Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साउन १ गतेदेखि विदेशबाट आउने नेपालीले के-के निःशुल्क ल्याउन पाउने? के-के ४० प्रतिशत महसूल बुझाएर?

Posted on July 9, 2016July 9, 2016 by Salokya

भन्सार विभागले आउँदो साउन १ गतेदेखि विदेशबाट नेपाल फर्कने नेपालीहरुले के-के सामान भन्सार नतिरी निःशुल्क ल्याउन पाउने र के-के ४० प्रतिशत एकमुष्ट महसूल तिरी ल्याउन पाउने भन्ने विषयमा अन्यौल नहोस् भन्नलाई सूची नै सार्वजनिक गरेको छ। तपाईँ विदेशमा हुनुहुन्छ र साउनपछि नेपाल फर्कँदै हुनुहुन्छ अथवा तपाईँका कोही आफन्त साउनपछि नेपाल फर्कँदै हुनुहुन्छ भने यो सूची तपाईँका लागि आवश्यक हुनसक्छ। पढ्नुस् भन्सार विभागले सार्वजनिक गरेको यो सूची

Baidesik-rojgari-final2_20160704115851
Baidesik-rojgari-final2

13 thoughts on “साउन १ गतेदेखि विदेशबाट आउने नेपालीले के-के निःशुल्क ल्याउन पाउने? के-के ४० प्रतिशत महसूल बुझाएर?”

  1. meghnath ale says:
    July 22, 2016 at 12:12 pm

    आफन्तले मोबाईल माग्थे तन्तै साफ… थिकै लाग्यो।

    Reply
  2. nawa r says:
    July 17, 2016 at 4:48 am

    मलाई चाहिँ सजिलो भयो मोबाईल मग्नेलाइ जवाफ मिलो धेरै थिए माग्ने

    Reply
  3. sushil says:
    July 11, 2016 at 12:12 pm

    नियम बनाउनेलाई न त देशको खेतबारीमा ढाड दुखाउनु छ, न त विदेशको मरुभूमिमा सेकिनु छ. उनीहरु त घुम्ने कुर्सीमा बसेर कताबाट पैसा दबाउन पाइन्छ भन्ने हिसाबले नियम बनाउञ्छन. पहिला राजाका खलकले जेमा पनि हिस्सा माग्थे रे क्या, अचेल डाँकाहरुले लुट्छन. हामी नेपालीहरु आफ्नै बुद्धिले गर्दा दुख पाउने हो. उतिखेर पंचायती व्यवस्था नहटेको भए बरु जाति हुन्थ्यो कि पो जस्तो लाग्न थाल्यो त! (देख्न त देखिएन तैपनि).
    होइन हौ! यी गणतन्त्रका राजाहरुले त सिद्ध्याउँछन् कि क्या हो हाँ?

    Reply
  4. Arun xettry says:
    July 10, 2016 at 2:24 pm

    तिमि हरु नेपाल मा बसेर हाम्रो पसिना माथी हैकम जमाउने अधिकार कल्ले दियो हं?? हो हामी राष्ट्र लाइ आंच आउने तस्करी गरिदैन बिदेश मा कमाउन आको हामी कुनै चोरी डकैती गरेर घडी मोबाइल किनेको हैन सक्छस भने सुनवल नाका बाट चेलिबेटी बेचिएको रोक रक्सौल बाट नेपाली कच्चा पदार्थ गैरकानुनी रुपमा तस्करी भएको छ त्यो रोक भारत बाट २०० भारु बोर्डर मा तिरेर अनेकौ मदिरा ओसार पसार हुन्छ त्यो रोक बिदेश मा पसिना बगाइ किनेको दुइ चार थान घडी मोबाइल मा तिमि हरुको नजर पर्यो? युरोप मा बाट आउने को 50/60 डलर हात मा थमाए केहि चेक हुदैन तर खाडी बाट मैलो झोला बोकेर जानी लाइ लुछा लुछ गर्छस साले सैतान हरु मेरो तल्तिर को लैजालास सुन पनि लानी हो दुइ ओटा मोबाइल।पनि छ घडी पनि छ केहि छुन खोजिस भने मैले लगाएको जुत्ता कट्टु पनि तेरो चेकिङ टेबल मा राखी घर जानी हो ।।

    Reply
  5. बल बहादुर साउद says:
    July 9, 2016 at 10:06 pm

    गरिबलाई झनै गरिब बनाउने देखियो।
    पासपोर्ट लाग्ने देशमा मात्रै होकी भारतबाट आउने लाई पनि हो ।।।।

    Reply
  6. shreesh thapa says:
    July 9, 2016 at 9:07 pm

    प्रयोग गरेको समान बाहेक छुट्टै एक एक थान ल्याउन पाउने होकी ?? प्रयोग गरेको नगरेको जे भएपनि एक एक थान मात्र हो जस्तै घडी ल्यापटप मोबाइल यो कुरा अलि क्लियर भएन होइन र ??

    Reply
  7. rajendra malla says:
    July 9, 2016 at 3:20 pm

    नियम त एति भएसि सकिगो नि ।।अब अरु के चाहियो र ।। गर्नु गरेउनि ।।।।।।

    Reply
  8. S. Kumar says:
    July 9, 2016 at 12:39 pm

    एरपोर्टमा घुसिया कर्मचारीलाई फेरि सुनौला मौका | नया नियममा नै घुसियातंत्रको वास आउछ | राजस्व त अवस्य बढदैन | लेखेर राख्नुस |

    Reply
  9. Cesar says:
    July 9, 2016 at 12:38 pm

    एरपोर्टमा घुसिया कर्मचारीलाई फेरि सुनौला मौका | नया नियममा नै घुसियातंत्रको वास आउछ | राजस्व त अवस्य बढदैन | लेखेर राख्नुस |

    Reply
  10. Sane Karki says:
    July 9, 2016 at 11:21 am

    साला नियेम कानुनले चल्ने देश भएको भा पो एउटा कुरो | नियेम त जे बनाउदा नि भै गो नि सोल्टी |

    Reply
  11. P P Tamu says:
    July 9, 2016 at 2:23 am

    Aru ta thikai jasto lagyo, Tara Mobile set ta afnai 1 hunxa ani parivar ko lagi Gift ko Rup ma liyakai hunxa, tesaile Kamse-kam 2 wata extra lina paune hunu parne ho. Kina etro Sasti ? Dimak kharab bhaxa ki ?

    Reply
  12. jagat gurung says:
    July 9, 2016 at 1:52 am

    bedeshma pasina bagaya aafno family ko lagi pani saman layauna napaune kunai deshma nabhako niyam

    Reply
  13. Ganesh says:
    July 9, 2016 at 1:50 am

    दुःखका साथ भन्नुपर्दा, यो नियम लागू गर्नपूर्व यस बिषयमा अनेकन कुराहरु सुन्नमा अाएको थियो कि, अब के होला के नहोला। सुन्नमा अएको कुरा जुनकुनै अाईटमका सामान एक-एक थान गरेर ल्याउन पाईने, सुनको हकमा पचास ग्रामसम्म निर्वाध ल्याउन पाईने, त्यसबेला सुन काँचो वा पाकेको भन्ने कुरा केही थिएन। हाल अाएर कुनैपनि सामान मात्र एक थान भनियो भने सुनपनि बनाएकै हुनुपर्ने भन्ने, अन्यथा भन्सार लाग्ने भनेको चाहिँ “घुमीफिरी लुम्देटार” भने झैँ श्रमिकहरुलाई राम्रोसँग घुमाई- घुमाई शोषण गर्ने नै नीति हो जस्तो लाग्छ सरकारको। सायद, यो नीति म लगायत अधिकाँशले नै खुशीका साथ स्वीकार्ने ठाउँ अत्यन्तै न्यून देख्दछु।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme