Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओली त ज्याद्रो पो भएर निस्के : कांग्रेस र माओवादी राजीनामाको आश गर्दै थिए, क्याबिनेट पुनर्गठन गरेर ख्वाइदिए लोप्पा

Posted on July 14, 2016 by Salokya

kantipur (2) नेकपा एमाले संसदको दोस्रो ठूलो दल। तर तेस्रो ठूलो दल माओवादी र चौथो ठूलो दल राप्रपा नेपालदेखि सानातिना दलहरु समेत समेटेर इतिहासमै नभएको ६-६ जना उपप्रधानमन्त्रीसहित मन्त्रालयहरु फुटाएर बनाइएको ४१ सदस्यीय मन्त्रिपरिषद्को अध्यक्षता गर्ने प्रधानमन्त्री केपी शर्मा ओली। ८२ सांसद भएको माओवादीले समर्थन फिर्ता लिएपछि नैतिकताको आधारमा राजीनामा देलान् भन्ने आशा थियो माओवादी र कांग्रेसको। माओवादीले हिजै र कांग्रेसले बुधबार बिहानको केन्द्रीय कार्यसमितिको बैठकपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे। माओवादी मन्त्रीहरुले सामूहिक राजीनामा पनि आज बुझाए। त्यसो त राजीनामा दिए पनि कार्यवाहक प्रधानमन्त्रीका रुपमा उनै रहने हुन्। तर ओली त ज्याद्रो भएर पो निस्के, राजीनामा हैन उनले क्याबिनेट पुनर्गठन गरिदिए। माओवादी मन्त्रीहरुको जिम्मामा रहेको मन्त्रालयहरुको कार्यभार अरु मन्त्रीलाई तोकिदिए।

राजीनामा दिएका आठ मन्त्रीहरु
-टोपबहादुर रायमाझी, उपप्रधानमन्त्री र ऊर्जा मन्त्रालय
(अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जिम्मा)

-रेखा शर्मा, सामान्य प्रशासन मन्त्रालय
(प्रधानमन्त्री ओलीले आफैले लिए जिम्मा)

– अग्निप्रसाद सापकोटा, वन तथा भू –संरक्षण मन्त्रालय
(उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारलाई जिम्मा)

-शक्तिबहादुर बस्नेत, गृह मन्त्रालय
(रक्षामन्त्री भीमबहादुर रावललाई जिम्मा)

-गणेशमान पुन, आपूर्ति मन्त्रालय
(श्रम तथा रोजगारमन्त्री दीपक बोहोरालाई जिम्मा)

-गिरिराजमणि पोखरेल, शिक्षा मन्त्रालय
(कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेललाई जिम्मा)

-उमेश यादव, सिँचाइ मन्त्रालय
(भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बालाई जिम्मा)

-हरिबोल गजुरेल, कृषि मन्त्रालय
(पशुपक्षी विकासमन्त्री शान्ता मानवीलाई जिम्मा)

प्रधानमन्त्री ओलीले संविधानको धारा २९८ बमोजिम आफूसहित अन्य मन्त्रीलाई थप कार्यभार दिएको र नयाँ जिम्मेवारी दिइएको पत्र आजै राष्ट्रपति कार्यालय पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रम ओली र राष्ट्रपति विद्या भण्डारीबीच आज भेट पनि भयो।

संसद बसेन
११ बजे बस्नुपर्ने संसद सूचना टाँसेर ३१ गतेसम्मका लागि स्थगित भयो। विनियोजन विधेयक पास भए पनि राष्ट्र ऋण उठाउने लगायतका बजेटका केही बाँकी विधेयक पास हुन बाँकी छ। यही बीचमा सरकार ढाल्ने खेल सुरु भएकोले संसदको बैठकै बस्न सकेन।

अविश्वासको प्रस्ताव दर्ता
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै अविश्वासको प्रस्ताव दर्ता गराए जसमा कांग्रेससहित सात दलको समर्थन रह्यो। मधेसी मोर्चासहित २८० सांसदले त्यसमा हस्ताक्षर गरेका छन्। अविश्वास प्रस्ताव पास हुन भने २९८ मत चाहिन्छ। संसद ६०१ सदस्यको भए पनि तत्काल कायम संख्या ५९५ मात्र रहेको छ। यसको बहुमत २९८ हुन आउँछ।

प्रस्ताव दर्ता गरेपछि सात दिनमा परिपक्व हुन्छ र छलफल र मतदानको मिति तोकिन्छ। सातौँ दिन साउन ५ गते पर्नेछ।

ओलीको देउवालाई प्रम बनाउने प्रस्ताव
ओली लर्तरो खेलाडी हैनन् भन्ने चाहिँ देउवाले आज केन्द्रीय कार्यसमितिको बैठकपछि आफूलाई ओलीले प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको बारे खुलासा गरेपछि पनि देखिसकिएको छ। भद्र सहमतिका रुपमा बजेटपछि प्रचण्डलाई नेतृत्व दिने भनिए पनि उनले पछि त्यस्तो सहमति हुँदै नभएको बताए। बरु गठबन्धन कायम नराखी देउवालाई प्रम बनाउने प्रस्ताव गरिदिए। तर देउवाले भने प्रस्ताव ढिला भयो भनेर अस्वीकार गरेको कुरा सुनाएका थिए।

लिखितमा कतै प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा छैन
कांग्रेस र माओवादीबीच आलोपालो गरी प्रधानमन्त्री बन्ने सहमति भएको भनिए पनि त्यो लिखितमा कतै देखिएको भने छैन। कांग्रेस कार्यसमितिको बैठकले प्रचण्ड नेतृत्वमा सरकार बनाउने निर्णय गरेको भनिए पनि लिखित निर्णयमा त्यो छैन-
CWC, press release

प्रचण्ड र देउवाबीच भएको भनिएको सात बुँदे सहमतिमा पनि त्यो छैन-

साभार : नागरिकन्युज
साभार : नागरिकन्युज

7 thoughts on “ओली त ज्याद्रो पो भएर निस्के : कांग्रेस र माओवादी राजीनामाको आश गर्दै थिए, क्याबिनेट पुनर्गठन गरेर ख्वाइदिए लोप्पा”

  1. तुल श्रेष्ठ says:
    July 30, 2016 at 7:06 am

    मलाइ विवेक jee सङग केहि कुरामा सोघ्नु 6? के हाम्रो नेपालमा कुन नेता ले अहिले सम्म तपाईंलाई चित्त बुज्दो काम गरेको ? हरेक कुरामा सर्कार वा पार्ती लाई दोस दिनु 6? यो हाम्रो नेपाल मात्र होइन south asia ma हेरे भै हाल्यो नि . कुन देश मा सर्कार ५ बर्स चलेको ६? र कुन देशमा शान्ती 6.एक्क patak हाम्रो देश मा पनि 5 बर्श सम्म चल्ने सर्कार बनोस त्यश पछि मात्र comment garnu hola.

    Reply
  2. Uttam xetry says:
    July 20, 2016 at 1:32 am

    काङ्ग्रेस माओवादी मधेसी पार्टी भनेका देशका सबैभन्दा ठूलो घातक हुन ओली ले जे गर्दै हुनुहुन्छ एकदम सही हो काङ्ग्रेस ले अहिले सम्म के बिकास गरेको छ र अलि अलि बिकास बाँकी भुँडी भर्ने देशको छेउ कुना बेच्ने गरेको छ

    Reply
  3. विवेक says:
    July 14, 2016 at 7:03 pm

    एक दिन त के एक घण्टा भए पनि बालुवाटारको बसाई लम्ब्याउन ओलीले जे पनि गर्नेछ| प्रधान मन्त्रि पदको गरिमा घटाउने भए| सत्तामा नभए पछि ओलीलाई आफ्नै पार्टीले खेदो गर्छ| राम्ररि हेर्यौ भने नेपालीमा जागेको राष्ट्रवाद जगाउन बाहेक ओलीको नौ महिने उपलब्धि केहि छैन, गफै मात्र हाँके, बालुवाटार छाडेको दिन देखि तुहिन्छ| व्यक्तिगत स्वार्थमा उनको आफ्नै ठुलो उपलब्धि भनेको विद्या भण्डारीलाई राष्ट्रपति बनाउनु हो| अर्को भारत भ्रमणमा जाँदा कुमाउ क्षेत्रमा जानु हो|
    सही कुरो, ज्याद्रो नै परेछ|कुमाई बाजेले घुमाई घुमाई दिने भए|

    Reply
  4. Rigbedshree says:
    July 14, 2016 at 2:02 pm

    आखिर सबै पार्टीका नेता भुस्कुट र जिल्लिने हुन् र जित हुन्छ कण्डम देश भारतको ! हेर्दै जाउ !
    **********************************************************************************************************
    प्रधान मन्त्री घरि घरि हुदैमा हुने हो र ! यस्ता भुस्कुट नेताहरुले आफैले राजनीति जानेका छैनन त खेल्दैन त भारत !

    अब समर्थन गुमाई सकेको सरकार ले राजिनामा गरे हुन्थ्यो नि, गर्दैन ! किन कसैलाई थाहा छ ? उत्तर हो त्यहि कण्डम देश भारत ! आखिर कण्डम देशको योजना हो कि सबैलाई जिल्याईदिएर, देशमा संकट देशमा ल्याइदिएर अर्को खिल राज रेग्मी जस्तालाई शासन गर्न लगाएर आफ्नो एजेन्डा लागु गराएर चीन सित को सम्झौता र यो उनले ( हाम्रो देशका भुस्कुट नेता भन्ने गरेका) संघीय लोकतान्त्रिक व्यवस्था खतम पारेर अर्को व्यवस्था गराउनु छ ! यो सबै पार्टीका नेताहरु थाहै नपाई त्यो कण्डम देश बाट खेलिरहेका छन् ! कण्डम देश बायु बनेर हरेक भूमिकामा छ र यिनीहरुलाई जगाई दिई राखेको छ !

    Reply
  5. हेमन्त भट्टराई says:
    July 14, 2016 at 10:18 am

    मानम् सरकार ढल्यो र नयाँ सरकार आयो भने सरकारले बढाएको तलप कर्मचारीले पाउँछन् कि पाउँदैनन् होला ?

    Reply
  6. Toran KC says:
    July 14, 2016 at 8:59 am

    यो देश जसरिपनि तहस-नहस हुन्छ Congress ले चलाएपनि मावबादीले चलाएपनि तेसैले भोका उडुसरुपी दानवहरुलाई सरकारको जिम्मा दिनुभन्दा पहिलदेखि चुसीरहेका लाइनै छोडी दिंदा जनताको रगत धेरै कम चुसिन्छ,अर्थात राष्ट्रको ढुकुटीमा कम क्षति पुग्दछ … अर्थशास्त्रको यो सामान्य सिद्धान्त पनि हो ! तेसैले वली PM ज्युले जे गर्नुभयो ठिक गर्नुभयो, बाकि मन्त्रीमंडलमा थप जिम्मेवारी दिएर आफुलाई सुध्रिढ़ पार्न खोज्नुनै उपयुक्त छ …

    Reply
  7. Rohini says:
    July 14, 2016 at 7:16 am

    अल्पमतको सरकारले मन्त्रीमंडल पुनर्गठन गर्दैमा सरकार टिकाउ हुने त होइन नि सालोक्य जी !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme