Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पीआर लिएको हो कि हैन सोध्न विज्ञापनै निस्कन थाल्यो

Posted on June 18, 2016 by Salokya

dv-pr
सरकारी कर्मचारीहरुलाई डिभी, पिआर लिन प्रतिबन्ध लगाउने गरी ऐन संशोधन भएपछि अब कर्मचारीहरुको नामै तोकेर डिभी पिआर लिएको हो कि हैन जानकारी दिन सार्वजनिक रुपमा विज्ञापनै छापिन थालेको छ। अर्थ मन्त्रालयले शुक्रबार यस्तै विज्ञापन गोरखापत्रमा छापेको छ।

यता नेपालमा सरकारी कर्मचारी भएर विदा लिएर जागिर पनि पकाउँदै बस्ने, उता विदेशमा डिभी र पिआर लिएर मस्ती गर्ने। अब यस्तो गर्नेका दिन गए। यो कानुन अनुसार ऐन लागू भएपछि कर्मचारीलाई ३० दिनभित्र डिभी, पिआर वा निजामती सेवा मध्ये एक रोज्न समय दिइएको थियो। अर्को ३० दिनमा त्यागेको जानकारी गराउन समय दिइएको थियो। यो दुवै समय सकिसकेको छ। अब त्यसो नगरे बाँकी ३० दिनमा कारबाही हुनेछ। यो विज्ञापन कारबाहीकै प्रक्रिया हो।

यो त डिभी, पिआर लिइसकेकालाई भयो। लिनका लागि निवेदन दिनेहरुलाई पनि यस्तै कारबाही हुनेछ। कारबाही चाहिँ के त ? भविष्यमा सरकारी सेवाको निम्ति अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने।

केही अघिको कुरा हो, विदेशमा एक जना नेपालीको मृत्यु भएछ। शव नेपाल ल्याउन प्रक्रिया चलाउने क्रममा पो थाहा भयो, ती त सरकारी कर्मचारी पो रहेछन्। सबै अचम्ममा परे। खासमा उनी घरविदा लिएर बसेका रहेछन्। यता नेपालमा रोजगारदाता चाहिँ विदा लिएर घर बसिरहेका होलान् भन्ने सोच्दै थियो। उता उनी विदेशमा डिभी लिएर काम गर्दै थिए। यता नेपालमा जागिर जारी थियो, तलब पनि पाक्दै थियो।

यही घटनापछि सरकारी कर्मचारी भएर डिभी र पिआर लिई दोहोरो सुविधा लिनेहरुलाई केही न केही कारबाही गर्नुपर्छ भन्ने सोचले जन्म लियो। ठूलै संघर्ष गर्नुपर्‍यो यस क्रममा मुख्य सचिव लीलामणि पौड्यालले। उनलाई दह्रो साथ दिए स्थानीय प्रशासन मन्त्री लालबाबु पण्डितले। मन्त्रिपरिषद्‍मा मन्त्रीहरुले नै अड्को थापे। अन्ततः संसदबाट पारित भएर यो विधेयक ऐन बन्यो। ऐनमा लेखिएको छ- ‘विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएमा वा सोको निवेदन दिएमा निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ’

3 thoughts on “पीआर लिएको हो कि हैन सोध्न विज्ञापनै निस्कन थाल्यो”

  1. Shankar says:
    June 18, 2016 at 5:52 pm

    बास्तब मा यो अलि पहिले नै गर्नुपर्ने काम थ्यो | अमेरिका को ग्रिन कार्ड लिएर नेपाल को अर्थमन्त्री हुनेलाई , बिहारको बासिन्दा भएर नेपाल को यम पी हुनेलाई , तिब्बती भएर नेपाल को यम पी हुनेलाई पनि कारबाही गर्नु पर्यो |
    अमेरिकाको ग्रिन कार्ड हुने , भारतको नागरिकता हुने नेपालि कर्मचारीलाई खोजि खोजि बर्खास्त गर त् पहिले |

    Reply
  2. Durga Adhikari says:
    June 18, 2016 at 9:52 am

    यो कानुन सबैलाई लागु होस्/ धेरै राम्रो कुरा हो/ म एस कुराको समर्थन गर्दछु/

    Reply
  3. निर्मल says:
    June 18, 2016 at 9:26 am

    कानुन बनेपछि कसैले त्यसको अटेर र उल्लङ्घन गरेको थाहा पाए सुचना गरिदिने हामी सबैको कर्तब्य हो|
    नेपालमा सरकारी र संस्थानको जागिर पनि साँची राख्ने, पेन्सन पकाउने र दुनिया भरिको विदा लिएर बिदेशमा बस्नेहरुले दुईमा एक रोजे भैहाल्यो| मलाई त् थाहा थिएन, मेरो लागि ज्वाईंले वा छोराले पीआरको आवेदन दिएछ भनेर उम्कन पाईन्न| तपाईको सहमति नभई हुँदैन| बिदेशमा विदा बढाउदै शिक्षण संस्थानमा जागिर खानेहरुपनि लछेप्रै थिए, स्वदेश फर्के वा दुईमा एक रोजे, अटेर गर्नेहरुको नाम जनतालाई जानकारी दिनपर्यो|
    नामावली सार्बजनिक रुपमा प्रकाशमा ल्याउन पर्यो|
    बिदेशमा एनआरएनको सदस्य लिने र मुलुकमा उल्टो यो भएन र त्यो भएन भन्नेहरु त्यस्तैहरु ठुला शोरमा कराउछन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme