अहिले काठमाडौँ उपत्यकामा केही त्यस्ता अनौठा संकेत चिह्नहरु देख्न सक्नुहुन्छ, जुन शायद् विश्वका कुनै पनि देशमा प्रचलनमा छैन होला। (देख्नुभएको छ भने तल कमेन्टमा लेख्नुस् है) जस्तै उदाहरणका लागि मरुबाट यट्खा जाने बाटोमा राखिएको यो संकेत चिह्न हेर्नुस्। कुनै पनि ट्राफिक संकेत बोर्डमा यस्तो तपाईँले देख्नुहुन्न। यसको अर्थ के हो? चित्रमा देखिए अनुसार टेको लगाइएका घरहरु त्यहाँ छन् भन्न खोज्या हो कि? भनेपछि पोहोर वैशाख १२ को भूकम्पपछि नयाँ संकेत चिह्नको पनि आवश्यकता पर्यो।
भोटाहिटीमा राखिएको यो नीलो रङ्गको संकेत चिह्नले के जनाउने हो? लुगा पसल छ त्यता भनेको हो ?
यो असनमा राखिएको संकेत चिह्नले भान्टा बेच्ने ठाउँ हो भनेको हो कि?
असनबाट जनबहाल आउने ठाउँको एउटा गल्लीमा फेरि यस्तै चिह्न भेटियो। यहाँ त भान्टा बेच्ने ठाउँ पनि छैन।
जनबहालमा पनि भान्टा नै देखियो बोर्डमा।
यहाँ भने माटोको खुत्रुके रहेछ।
मखन जाने बाटोमा लुगाको संकेत रहेछ।
इन्द्रचोकमा भारी बोक्नेको चित्र भएको बोर्ड रहेछ।
असनमा यस्तो चिह्न रहेछ के हो मैले बुझ्न सकिनँ।
कसले यस्तो संकेत चिह्न राखेको हो, यसको अर्थ के हो, सर्वसाधारणले नै नबुझे पछि राख्नुको फाइदा के हो? मैले त केही बुझिनँ बा…तपाईँले बुझ्नु भयो?
एकदमै दु:खलाग्दो न्युज फोटो!!! अर्को साइड- “खोलाको छेउमा ५ तले घर कसले बनाएको त्यो पनि स्लोप, भिरालोतिर? सानो टहरा भए पनि हुन्थ्यो, ठुला ५० कोठे देख्छुं, कोप्चामा रैछ, भीर रैछ…लु बनाउनेवाला, डिजाइनर, बस्दै गर्नेहरु, पढीनेहरु, बाध्यतावश बसिनेहरु?!!”
हामी दिनहु जस्तो गाडी मा चद्छाम, र ट्रफिक को चिन्ह हरु देक्छाम र थाहा पौने गररेका छम कि अगाडी ke आउदै छ भनेर . जस्तै घुमाउरो बाटो, साँघुरो बाटो, पहिरो, खतरा, यस्तै यस्तै. र बुज्नु पर्ने मुख्य कुरा के भने जहाँ चिन्ह हुन्छ तब साबधानी अपनाउनु पर्छ जस्तै घुमाउरो बाटो/घुम्ती, तेस्तै माथि का चिन्ह हरु ले पनि वर पर यी समान हरु पाहिन्छ भन्ने संकेत गर्दछ . जस्तै तरकारी पसल janaauna का lagi vanta को प्रयोग गरीय को छ, लुगा पसल janauna का lagi शर्ट को प्रयोग, माटो को vaada पसल janauna का लागि khuturke को प्रयोग तेस्तै आरु 7 चिन्ह हरु chan. थप jankari को लागि paaasapi@gmail.काम waa [email protected] मा aafuna prasna हरु rakhna saknu हुन्छ.
घर लड्न लाग्या छन्, लुगासुगा राम्रो लगाएर, पैसो जम्मै बोकेर, भा’को तरकारी खाद्य सामग्री समेत बोरामा हालेर अलि सुरक्षित खुला ठाउ (फुलबारी बगैचा भा’को) तिर जानु भनेको, बुज्नु परो नि, भुकम्प आउछ पक्कै फेरि, यो सबै माथि इन्द्र भगवानले आफ्नै “इन्द्र”चोक छेउमा टास्न लगाको रे उर्बसीहरुलाई पठा’र /
राखेको किन कस्ले राखेको हो
खै मैले नि यस्तो त कहि देखिन
ट्राफिक चिन्ह होकि? व्यापार चिन्ह्व ?
यो आर्ट प्रोजेक्ट रैछ । राम्रो र बुझिने नै छ !
लथालिंग देसको भताभुंग चाला, जसले सक्ला उसले खाला भनेको जस्तै………….
खोइ ट्राफिक लाई नै सोघ्नु पर्ने हो कि यातायात मन्त्री लाई हो भोलि देखि बाइक नै चलाउन बन्द होला जस्तो छ सिग्नल नै नबुझिए पछी के गर्नु ?कि त खल्तीमा हजार का नोट बोकेर हिड्नु परो कि त साइकल चढ्नु परो नत्र कासी जानू परो हा हा हा।
खोइ, ट्राफिक लाई नै सोघ्नु पर्ने हो कि यातायात मन्त्री लाई थाहै भएन ।
१ टेको लगाको घर
२ लुगा पसल
३ ४ र ५ बिहान बेलुका तरकारी बेच्ने ठाउँ
६ माटोको भाडा बेच्ने ठाउँ
७ लुगा पसल
८ भरीया सम्पर्क
९ पुजा सरदम
Yo euta art project ho..local market haru lai promote garna ko lagi.yesko map pani bhotahithy lalitkala college agadi install gareko xa.map ma kun thau ma k pauxa sabai xa. Jastai
Flower= mandir aagadi ful paune thau
Vanta= tarkari paune area
Variya= worker station
Khutruke= pottery square jane thau
Taxi= taxi station
Rikshaw=Rikshaw station
Shirt= kapda luga paune area
Cup= chiya paune area
Yo market time anusar change vairane hunxa bihan paune saman beluka napauna sakxa,beluka paune bihan.. Yo street pasal madhye katti ta 40-50 barsa purano pani xa. Yo signage le public lai sajilo hos vanera garieko project ho 🙂
बुझ्ने ले कुरा न बुझेपछि, मन मा कुरा न लिए पछि, मन मा पिर त् पर्ने नै भयो , यो मन तेसै मर्ने नै भयो | हा हा हा
लोकलाइज्ड चिन्ह अरु देशमा पनि हुन्छ, जस्तै अस्ट्रेलियामा कंगारूले बाटो काट्ने ठाउंमा कंगारूको चित्र भएको संकेत बोर्ड हुन्छ, अमेरिकामा भालुले वा बाइसनले बाटो काट्ने ठाउंमा त्यस्तै प्रकार को बोर्ड हुन्छ । यो कुनै नौलो कुरा त होइन जस्तो लाग्छ ।
तेस्तो पनि नबुझ्ने !?
नया चिन्ह हरु को अविस्कार गरे .. मैले के बिराए ?
देखेउ ? नेपाल मा पनि केहि केहि चिज हरु त अविस्कार हुने रैछ नि ! कम छैन नेपाल पनि ..
🙂
मेरो आफ्नोपन भएको मौलिक ठाउँ, त्यो पनि राजधानिमा! हामीलाई बधाई!
chunab chinha hola ni