Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल सरकारले देखाएको अभिभावकत्व प्रशंसनीय, अब क्षतिपूर्तिका लागि पनि पहल गरोस्

Posted on June 22, 2016June 22, 2016 by Salokya

13445319_496995090496850_3178430682031433279_nकाठमाडौँबाट काबुलसम्म सीधा उडान कुनै पनि एयरलाइन्सको छैन। तर बुधबार एकाबिहानै सूर्य नउदाउँदै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा विमान काबुलका लागि उड्यो। यो सामान्य विमान थिएन। नेपाल सरकारको निर्देशनमा परराष्ट्र मन्त्रालयले करोड खर्च गरी चार्टर्ड गरिएको विमान सोमबारको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव र घाइतेलाई लिन उडेको थियो। शव र घाइतेमात्र होइन, नेपाल फर्कन चाहने २४ जनालाई एयरलिफ्ट गरी समेत काठमाडौँ फर्काइयो यही विमानबाट। अफगानिस्तानमा नेपालको दूतावास नभए पनि पाकिस्तानमा रहेका कार्यवाहक राजदूत तत्काल काबुल पुगी समन्वय गरी यो इभाक्युएसन अपरेसन सफल बनाए।

हामीले अरु देशले मात्र यस्तो गरेको सुन्थ्यौँ, देख्थ्यौँ। भूकम्पका बेला हाम्रै देशमा विदेशी सरकारले उनीहरुका नागरिकलाई लिन विमान पठाएको देख्यौँ। यस पटक भने नेपाल सरकार आफैले आफ्ना नागरिकप्रति अभिभावकत्व देखायो। यो पक्कै पनि प्रशंसनीय कदम हो।

सोमबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारलाई सहयोग गर्ने बताएका थिए। यो भनेको शव आफ्नो विमानबाट नेपाल ल्याइदिने अफर नै हुनुपर्छ। तर सरकारले यस पटक आफ्ने ध्वजावाहक विमान भारत, पाकिस्तान र अफगानिस्तानसित उडान अनुमति लिएर काबुल पठाएर देखाइदियो।

सँगसँगै घाइते पाँच जनालाई दिल्लीमा उपचारका लागि पठाउने कामको समन्वय पनि नेपाल सरकारले नै गर्‌यो। बुधबार घाइतेमध्येका एक च्याङ्बा तामाङको निधन भयो। यो खबर परराष्ट्रले तत्काल सार्वजनिक गर्दै उनको शवलाई नेपाल पठाउन आवश्यक निर्देशन त्यहाँ रहेका कार्यवाहक राजदूतलाई दियो।

काठमाडौँ विमानस्थलमा काठको बाकसमा शव आउनु नयाँ कुरा हैन। दिनहुँ त्यस्ता शव आउँछन्। तर बुधबार अफगानिस्तानबाट आएका शवमा अन्तिम श्रद्धाञ्जलि दिन प्रधानमन्त्री केपी ओलि आफै पुगे।

देशमा भरपर्दो रोजगारीको अभावमा विदेशका जोखिमपूर्ण स्थानमा गएका नेपालीहरु मध्ये यो अर्थमा उनीहरु फरक भए। नत्र अफगानिस्तानमै यसअघि २० भन्दा बढी नेपालीको मृत्यु भइसकेको छ।

विदेशी (क्यानाडेली) दूतावासको सुरक्षामा खटिएका बेला ती नेपालीको ज्यान गएको हो। अब नेपाल सरकारले उनीहरुलाई क्यानाडेली सरकार, उनीहरुलाई त्यहाँ खटाउने निजी सुरक्षा कम्पनीसित पहल गरेर परिवारलाई उचित क्षतिपूर्ति दिलाउने कामको पनि समन्वय गर्नुपर्छ। यसमा ढिला गर्नुहुन्न।

नेपाली र अफगानी बीच कुनै दुश्मनी छैन। त्यहाँको सरकार र त्यहाँको सरकारलाई सघाउने विदेशीहरुविरुद्ध लडिरहेकासँग पनि नेपालीको कुनै दुश्मनी छैन। नेपालीहरु त्यहाँ रहेका विदेशीको सुरक्षा गर्ने ड्युटीको क्रममा मारिएका हुन्। त्यस्तो जोखिम छ भन्ने थाहा हुँदाहुँदै नेपाली सुरक्षागार्डलाई नेपाल यातायातको जस्तो बसमा बिना सुरक्षा हिँडाएर लापरवाही गरिएको हो कि हैन, त्यसबारे आवाज उठाउने कसले पो होला। तर पनि अब सतर्कता अपनाउन त पर्‌यो। हजारौँ नेपाली अझै त्यहाँ त्यस्तो अवस्थामा काम गरिरहेकै छन्।

यस्ता जोखिमयुक्त ठाउँमा नेपालीलाई रोजगारीका लागि जान दिने किन नदिने? त्यो पनि सोच्न जरुरी छ। नेपाल सरकारले जान नदिने भने पनि दलालहरुले गैरकानुनी बाटोबाट पुर्याइरहेकै हुन्छन् फेरि।

त्यति मात्र होइन वैधानिक रूपमा सरकारलाई कर तथा राजस्व तिरी वैदेशिक रोजगारको लागि गएका नेपालीहरू विभिन्न कारणवश मृत्युवरण गर्न बाध्य हुन्छन्। परिवारको आर्थिक अभावका कारण विदेशका अस्पतालहरूमा अलपत्र परेका नेपाली कामदारहरूको लाश कयौँ छन्। सरकारले यसमा पनि ध्यान दिनुपर्छ।

8 thoughts on “नेपाल सरकारले देखाएको अभिभावकत्व प्रशंसनीय, अब क्षतिपूर्तिका लागि पनि पहल गरोस्”

  1. Roshan Shrestha says:
    June 24, 2016 at 9:12 am

    लेख त राम्रो हो तर ‘अभिभावकत्व’ शब्द मन परेन . लोकतन्त्रमा सरकार जनता ले चुनेको जनता को सेवक हो, अभिभावक होइन. तानाशाही सरकारी संरचना ले मात्र आफुलाई अभिभावक घोषित गर्दै जनता को स्वतन्त्रता खुम्चौना खोज्छ.

    Reply
  2. Suraj Khanal Chetri says:
    June 23, 2016 at 12:38 pm

    छेतिपुर्ती चै किन आफ्नै इच्छाले गएको नेपाल सरकारले मरेको पनि होइन

    Reply
  3. sushil says:
    June 23, 2016 at 7:27 am

    दिवंगत प्रति श्रद्धान्जली छ तर सरकारले जहाज नपठाए लाश आउने थिएन र? दिनदिनै त आउछ टिआइए मा। युद्धको समयमा जस्तो त्यहाँबाट लाश पठाउन जहाज नै नभएको बेलामा पो यहाँबाट जहाज पठाउने हो। अनि अरु नेपालीको लाश चाहिं किन वास्ता नभएको? कुरा मेडियामा हल्ला भयो अनि जानुपर्ने? जनताको इमोसन क्यास गर्ने बाटो मात्रै हो यो। अविभावकत्व तब हुन्छ जब अफगानमा कार्यरत सम्पूर्ण नेपालीहरुको सुरक्षाको ग्यारेन्टी गरिन्छ या त्यहाँको शान्ति सुरक्षाको लागि नेपाली सेना खटाइन्छ। अरु कुरा छोडौं “ब्रिटिश गुर्खा”ले खैरेको लागि तालिवान मार्ने अनि “ओरिजिनल गोर्खाली” घानामा पर्ने मात्रै सुल्झाएर देखाउ त ल! बरु आवश्यक परे कि तिनलाई मास्न लाग्नु पर्यो कि (गोप्य रुपमा) आइ.एस. र तालिवानसंग नेपालीहरु माथि आक्रमण नगर्न सम्झौता गर्नुपर्यो।

    Reply
    1. sushil says:
      June 24, 2016 at 9:12 am

      ओली भक्तहरुले बुझेका छन् कि छैनन् कुन्नि, विमानस्थलमा लाश र मन्त्रिपरिषदमा ग्याँस एकै पटक किन पास भयो? ग्याँस सिलिन्डरवालाहरुको केश भुलाउने बाटो होइन भनेर कसरी पत्त्याउने?

      Reply
  4. Rohini says:
    June 23, 2016 at 6:44 am

    Good job by K.P. Oli government.

    Reply
  5. Shankar says:
    June 23, 2016 at 1:50 am

    आजकाल बाङ्गो मुख भएका , नाक चुच्चे पाखेहरु सरकारी काज मा अमेरिका , अस्ट्रेलिया , क्यानाडा . युरोप खुब चहार्छन | आफु साता मा न पुगुन्जेल नौलो जनबाद , प्रजातान्त्रिक समाज बाद , मण्डले , भिजिलान्ते के के भन्थे अरुलाई |आजकाल बाँदर ले पाखो बारीको मकै रित्याएको जस्तै सरकारी ढुकुटीमा दाइ चलिरहेछ यिनको |
    सोझा , इमान्दार नेपालि हरु बिबस भएर काम को लागि इराक , अफगानिस्तान जान्छन र फर्कदा बाकस मा मा फर्की रहेछन |
    म लेखेरै दिन्छु यिनले पालै पालो देश लुट्ने हो , काम सिन्को भाच्ने हैन |
    यिनलाई अब तह लाउन कै लागि पनि जातीय आन्दोलन जरुरि छ | नत्र यी धुर्त हरुलाई कसले तह लाउने ? बाठा पनि , हरामी पनि |
    इन्डिया को इसारामा देश मा बबण्डर मचाए , जनान्दोलन अरे |
    गाउमा सोझा गरिबको छोरालाई मिलिसिया भन्दै देश को सेना सग लडाएर मराए , आफ्ना मुत हरु लाइ बिदेसी स्कुल मा पढ्न पठाए , सुरक्षित राखे , आजकाल
    अब आनन्दले स्वर्गीय मोज छ यिनको |

    Reply
    1. Rohini says:
      June 24, 2016 at 4:01 am

      अब जातीय आन्दोलन होइन साथी, देश बिकाश को लागि सरकारलाई घच्घच्याउने दबाब मुलक आन्दोलनको आबस्यक छ नेपालमा | हामी युरोप अमेरिकाको कुरा गर्छौ अब आफ्नै देश कसरि बिकाश गर्ने भनेर बहस चलाउन |

      Reply
  6. Ram Grg says:
    June 22, 2016 at 11:15 pm

    इतिहासमै पहिलो पटक नेपाल सरकारको तर्फबाट प्रशंसनीय काम भएको छ । बल्ल नेपालमा सरकार रहेछ कि क्या हो ? भन्ने अलिकति अनुभूति दिलायो यस कार्यले ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme