हुन्छ। तर मधेसी मोर्चाको आन्दोलनलाई बेवास्ता गर्ने ओलीले उनीहरुको भोट कसरी लिन सक्लान्? त्यसमाथि मधेसी मोर्चासहितको संघीय गठबन्धनले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

तर पनि आज एमालेको संसदीय दलको बैठकमा ओलीले यो देशमा एमाले पनि छ भनेर देखाउन (भनेको शायद् एमालेको पक्षमा प्रोपोगान्डा गर्न होला) र अविश्वास प्रस्तावको सामना गर्न (कसरी गर्ने हो सामना चाहिँ? संसदमा सरकारको पक्षमा बोल्न र भोट हाल्न त होला) निर्देशन दिएका छन्।

इतिहासमा यस्तै भएको थियो
मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार नौ महिनामा ढलेको थियो। मनमोहन अधिकारीको सरकारविरुद्ध तत्कालीन प्रतिपक्षी कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि अधिकारीले संसद भंगको सिफारिश गरेका थिए। तर सर्वोच्चको आदेशपछि उनको सिफारिश अमान्य भयो। अनि अविश्वासको प्रस्ताव पास भएर एमालेको सरकार ढल्यो।

त्यसपछि त्यतिबेलाको दोस्रो ठूलो दल कांग्रेसका शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बन्यो। एमाले पनि के कम, त्यतिबेलाको तेस्रो ठूलो दल राप्रपालाई टुक्राएर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बनाएर त्यसमा सहभागी भयो। तेस्रो ठूलो दलको पनि सरकार बनाउन सकिन्छ भन्ने नजिर त्यतिबेलै बनेको हो। कांग्रेसले पनि सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाएर सहभागी भयो।

यो बहुदल कालको कुरा थियो। गणतन्त्र आइसकेपछि पनि तेस्रो दल बनेको एमालेको नेतृत्वमा दुई पटक सरकार बन्यो- माधव नेपाल र झलनाथ खनालको। अब दोस्रो संविधान सभाको निर्वाचनपछि पनि तेस्रो दल एमाओवादीको नेतृत्वमा सरकार बन्दैछ।

4 thoughts on “सत्ताको खेल : कहिले देउवा, कहिले रामचन्द्र पौडेललाई घाँस देखाउँदै ओली”

  1. bhupendra says:
    July 15, 2016 at 10:40 am

    प्रचण्ड हाई हाई केपी वोलि बाइ बाइ होला. देश को अवस्था

    Reply
  2. Shankar says:
    July 15, 2016 at 7:39 am

    घांसी ओली राजनीति मा छिर्यो , कुमाई बाहुनको छोरो , निकै जाली थियो देश को पी यम भै हाल्यो | अब यो सग भएको भनेकै घाँस हो , त्यो नै त् देखाउने , दिने हो एसले |
    पैसो त् येत्रो देखाउछ यो काइते बाहुन ले खुसुक्क खुत्रुके मा हालेर अङ्गेनोको डिल मा गाडेको होला |

    Reply
  3. Sanju says:
    July 15, 2016 at 1:35 am

    ओली वन्ने मान्छे सार्है फटाहा हो…..आज सम्म सोझा नेपली लै खोक्रो रस्त्राबाद र हुने नसक्ने पनि जहाज को सपना देकयेरा टेकाएको सरकार हो….भारत लै गाली गर्ने बितिकै जनता को समर्थन पैन्छा वन्ने नजिर स्थापना गरेका छन्…धिक्कार छ ओली तिम्रो बुद्दि र बिबेक लै !!!

    Reply
  4. Pashupati says:
    July 15, 2016 at 12:41 am

    We don’t understand that Why Pm Oli is willing to support for Deuba or Paudel for PM? Not For Prachandra? When Pranchdra fully supported UML and Oli then to become Pm Oli. Oli is something….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme